धेरै कुरा सोंचिरहेको छु

प्रेमले के दिन्छ ज्यादा - पिडा या खुसी ?
प्रेम केमा हुन्छ ज्यादा- अभावमा वा सम्पन्नतामा ?
प्रेम के हो खासमा-सहारा या कमजोरी ?
प्रेम किन हुन्छ कसैसंग- स्वार्थ मिलेर वा अकारण ?
सोंचिरहेछु- के आजको मितिमा प्रेम जिउँदो छ ?
दिनभर संजालमा लेखिएका के हुन् ?
मैले अहिले लेखिरहेका के हुन् ?
कसले पढिरहेछ ?
कसले खोजिरहेछ ?
कसलाई फुर्सद छ ?!
म अलमल्ल छु ।
प्रेम अलमल्ल छ ।
संजाल असरल्ल छ ।
तैपनि झलमल्ल छ ।
पुच्छरमा बत्ती बालेर प्रेम अँध्यारोमा उडिरहेछ ।
उज्यालोमा बत्ती बालेर मानिस प्रेम खोजिरहेछ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ २३:१९
प्रतिक्रिया दिनुहोस्