Lumbini Rise
‘सहकारी आर्थिक समृद्धिको सारथी बन्न सक्छ’

लामो समय सम्म जनउत्थान सामुदायिक विकास बैैकका पूर्व प्रबन्धकको रुपमा काम गर्दै आउनु भएका  सामाजिक ब्यक्तित्व तथा बुटवलमा सञ्चालित उद्यमी कृषि सहकारी संस्था लि. बुटवल–११, रुपन्देहीका अध्यक्ष दलबहादुर लोहागुन सँग सहकारीको र समसामयिक विषयमा केन्द्रित रहेर खस्यौली साप्ताहिकका लागी विरेन्द्र कुवँरले गरेको कुराकानीको सम्पादीत अंश :

 

सहकारी भनेको के हो ?

सामान्यतया सहकारी भनको सहकार्य नै हो तर यसको परिभाषालाई विस्तृत रुपमा बुझ्दा सदस्यहरुको संयुक्र स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित आफ्ना साझा आर्थिक,सामाजिक साँस्कृतिक तथा वातावरणीय आवश्यकता एंव आकांक्षाहरु पूरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने ब्यक्तिहरुको स्वायक्त औपचारिक संगठन नै सहकारी हो ।


अन्य सहकारी भन्दा कृषि सहकारी कसरी फरक छ ?

कृषि सहकारी भनेको विशेषतः कृषि क्षेत्रमा काम गर्ने उद्देश्य राखेर स्थापना भएको सहकारी नै हो । खास गरी सहकारीहरुले बजार केन्द्रित बचत ऋणमा मात्र अधिक्त्तम काम गरेको अनुभव भई सकेपछि नेपाल जस्तो कृषि प्रधान देशमा सहकारीमा पनि विशेषतः कृषि क्षेत्रमा केन्द्रित बचत तथा ऋणको समेत काम गर्न सक्ने गरी कृषि सहकारीहरुको स्थापना महसुस गरेको पाइन्छ । 

यसले कृषि क्षेत्रको विउविजन, मल र कृषि औजारको प्रवद्र्धन ब्यवस्थापन देखि उत्पादन बृद्धिमा प्रवद्र्धन गर्ने, बिक्रीवितरण गर्ने, बजारीकरण गर्ने र समग्र कृषकको आर्थिक तथा सामजिक जीवन स्तर उठाउन मद्धत गर्ने नै हो । समग्रमा भन्नु पर्दा सम्पूर्ण कामको केन्द्र भनेको नै शेयर सदस्यको सामाजिक तथा आर्थिक स्तरलाई माथि उठाउनु नै हो ।


तपाईको सहकारीको स्थापनादेखि हालको अवस्था बताईदिनु न ?
हामी बुटवल उपमहानगरपालिका वडा नं.११ मा बसोबास गर्ने सामाजिक तथा आर्थिक मन भावना मिल्ने केही साथीहरुको साझा प्रयत्नले यो सहकारीको मिति २०७६ माघ २९ गते औपचारिक रुपमा बुटवल उपमहानगरपालिकामा दर्ता भई स्थापना भएको हो । हालको अवस्थामा सहकारीमा ६४२ जना शेयर सदस्यहरु आबद्ध रहेको अवस्था छ । सहकारी शेयर पँुजीको अवस्था हेर्ने हो भने करिब १ करोड १५ लाख रहेको छ । 

लगानीमा रहेको ऋण रकम २०८१ कार्तिक मसान्त सम्म २ करोड १२ लाख रहेको छ । सहकारी नियमनकारी निकायको निर्देशन र नेपाल सरकारको सहकारी नियमावली २०७५, र सहाकारी ऐन २०७४, र अन्य सहकारीसँग सम्बन्धित निति नियमहरुको अधिनमा रही आफ्ना दैनिक कारोबारहरुलाई अगाडी बढाएको अवस्था छ ।


अहिले त सहकारीहरु अवस्था राम्रो छैन भन्छन् । वास्तविकता के हो ? अनि तपाईको सहकारीको अवस्था कस्तो छ ?
यो बजारमा हजारौ सहकारीहरुले काम गरिरहेका छन् । सबै सहकारीहरु नितिनियम भित्र रहेर काम गरिरहेका छैनन । यो यथार्थ हो । तर सबै सहकारीहरु नै डुब्ने अवस्थामा पुगेका छैनन । २/४ वटा सहकारीहरुले खराब काम गर्दा अहिले जनमानसमा सहकारीहरुलाई हेर्ने दृष्टिकोण राम्रो छैन विश्वायोग्य छैन । तर तपाई हामी सहकारीका बारे जाने बुझेका ब्यक्तिहरुले सहकारीहरुले गरिरहेका राम्रा काम र उपलब्धीहरुको बारेमा प्रष्ट पार्नु पर्छ । 

