मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु
शुक्रबार, असार २०, २०८२
मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार राति ११ः२० बजे दुर्घटना हुँदा ४५ वर्षीय झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रुपन्देही–३ उपनिर्वाचन : राप्रपाद्धारा उम्मेद्वारको सूची पठाउन जिल्लालाई निर्देशन
बिहीबार, असार १९, २०८२
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ। पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। जिल्ला...
पत्रकार दीलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश
बिहीबार, असार १९, २०८२
काठमाडौँ– पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौँले २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार भएको बयान र थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा पाठक आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला...
पूर्वपश्चिम राजमार्गको विनयी खोलाकाे नयाँ पुल सञ्चालन
बिहीबार, असार १९, २०८२
बुटवल - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण भएकाे नयाँ पक्की सडक पुल विहिबार (आज) देखि सञ्चालनमा आएको छ । पक्की पुल ६ महिनाअघि भाचिएपछि नयां पुल बनाएर यातायात सञ्चालन गरिएकाे हाे ।
नेपाल एसिसी मेन्स यु - १६ इस्ट जोन कपको फाइनलमा प्रवेश
बिहीबार, असार १९, २०८२
यसैगरी सिवान्स बजगाईंले २२ बलमा २३ रन जोड्दै नटआउट रहे । ओपनर जैशी २ रनमा आउट भएका थिए । मलेसियाका लागि नागिनिश्वरम सान्थाकुमारमले १ विकेट लिएका हुन् ।
बारपाकको दलित बस्तीः घरधुरी २१, शैचालय एक
बिहीबार, असार १९, २०८२
सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको छ । २०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघारसय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यू भयो ।
करेन्ट लागेर एकको मृत्यु
बिहीबार, असार १९, २०८२
आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा बिहान ७ बजेर १५ मिनेटमा मोटरबाट करेन्ट करेन्ट लागेर घाइते भएका सोनारलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारा लगिएको थियो ।
रूपन्देही ३ उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
बिहीबार, असार १९, २०८२
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्दैछ। आज बस्ने सचिवालय बैठकमा मूलतः दुई विषयाा छलफल हुने रास्वपाले बताएको छ। बैठक बिहान ११ : ३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे छलफल हुनेछ।
टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना
बिहीबार, असार १९, २०८२
रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सहयोगमा टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना गरिएको छ । सग्रालयको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीउ अधिकृत नारायण अर्यालले बुधबार एक समारोहका विच उद्घाटन गरेका हुन् ।तिलोत्तमा १४ स्थित टिकुलीगढ माविमा स्थापना गरिएको संग्रालयले शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विह्वास गरिएको छ । उद्घाटन गद्रै प्रमुख प्रशासकीय...
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा अधिकारी, खेलाडी र प्रशिक्षकलाई सम्मान
बुधबार, असार १८, २०८२
बुटवल –नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधबार बुटवलमा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए...
सत्ता र विपक्षी सांसदकाे असन्तुष्टिकै विच लुम्बिनीकाे बजेट बहुमतले पारित
बुधबार, असार १८, २०८२
बुटवल- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो। सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश...
माैसम : आज देशभर पानी पर्न सक्ने
बुधबार, असार १८, २०८२
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशका अधिकांश भागमा हल्का वर्षा हुनेछ। देशभर साधारणतया बदली रहने छ । लुम्बिनी सहित कोशी, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका धेरै स्थानमा...
लुम्बिनीमा प्रतिपक्षीले बहिष्कार गर्दा पनि सभामुखले चलाए बजेटमाथि छलफल
मंगलबार, असार १७, २०८२
बुटवल– लुम्बिनी प्रदेशसभामा विपक्षी दलहरुको बहिष्कारका विच मंगलबारबाट आर्थिक वर्ष ०८२-०८३ का बजेटमाथि सैद्धातिक छलफल गरिएको छ ।सरकारले ल्याएको बिनियोजन बजेट बेथितिको पुलिन्दा भएकाले संशोधन गर्न विपक्षीहरुले माग गरेका थिए । मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक डाकिएको भएपनि दिउँसो ३ बजे बैठक शुरु हुनासाथ प्रतिपक्षले अवरोध गरेपछि आधा...


