Lumbini Rise
नेकपा एस बुटवल उपमहानगरको अधिवेशन भाेली हुने, पूर्वमन्त्री पाण्डेले उदघाटन गर्ने
नेकपा एस बुटवल उपमहानगरको अधिवेशन भाेली हुने, पूर्वमन्त्री पाण्डेले उदघाटन गर्ने बुटवल- नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री सोमप्रसाद पाण्डेले...
परिणाम प्राप्त हुने गरी काम गरेका छौं :  मुख्यमन्त्री आचार्य
परिणाम प्राप्त हुने गरी काम गरेका छौं : मुख्यमन्त्री आचार्य पाल्पा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले परिणाम प्राप्त हुने गरी काम गरेको बताएका छन । पाल्पाको रामपुरमा शुक्रबार नेकपा एमाले नगर कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले सरकारले परिणाम प्राप्त हुने गरी काम गरेको र ती गरेका कामहरूलाई जनस्तरसम्म पुर्याउन पार्टी पंक्ति क्रियाशील हुनुपर्नेमा जोड दिएका हुन...
दवावपछि पत्रकार  विश्वकर्मामाथि दुर्व्यवहार गर्ने यादवलाई पक्राउ
दवावपछि पत्रकार विश्वकर्मामाथि दुर्व्यवहार गर्ने यादवलाई पक्राउ भैरहवा - पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार संकलनका क्रममा दुव्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ । सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुव्र्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
सुदीपको त्रिवेणीधाममा अन्त्येष्टि गरियो 
सुदीपको त्रिवेणीधाममा अन्त्येष्टि गरियो  बुटवल – भारतको जम्मुकस्मिरको पहलगाममा आतंकवादी समूहको आक्रमणबाट मारिएका बुटवलका सुदीप न्यौपानेको बिहीबार त्रिवेणीघाटमा अन्त्येष्टि गरिएको हो । नवलपरासीको त्रिवेणी घाटमा २७ बर्षिय सुदीपलाई काका कपिलदेव न्यौपाने ९कृष्ण०ले दागबत्ती दिएको बुटवल वडा न. १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले बताए।
पत्रकार विश्वकर्माको न्यायका लागि आन्दोलनको घोषणा, दोषीलाई कारवाही गर्न माग 
पत्रकार विश्वकर्माको न्यायका लागि आन्दोलनको घोषणा, दोषीलाई कारवाही गर्न माग  भैरहवा– पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आजदेखि चरणबद्ध आन्दोलन गर्ने भएको छ ।  क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव बताउने व्यक्तिसहित ७–८ जना तस्करहरुको समूहले बैशाख ८ गते...
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै काठमाडौं - आज बैशाख ११ गते ।  १९औँ लोकतन्त्र दिवस । २०६२/०६३ सालको जनआन्दोलनले नेपालमा अपहरित लोकतन्त्र पुर्नवहाली भएर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ऐतिहासिक दिनका रुपमा बैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम...
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त काठमाडौं– शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा एमालेका रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। बुधबार राष्ट्रपती पौडेलले मन्त्रिपरिषद् पुनर्गठन भएको सूचना जारी गरेका छन
तीनकुने घटनाका मृतक परिवारलाई जनही १० लाख उपलब्ध गराउने सरकारको निर्णय
तीनकुने घटनाका मृतक परिवारलाई जनही १० लाख उपलब्ध गराउने सरकारको निर्णय काठमाडौं – सरकारले तीनकुने घटनाका मृतक परिवारलाई जनही १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
जम्मुकाश्मिर घटनाप्रती बुटवल नगरप्रमुख पाण्डेद्धारा दुःख व्यक्त
जम्मुकाश्मिर घटनाप्रती बुटवल नगरप्रमुख पाण्डेद्धारा दुःख व्यक्त बुटवल– बुटवल उपमहानगरपालिकाले भारतको जम्मुकाश्मीरमा आतंककारी हमलामा परि मृत्यू भएको घटनामा दुःख व्यक्त गरेको छ । नगरप्रमुख खेलराज पाण्डेले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी घटनामा परि मृत्यू भएका बुटवलका सुदीप न्यौपानेप्रती श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था दिलाउन माग गरेका हुन ।
नेपाल–भारत मैत्री केन्द्रद्वारा जम्मु कश्मिरको घटनाको निन्दा
नेपाल–भारत मैत्री केन्द्रद्वारा जम्मु कश्मिरको घटनाको निन्दा लुम्बिनी - भारतको जम्मु कश्मिरस्थित पहलगाममा भएको आतंकारी घटनाप्रति नेपाल–भारत मैत्री केन्द्र केन्द्रीय समितिले दुःख व्यक्त गरेको छ । मैत्री केन्द्रका केन्द्रीय अध्यक्ष सिद्धार्थ अग्रवालले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त आतंककारी घटनाको जति खेद र निन्दा गरे पनि कम हुने जनाएका छन्।
भुईँमान्छेको धरातल नेताहरुले बिर्से, अब सुध्रन ढिला नगरौं : डा. विन्दा पाण्डे (भिडियाे अन्तरवार्ता)  
भुईँमान्छेको धरातल नेताहरुले बिर्से, अब सुध्रन ढिला नगरौं : डा. विन्दा पाण्डे (भिडियाे अन्तरवार्ता)   बुटवल – नेकपा एमालेका निलम्बित स्थायी कमिटि सदस्य डा. विन्दा पाण्डेले भुईँमान्छेलाई प्राथमिकता राखेर नेताहरु अगाडि बढनुपर्ने बताएकी छन् । उनले मुलुकमा नयाँ संविधान निर्माण भएपछि त्यसलाई कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन, नियमहरु बनाउन नसक्दा निराशाहरु देखिएको बताएकी हुन ।
Weather Update