मतलब सहकारीको बारेमा विश्वास जगाउनु पर्दछ । सहकारीहरुले सानो सानो पुँजीलाई जम्मा गरी तल्लो तहका आम नागरिकहरुलाई दैनिक रुपमा सहयोग पुर्‍याईरहेको छ र उनीहरुको सामाजिक तथा आर्थिक अवस्थालाई माथि उठाउन मद्धत पुर्‍याईरहेको छ । त्यसैको महत्वलाई आत्मसाथ गरेर होला हाम्रो राज्यले अर्थतन्त्रको तीन खम्बा अन्र्तगत सहकारीलाई एउटा खम्बा मानेको छ । 

ती सहकारीहरुलाई राज्यका नियमनकारी निकायहरुबाट अद्यावधिक रुपमा नियमित अनुगमन गर्नु आवश्यक छ । साथै सहकारी संचालकहरुको क्षेमता बृद्धिविकासमा टेवा पुर्‍याउने कार्यक्रमहरु संचालन गर्न आवश्यक छ । जुन सहकारीहरु निति नियम र आर्थिक पारदर्शिता, आर्थिक अनुशासनमा रहेर चलेका छैनन ती सहकारीहरुलाई कारबाही र नियन्त्रण गर्न आवश्यक छ ।


जहाँ सम्म यहाँले हाम्रो सहकारीको कुरा उठाउनु भएको छ । हाम्रो सहकारी अवस्था मजबुद छ । हामीले राज्यले नितिनियमहरुलाई पालना गरेर अगाडी बढेका छौ यसका साथै आन्तरिक आर्थिक अनुशासनलाई कसिलो बनाउन अन्य आन्तरिक नितिनियमहरु समेत निर्माण गरी लागू गरेका छौ । पँहुच र ब्यक्ति केन्द्रित भन्दा सामूहिक निर्णय प्रकृया र नितिनियमको अधिनमा रही प्रभावकारी ब्यवस्थापन साथ अगाडी बढाउने प्रयत्न गरेका छौ ।


सहकारीमा बचत किन गर्ने ? सहकारीसँग नै कारोबार गर्न किन आवश्यक छ ?

बचत हाम्रो भविष्य राम्रो बनाउन गर्ने । बचत खर्च गरी सकेपछि बचेको रकम गर्ने हाम्रो परम्परागत मान्यतालाई चिरदै अब आम्दानी त्यसपछि बचत अनि खर्च गर्ने परिपाटी विकास गर्न आवश्यक छ । आम्दानी खर्च गरेर बचत गरुला भन्ने हो भने कत्ति पनि बचत नहुन पनि सक्छ । त्यसैले आम्दानी पछि हाम्रो आम्दानीको अवस्था हेरिकन पहिला बचत त्यसपछि खर्च गर्न आवश्यक छ ।


बजारमा थुप्रै बैंक तथा वित्तिय संस्थाहरुले काम गरिरहेका छन् । हामीले अरुले स्थापना गरेको बैंक तथा वित्तिय संस्थालाई विश्वास र भरोस गरी काम गरिरहेका छौ । तर हामीले हामी आफैले स्थापना गरेको संचालन गरेको आफ्नै ठाउँको सहकारीलाई विश्वास गरर्दैनौ । 

यसको मतलब अन्य बैंक तथा वित्तिय संस्थासँग कारोबार गर्नु हुँदैन भन्न खोजेको हैन । तर हामीले आफ्नो सहकारीमा कारोबार गरिरहदा त्यसले गर्ने मुनाफाको अंशियार समेत हामी हो । तर अन्य बैंक तथा वित्तिय संस्थाले गर्ने मुनाफाको अंशियार तपाई हामी बन्न सक्दैनौ । यसर्थ पनि हामीले हाम्रो सहकारीलाई ब्यवस्थित र सही ब्यवस्थापन गरी संचालन गरी कारोबार गर्ने सकियो भने यसबाट प्राप्त गर्न सक्ने प्रत्यक्ष अप्रत्यक्ष लाभ धेरै छन ।

सहकारीहरु पँहुचका आधारमा ऋण लागनी गर्दा डुब्ने अवस्था पुगे भन्छन् नी ?

