तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव गर्छौ : मन्त्री पाण्डे
बुधबार, साउन २१, २०८२
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने जानकारी दिनुभएको छ।बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताउनुभएको हो।
वेपत्ता अनिलको पाँचौ दिनमा मैनहियामा भेटियो शव
बुधबार, साउन २१, २०८२
बुटवल– बुटवल ११ न्यु दुर्गा नगर स्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाईको पाँच दिनमा शव फेला परेको छ । न्यू दुर्गानगरबाट शुक्रबार राती साँढे ८ बजे नहरपुर जादै गर्दा कुलोमा खसेर दमाई वेपत्ता भएका थिए ।बुधबार रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ मैनहियामा अनिलको मृत अवस्थामा शव फेला परेको बुटवल वडा...
बुटवल कालिका क्याम्पसले पायो क्यूएए मान्यता, खुशीयालीसभा मार्फत धन्यवाद !
बुधबार, साउन २१, २०८२
बुटवल – बुटवल कालिका क्याम्पसले स्थापनाको छोटो समयमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको छ ।१२ बर्षअघि २०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले छोटो अवधिमै क्यूएए प्राप्त गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । क्याम्पसले यहि खुशीयालीमा बुधबार क्याम्पसमा खुशीयाली सभा गरेको...
सांसद चौधरीले भने– प्रधानमन्त्रीले संविधानको व्यवस्था उल्लङ्घन गर्नुभयो
बुधबार, साउन २१, २०८२
नेकपा एकीकृत समाजवादी० पार्टीका सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा २ को पालना नगरेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था उल्लङ्घन गरेको बताएका हुन्...
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बुधबार, साउन २१, २०८२
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका(६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
२६ सय भन्दा बढीमा डेङ्गु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा
बुधबार, साउन २१, २०८२
पुस यता दुई हजार छ सयभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई हजार ६३५ जनामा डेङ्गु पुष्टि भएको जानकारी दिए ।
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा
बुधबार, साउन २१, २०८२
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा सुचीको ‘ए’ श्रेणीमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटरले स्थान बनाएका छन् ।
आलम केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले...
आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
बुधबार, साउन २१, २०८२
नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
सिस्टम अपग्रेटसंगै सिद्धार्थ केवलकार सञ्चालन
मंगलबार, साउन २०, २०८२
बुटवल- बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ ।
केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्ता देखि नियमित सञ्चालन सुरु गरिएको...
सुनको मुल्य अहिलेसम्मकै उच्च
मंगलबार, साउन २०, २०८२
नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
एमालेले टुङ्गो लगायो सरकारमा जाने मन्त्री, कांग्रेस छलफलमै
मंगलबार, साउन २०, २०८२
नेकपा एमालेले बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहणसँगै मन्त्रिपरिषद् गठन मङ्गलबार दिउँसो हुँदैछ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले छ वटा मन्त्रालय पाउने छ । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले...
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
मंगलबार, साउन २०, २०८२
सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो ।
नवलपरासी ९बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
कालिका मानवज्ञान माविका रिजन पछाईले ल्याए ३.९५ जीपीए
मंगलबार, साउन २०, २०८२
बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन्।राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार उनले सबैभन्दा बढि ३.९५ जीपीए ल्याएका हुन ।


