Lumbini Rise
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा डुबेर मृत्यू भएका बालकको परिवारलाई एक/एक लाख राहात दिने  
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा डुबेर मृत्यू भएका बालकको परिवारलाई एक/एक लाख राहात दिने   लुम्बिनी-  लुम्बिनी साँस्कृतिक नगरपालिकाले दानव नदीमा डुबेर मृत्यू भएका २ बालकको परिवारलाई जनही एक/एक लाख रुपैयाँ राहात दिने भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्धिन मुसलमानले मंगलबार विज्ञप्ती जारी गर्दै मृतकप्रती श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रिया तथा अन्य कार्यका लागि प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको...
रविको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
रविको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
पत्रकार विश्वकर्मामाथि आक्रमण गर्नेलाई कारवाही गर्न अल्टिमेटम
पत्रकार विश्वकर्मामाथि आक्रमण गर्नेलाई कारवाही गर्न अल्टिमेटम भैरहवा – पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको एक समूहले सोमबार गरेको आक्रमणमा संलग्नमाथि तत्काल कारबाहीको गर्न  माग गरिएको छ । नेपाल पत्रकार महासंघ, रुपन्देही र लुम्बिनी प्रेस क्लब, रुपन्देहीले समाचार संकलनका क्रममा एपीवान टेलिभिजनका संवाददाता  विश्वकर्मामाथि भएको आक्रमणमा संलग्नलाइ कारवाही गर्न माग गरिएकाो हो ।  
एकीकृत समाजवादीले थाल्यो रचनात्मक आन्दोलन, सुशासन र रोजगारीका लागि पठायो ६ हजार इमेल
एकीकृत समाजवादीले थाल्यो रचनात्मक आन्दोलन, सुशासन र रोजगारीका लागि पठायो ६ हजार इमेल काठमाडौं - नेकपा एकीकृत समाजवादीले सुशासन र रोजगारीको एजेन्डालाई प्राथमिक राखेर सृजनशिल आन्दोलन शुरु गरेको छ । नेकपा एकीकृत समाजवादीले राजसंस्था धर्म आदि मुद्दालाई केन्द्रमा राखेर केही शक्तिहरुले जनताका जायज र ज्वलन्त एजेन्डालाई छायाँमा पार्न खोजेको भन्दै वास्तविक मुद्दामा ठोस छलफलका प्रस्ताव सहित रचनात्मक र सृजनशिल रुपमा दवाव दिने आन्दोलन...
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसद रिहा
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसद रिहा काठमाडौं - प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु चार घण्टापछि रिहा भएका छन् । राजेन्द्र लिङदेनसहितका राप्रपा सांसद रिहाउनीहरुले सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जितगढी विजय उत्सव मनाईयो (भिडियाे सहित)
जितगढी विजय उत्सव मनाईयो (भिडियाे सहित) बुटवल - अंग्रेज फौजलाई हराएको उत्सवका रुपमा आईतबार बुटवल जीतगढीमा विजय उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने गरिएको छ ।
राप्रपा अध्यक्ष लिङ्‍देन, ज्ञानेन्द्र शाही सहित नेताहरु पक्राउ
राप्रपा अध्यक्ष लिङ्‍देन, ज्ञानेन्द्र शाही सहित नेताहरु पक्राउ काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई झुक्याएर निषेधित क्षेत्र भनिएको सिंहदरबारभित्र प्रदर्शन गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि पहल गरेका छाैं : मुख्यमन्त्री आचार्य
गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि पहल गरेका छाैं : मुख्यमन्त्री आचार्य भैरहवा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताएका छन । लुम्बिनी खबर सञ्चारगृह प्रालिले आइतबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्ताे बताएका हुन ।
भैरहवामा उठ्यो समृद्धिको बहस
भैरहवामा उठ्यो समृद्धिको बहस भैरहवा - रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को उपस्थितिमा भएको कार्यक्रममा बोल्दै उनीहरुले सदनमा जनताका आवाज उठाउन र आवश्यक पहल लिन प्रचण्डलाई अनुरोध गरे ।
ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन : देउवा
ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन : देउवा पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीनकुनेमा उपद्रव मच्चाउनेहरूका नाइके ज्ञानेन्द्र शाह नै भएको बताएका छन्।शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौँ महाधिवेशन उद्घाटन समारोहमा देउवाले शाह सुध्रिने स्वभावकै मानिस नभएको टिप्पणी गरेका हुन् ।
Weather Update