सहकारी संचालनका तीन क्षेत्र छन् । पहिलो संचालक समिति दोस्रो ब्यवस्थापन कर्मचारी जो दैनिक कारोबार संचालनमा संलग्न छ । तेस्रो लेखा समिति यी मध्ये कुनै पनि एक क्षेत्र बढी हाबी भयो वा निष्क्रिय बन्यो भने सहकारी सही ढङ्गले संचालन हुन सक्दैन । संचालकहरु नितिनिर्माण सँगै दैनिक रुपमा गर्नु पर्नेकामलाई निर्णयगत रुपमा सहज बनाउन लाग्ने हो त्यसैगरी ब्यवस्थापनका कर्मचारीहरुले संचालक समितिको निर्णय र नितिनियमलाई आधारमानी सहकारीको दैनिक कारोबारलाई ब्यवस्थित र प्रभावकारी ढङ्गले संचालन गर्ने हो । 

तेस्रो पक्ष लेखा समिति हो । जुन समितिले संचालक समितिले निर्माण गरेका निति नियम र निर्णय अन्र्तगत रहेर सहकारी संचालन भएको छ की छैन । सहकारीका दैनिक आर्थिक कारोबार ठीकठाक र नितिनियम र निर्णय अन्र्तगत पारर्देशि ढङ्गले संचालन भएको छ की छैन यसको लेखाजोखा गर्ने हो । वास्तवमा भन्ने हो भने शेयर सदस्यको हितमा सचेत गराईरहने लेखा समिति हो । संचालक समितिले गरेको निर्णय र निर्माण गरेको नितिले शेयर सदस्यलाई कतिको लाभ भएको छ । यसको समेत उचित लेखाजोखा गरी आवश्यक सुझाव दिने काम समेत लेखा समितिको हो ।


जहाँसम्म यहाँले ऋणको विषयलाई उठाउनु भएको छ । मैले माथि नै उठाईसकेको छु । सबै क्षेत्रले आआफ्नो क्षेत्रधिकार भित्र रहेर काम र कर्तब्य पूरा गर्ने हो भने सहकारी वित्तिय संस्था कहिलै डुब्दैन । तर संचालक वा कुनै पनि पदाधिकारी वा ब्यक्तिले दबाब र प्रभावमा परेर ऋण लिने र समयमा भुक्तानी नगर्ने अनि ब्यवस्थापनले आफू खुसी काम गर्ने वा लेखा समिति निष्क्रिय बन्ने हो भने यस्तो अवस्था आउन सक्छ । हामीले त झन हाम्रो सहकारीमा नेतृत्वमा बस्ने कार्यअवधीसम्म कुनै पनि समिति र उपसमितिका सदस्यहरुले ऋण सुविधा लिन नपाउने ब्यवस्था गरेका छौ । यसले आम शेयर सदस्यहरुमा सहकारीमा नेतृत्वमा बस्नेले पँहुचका आधारमा ऋण सुविधा उपझोग गर्दछन भन्ने भ्रमलाई प्रष्ट पारेको छ ।  

अहिले पैसा उठाउन निकै गारो छ भन्छन् नी ?
स्वाभाविक रुपमा देश कोभिडको मारमा पर्‍यो आर्थिक क्षेत्र चलायमान हुन सकेन त्यस लगत्तै देशले आर्थिक मन्दीको अवस्थाबाट अगाडी बढिरहेको छ । त्यसबाट वित्तिय क्षेत्र अझै तङरिन सकेको छैन ।  एकातिर यस्तो अवस्था रहयो भने अर्काे तर्फ विगतका दिनहरुमा बैंक तथा वित्तिय क्षेत्रको होडबाजी र अस्वस्थ प्रतिस्पर्धा वा बढी मुनाफा कमाउने होडले सदस्यमा बढी दोहोरो तेहेरोपना हुन पुग्यो ।

सानो ब्यवसाय वा परियोजनालाई आवश्यक भन्दा बढी ऋण लगानी हुन पुग्यो । बैंक तथा वित्तिय संस्थाबाट नियमित अनुगमन हुन सकेन । ऋण उपभोग गर्ने ब्यक्ति सदस्यमा इमान्दारिता र आर्थिक अनुशासन हुन सकेन । बैंक तथा वित्तिय संस्थाबाट आवश्यक भन्दा बढी ऋण लिने र फजुल खर्च गर्ने परिपाटीको विकास भयो । आम्दानीको स्रोत छैन ऋणको भार बढी भयो । 

स्वभाविक रुपमा ब्यक्ति सदस्यले आफूले उपभोग गरेको कर्जाको नियमित किस्ता ब्याज समयमा बैंक तथा वित्तिय संस्थामा भुक्तानी गर्न सक्ने अवस्था भएन । विगतको कमजोरीले यसको मार आजसम्म परिरेको अवस्था हो । जुन समस्यालाई सङ्गलो बनाउन सबै क्षेत्रले लाग्नु पर्ने अवस्था छ ।

 

यहाँहरुको सहकारीले गरेका नमूना योग्य काम के के हुन ?


