लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएकाे बैठक स्थगित
शनिबार, असार ७, २०८२
बुटवल – लुम्बिनी प्रदेशसभाको आज (शनिबार) का लागि तय गरिएको चौधौँ बैठक स्थगित गरिएको छ । छैटौँ अधिवेशन अन्तर्गत आज विहान ११ बजे बैठक बस्ने तय भएको थियो । तर, प्रदेश सरकारको अनुरोध तथा कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाले सूचना जारी गरेर जनाएको हो । आज बस्ने भनिएको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल प्रारम्भ गर्ने तयारी गरिएको थियो ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
बिहीबार, असार ५, २०८२
काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक विहिबार (आज) बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ। बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ।
स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छ : मुख्यमन्त्री आचार्य
बिहीबार, असार ५, २०८२
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको मुख्यमन्त्री आचार्यले बताएका हुन् ।
बिनयी खोलामा डाइभर्सन निर्माणपछि गाडी चल्न शुरु
बुधबार, असार ४, २०८२
नवलपरासी — बाढीले बगाएको बिनयी खोलामा डाइभर्सन निर्माण गरेपछि बुधबार रातीदेखि दुम्कीवासमा यातायात सञ्चालन भएको छ । मंगलबार रातिको यातायत सञ्चालन रोकिएको थियो । दुम्कीवासको बिनयी खोलमा डाइभर्सन निर्माण गरेर बुधबार बेलुका ७ बजेबाट एकतर्फी यातायात सुरु भएको जिल्ला प्रहरी प्रमुख यादव ढकालले बताएका हुन । बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका...
लुम्बिनी प्रदेशको बजेट : जेन् जी पुस्तादेखि समृद्धि हासिल गर्ने योजना
मंगलबार, असार ३, २०८२
बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२-८३ को बजेटले विभिन्न क्षेत्र समेटेको छ । सरकारले आर्थिक वर्ष २०८२-२०८३ क लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो बजेटले प्रदेशको समृद्धिको सम्भावना बोकेको छ । यो बजेट नीति तथा कार्यक्रमको जगमा तयार पारिएको छ । नीति...
रास्वपाका सांसदको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित
मंगलबार, असार ३, २०८२
काठमाडौं – प्रतिनिधि सभाको बैठकमा रास्वपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले अवरोध गरेपछि बैठक स्थगित भएको छ । वेल घेरेर रास्वपाले निरन्तर नाराबाजी गरेपछि सभामुखले आजै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित गरे ।
लुम्बिनी बजेट: लुम्बिनी विकास प्राधिकरण गठन गरिने
आइतबार, असार १, २०८२
बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८२/०८३ को बजेटमा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि १ अर्ब ९० करोड बजेट छुट्याइएको छ । आईतबार लुम्बिनी प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त बजेट पेश गरेका हुन् ।बुद्धजन्मस्थल लुम्बिनीमा प्रदेश सरकारले आफ्नो अस्तित्व खोज्नका लागि लुम्बिनी विकास...
लुम्बिनीको आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य सुरु (LIVE)
आइतबार, असार १, २०८२
दाङ– लुम्बिनी प्रदेशकोआगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य शुरु भएको छ । राप्ती उपत्यकाको देउखुरीमा साँझ ६ बजेदेखि शुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गरिरहेका छन् ।
प्रतिनिधिसभा बैठक छाडेर बाहिरिए राप्रपाका सांसद
आइतबार, असार १, २०८२
काठमाडौँ- प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु बाहिरिएका छन्। आइतबार प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसदहरु बाहिरिएका हुन्।बैठकमा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको बताएका छन्।
नेकपा एकिकृत समाजवादी लुम्बिनीले १०९ वटै पालिकामा बिशेष अभियान थाल्ने
आइतबार, असार १, २०८२
बुटवल – नेकपा एकिकृत समाजबादी लुम्बिनी प्रदेशले बार्षिक क्यालेण्डर बनाएर विभिन्न अभियानको थालनी गर्ने निर्णय गरेको छ । अविधेशनबाट निर्वाचिन भएपछि बाँकेको नेपालगञ्जमा शुक्रबार र शनिबार बसेको बैठकले प्रदेश जिल्ला, पालिका र वडातहसम्म संगठन विस्तार गर्दै जनतासँग जोडिएका सवालमा अभियान थाल्ने निर्णय गरेको हो । बैठकमा १२ वटै जिल्लाको रिपोर्टीङ...
भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख घर्तीद्वारा शुभकामना व्यक्त
आइतबार, असार १, २०८२
बुटवल - लुम्बिनीका चार जिल्लामा मनाइने भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरले शुभकामना दिएका छन् । "विगतमा राज्यद्वारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा सामाजिक न्याय सम्बन्धी नीति र कानुन निर्माणमा प्रतिबद्ध छ । यसको साथै लुम्बिनी प्रदेशमा मगर, थारु...
लुम्बिनीमा आज भूम्या पर्व मनाइँदै, मुख्यमन्त्री आचार्यद्वारा शुभकामना व्यक्त
आइतबार, असार १, २०८२
दाङ– लुम्बिनी प्रदेशमा आज मगर समुदायले मनाउने भूम्या पर्व मनाइँदै छ । रोल्पा, दाङ, रुकुम पूर्व र प्युठानमा यो भूम्या पूजा पर्व मनाउने गरिएको छ । यो पर्वको अवसरमा चार जिल्लामा असार १ गते आइतबार (आज) सम्बन्धित समुदायका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।यसैबिच मुख्यमन्त्री चेतनारायण आचार्यले...
मुक्ति समाजले रुपन्देहीका १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझायो
शनिबार, जेठ ३१, २०८२
रुपन्देही- नेकपा एमाले निकट मुक्ति समाज नेपाल, रुपन्देहीले जिल्लाका सबै १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।मुक्ति समाज रुपन्देहीका अध्यक्ष विकास गहतराजका अनुसार, स्थानीय सरकारको बजेट दलित मैत्री बनाउने उद्देश्यका साथ ज्ञापनपत्र बुझाइएको हो ।विगतमा स्थानीय तहले दलितको सवाललाई नीति तथा कार्यक्रममा उचित स्थान नदिएको र त्यो...


