Lumbini Rise
बिआईटिएमका लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनीमा
बिआईटिएमका लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनीमा भैरहवा - विदेशी पर्यटन व्यवसायी र पत्रकारहरू बिआईटिएमको सन्दर्भमा लुम्बिनी क्षेत्रमा नेपाली पर्यटन क्षेत्रमा विशेष महत्त्व राख्ने तेस्रो बुद्धिस्ट इन्टरनेश्नल ट्राभल्स मार्ट (बिआईटिएम) को लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनी आएका छन् ।  विश्व पर्यटनको केन्द्र लुम्बिनी र त्यस आसपासको क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी नेपाल एसोसिएसन अफ ट्राभल्स...
ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक षडयन्त्रकारी : कृष्ण पहाडी 
ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक षडयन्त्रकारी : कृष्ण पहाडी  बुटवल - मानवअधिकारवादी नेता कृष्ण पहाडीले ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक षडयन्त्रकारी रहेको बताएका छन् ।  मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शनिवार बुटवलमा गरेको नागरिक आकाक्षां, नागरिक स्वतन्त्रता र सर्वोच्चता विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारवादी नेता पहाडीले ज्ञानेन्द्रले पछिल्लो समय त्यही षडयन्त्र गरिरहेको बताएका हुन् । 
आगामि बर्षकाे बजेटबारे लुम्बिनीका मुख्यमन्त्रीद्वारा सासदहरूसँग छलफल
आगामि बर्षकाे बजेटबारे लुम्बिनीका मुख्यमन्त्रीद्वारा सासदहरूसँग छलफल दाङ - लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेश सभा सदस्यहरूसँग शनिबार छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बजेट तर्जुमाको विषयमा सांसदहरूसँग गहन छलफल गरिएको हो ।
अबरूद्व दाउन्ने सडक मध्यान्हदेखि खुल्याे
अबरूद्व दाउन्ने सडक मध्यान्हदेखि खुल्याे बुटवल- गएरातीदेखि अबरूद्व पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड मध्यान्हदेखि पूर्णरूपमा सञ्चालनमा आएकाे छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि गएरातीदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियाे ।
पाल्पा तिनाउ ड्यामसाईडमा डुबेर वेपत्ता भारतीय किशोरको शव भेटियो
पाल्पा तिनाउ ड्यामसाईडमा डुबेर वेपत्ता भारतीय किशोरको शव भेटियो बुटवल– पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय भारतीय किशोर सोयव अन्सारीको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो । २ः४५ त्यही ठाउँमा उत्रेको बेलामा फेला पारिएको दोभान प्रहरीले जनाएको छ । 
मनिकर कार्कीकाे अर्थदृष्टिकाे लाेकार्पण
मनिकर कार्कीकाे अर्थदृष्टिकाे लाेकार्पण बुटवल – अर्थशास्त्री लेखक मनिकर कार्कीको पुस्तक अर्थ दृष्टिको विमाेचन  गरिएको छ । शुक्रवार काठमाडौँमा  पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, गभर्नर डा. विश्व पौडेल, राजनीतिज्ञ राजेन्द्र श्रेष्ठ, पूर्व मन्त्री रामकुमारी झाँक्रीले  काठमाडौँमा लोकार्पण गरेका हुन ।  
वर्षाले दाउन्नेमा सडक भास्सिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
वर्षाले दाउन्नेमा सडक भास्सिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध ​​​​​​​नवलपरासी (पश्चिम) - पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्ड वर्षाका कारण गएरातीदेखि अवरुद्ध भएको छ।  बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना बुटवल –  आज देशका विभिन्न भागमा चट्याङ सहित वर्षा हुने भएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी...
रवि लामिछानेलाई रिहा गर्न सर्वोच्चकाे अस्विकार (पूर्ण फैसला सहित)
रवि लामिछानेलाई रिहा गर्न सर्वोच्चकाे अस्विकार (पूर्ण फैसला सहित) बुटवल-  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामै रहने भएका छन । उच्च अदालतको बुटवल इजलासको आदेशलाई सर्वोच्चले सदर गरेको हो । न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
रवि लामिछानेको आदेश आउने भएपछि रुपन्देही कारागार अघि पनि भिड
रवि लामिछानेको आदेश आउने भएपछि रुपन्देही कारागार अघि पनि भिड बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि रुपन्देही कारागार अघि पनि समर्थकहरूको भिड लागेको छ ।  लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केही बेरमा आदेश आउँदै छ ।
वन उपभोक्ताको सवालमा सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य 
वन उपभोक्ताको सवालमा सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य  दाङ (देउखुरी उपत्यका) - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार गम्भीर रहेको बताएका छन्। सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश महासंघको पहिलो परिषद् भेलाको अर्घाखाँचीको सातमारामा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन्।
नेपाल बौद्ध, आध्यात्म र शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे 
नेपाल बौद्ध, आध्यात्म र शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे  काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्र बनाउने बताएका छन्। शुक्रवार  बुद्धिस्ट इन्टरनेक्नेश्नल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन्।
Weather Update