हामीले हाम्रा सम्पूर्ण काम सहकारीका सदस्यहरुलाई केन्द्र भागमा राखेर गरेका छौ । हामीले सहकारी सम्पूर्ण शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना बिमा गरेका छौ त्यसै गरी स्वभाविक मुत्युमा १ लाख बराबरको बिमा गरेका छौ । सहकारीले शेयर सदस्यको मुत्यु हुदा ५ हजार बराबर क्रिया खर्च दिने ब्यवस्था गरेको छ । किड्नी, क्यानसर, मुटु सँग सम्बन्धित ठूला भयानक रोगहरु लागी औषधी उपचार गर्न पर्दा शेयर सदस्यलाई १० हजार सम्म औषधी उपचार दिने ब्यवस्था गरेका छौ । 

महिला शेयर सदस्यलाई २ वटा सन्तान जन्माउदासम्म १ हजार बराबरको पोषणयुक्त खाना हस्तान्तरण गर्ने ब्यवस्था गरेका छौ । हरेक वर्ष संस्थाको वार्षिक उत्सवमा गरिब तथा जेहेन्दार बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याउने, असाहय, अनाथ ब्यक्तिहरुको लागि खानापीनको ब्यवस्था गर्ने, रक्तदान कार्यक्रम गर्ने, जस्ता सामाजिक उत्तरदाहित्व अन्र्तगतका कार्यक्रमलाई पनि आफ्नो दाहित्व र जिम्मेवारी बोध गरी काम गरेका छौ । साथै यसका अलवा सस्थाकै प्रत्यक्ष लगानी र प्रवद्र्धनमा एउटा नमूना कृषि परियोजना संचालन गर्ने गरी अध्ययान समिति बनाएका छौ । साथै सम्पूर्ण शेयर सदस्य मार्फत कृषि क्षेत्रमा पशुपन्छी पालन, बिक्रीवितरण, तरकारी तथा फलफुल बिक्रीवितरण, अन्नबाली खेती तथा विक्रीवितरण जस्ता कृषिसँग जोडिएर गर्ने उत्पादन मूलक कार्यहरुलाई पनि प्रवद्र्धन गरिरहेका छौ ।


यसका अलवा हामी प्रत्यक्षरुपमा आर्थिक तथा साजिक हिसाबले तल्लो तहका समुदायसँग प्रत्यक्ष जोडिएर काम गरेको छौ यसका उदाहरणका रुपमा हाम्रो शेयर सदस्य रन बहादुर सार्की हुनुहुन्छ । जसले कलिलो उमेरमा नै बुटवलमा ८ वर्षसम्म अर्काेको पैदलवाला रिक्सा चलाउनु भो त्यसपछि अर्काे अटो रिक्सा ५ वर्ष चलाउनु भो अर्काे अटो रिक्सा चलाउदा चलाउदै यो सहकारी स्थापना भईसकेपछि शेयर खरिद गरी दिन भर रिक्सा चलाएर २/४ सय पैसा यही सहकारी बचत गर्ने शुरुवात गर्नुभयो । उहाँले गरेको मिहिनेत, परिश्रम र इमान्दारितालाई जमानी मानेर ३ वर्ष अगाडी सहकारीबाट ४ लाख ऋण सुविधा प्रदान गरी जीवनमा पहिलो पटक आफ्नोे सम्पतिको रुपमा अटो रिक्सा किन्नु भएको थियो । 

आज पनि उहाँसँग सम्पतिको रुपमा अटो बाहेक केही छैन । अहिले उहाँले २ छोरा र श्रीमतिलाई बुटवलमा कोठाभाँडा तिरेर राम्रोसँग जीवन गुजारा गरिरहनु भएको छ । उहाँमा त्यो अटो रिक्साले ल्याएको खुसीले हामीलाई हाम्रो सहकारीको कामले कही न कही शेयर सदस्यको अनुहारमा खुुसी ल्याउन मद्धत पुर्‍याउन हामी सफल भएका छौ भन्ने लागेको छ ।

अन्त्यमा यहाँलाई केही भन्नु छ ।

सहकारी आफैमा सामान्य ब्यक्तिको जीवनमा आर्थिक परिवर्तन ल्याउन शसक्त माध्यम हो । समाजको बौद्धिक बर्गले सहकारी प्रति जनतामा परेको नकारात्मक प्रभावलाई प्रष्ट पार्नु पर्दछ । २/४ वटा सहकारीले गरेका नराम्रा कामलाई नजीर बनाएर समग्र सहकारी क्षेत्रलाई नकारात्मक टिकाटिप्पणी गर्नु आफैमा मनासिव छैन । सबैले सबैलाई सहकारीमा आबद्ध गर्दै आफ्नो आर्थिक समृद्धी सँगै देशको समृद्धी खोज्नु आजको आवश्यकता हो ।

 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update