Lumbini Rise
लुम्बिनीमा हुने ‘विश्व शान्ति कार्यक्रम’ मा २५ जना अर्बपति आउँदै
लुम्बिनीमा हुने ‘विश्व शान्ति कार्यक्रम’ मा २५ जना अर्बपति आउँदै काठमाडौँ- बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४, २५ र २६ गते हुने तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ हुँदैछ। कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ अर्बपति लुम्बिनीमा आउने भएका छन्। अर्बपतिहरू पहिलोपटक सहभागी हुन लागेको कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाले जानकारी दिइन्। उनका अनुसार कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर...
लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ नियुक्त 
लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ नियुक्त  बुटवल-  सरकारले लुम्बिनी विकास कोषमा सदस्य सचिवमा गोरखाका इञ्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खानेपानी संस्थानका इञ्जिनियर रहेका श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कोषको सदस्य सचिवका लागि नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी...
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : शान्तिका लागि साँस्कृतिक सम्पदा उपयाेगी
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : शान्तिका लागि साँस्कृतिक सम्पदा उपयाेगी ६७ भन्दा बढि देशका २ सय सम्पदा विज्ञहरूकाे उपस्थितिमा लुम्बिनीमा सञ्चालित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व, प्राकृतिक प्रकाेपकाे सामना तथा शान्तिका लागि सम्पदाकाे उपयाेग गर्ने संकल्प गरेकाे छ । बुधबार लुम्बिनीमा शुरू गरिएकाे सम्मेलन अन्तर्गत शनिबार प्राचीन तिलाैराकाेट दरबार क्षेत्रकाे स्थलगत निरीक्षण पश्चात् विभिन्न देशमा देखिएकाे द्वन्द्व तथा प्राकृतिक प्रकाेपहरूकाे सामानाका...
लुम्बिनीको विकासमा विज्ञहरुको साथ चाहिन्छ : उपाध्यक्ष लामा  
लुम्बिनीको विकासमा विज्ञहरुको साथ चाहिन्छ : उपाध्यक्ष लामा   बुटवल- लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले विश्वभर शान्ति, करुणाको सन्देश छर्ने बुद्धजन्मस्थल लुम्बिनीबारे विज्ञहरुको साथ सधै चाहिने बताएका छन् । उनले लुम्बिनीबारे गलत बुझाई नराख्न समेत आग्रह गरे । बुद्धजन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरुको उपस्थितीमा बुधबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन शुभारम्भ समारोहलाई सम्बोधन...
लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा
लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा लुम्बिनी - लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् । बुधबार इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स) को ६०औं वार्षिकोत्सवका अवसरमा लुम्बिनी आएका विभिन्न देशका प्रतिनिधिलाई स्वागत गर्दै उनले सम्पदाको संरक्षण र संवर्द्धनमा...
ईकोमस इन्टरनेश्नलको बार्षिक सभा तथा ६० औं बर्षगाठ लुम्बिनीमा मनाइयो
ईकोमस इन्टरनेश्नलको बार्षिक सभा तथा ६० औं बर्षगाठ लुम्बिनीमा मनाइयो लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा युनेस्कोको सल्लाहकार निकाय सम्पदा संरक्षण समाज (इकोमस इन्टरनेश्नल) को बार्षिक सभा तथा ६० औं बर्षगाठ लुम्बिनीमा गरिएको छ ।यहि असोज २५ अर्थात अक्टोबर ११ तारिखदेखि लुम्बिनीमा शुरु भएको बार्षिक सभाको मंगलबार समापन तथा ६० औं बर्षगाठ मनाइएको हो । विश्वसम्पदा स्थल तथा बुद्धजन्मस्थल लुम्बिनीमा महासभा र ६०...
लुम्बिनी विकास कोषको कायम-मुकायम सदस्य सचिवमा ज्ञानिन राई
लुम्बिनी विकास कोषको कायम-मुकायम सदस्य सचिवमा ज्ञानिन राई रुपन्देही– लुम्बिनी विकास कोषमा ५ बर्षे कार्यकाल सकिएर रिक्त रहेको सदस्य–सचिवको जिम्मेवारी बरिष्ठ निर्देशक ज्ञानीन राईलाई दिईने भएको छ । कोषका सदस्य–सचिव सानुराजा शाक्यको असोज २१ मा कार्यकाल सकिएसँगै रिक्त रहेको पदमा कोषका १० औं तहका बरिष्ठ निर्देशक राईलाई कायममुकायम सदस्य सचिवको जिम्मेवारी दिईने भएको हो ।
लुम्बिनी विकास कोषको ताला खुल्यो, नियमित काम सुरु 
लुम्बिनी विकास कोषको ताला खुल्यो, नियमित काम सुरु  रुपन्देही–  लुम्बिनी विकास कोषका कर्मचारीहरुले आफ्ना माग पूरा भएपछि आन्दोलन फिर्ता गरेका छन् ।  लुम्बिनी विकास कोष कर्मचारी युनियनले कोष कार्यालयका विभिन्न शाखामा लगाएको ताला २७ दिनपछि सोमबार खोलेर कामकाज सुरु गरेका हुन् । काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ता सकारात्मक परिणाम दिनेतर्फ अग्रसर भएकाले कार्यालयमा लगाएको तालाबन्दी खोलेर कामकाज सुरु...
लुम्बिनी विकास कोषका कर्मचारी २२ दिनदेखि आन्दोलीत, काठमाडौंमा भएको वार्ता सकरात्मक
लुम्बिनी विकास कोषका कर्मचारी २२ दिनदेखि आन्दोलीत, काठमाडौंमा भएको वार्ता सकरात्मक काठमाडाैं - २२ दिनदेखि विभिन्न माग राखेर आन्दोलित लुम्बिनी विकास कोषका कर्मचारीहरुको मागबारे शुक्रबार काठमाडौंमा वार्ता भएको छ । वार्ता सकारात्मक भएपनि निष्र्कषमा पुग्न सकेको छैन । संस्कृति मन्त्रालयद्वारा सहसचिव सुरेश सुरश श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समिति र कर्मचारी युनियनको टोलीबीच सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा वार्ता भएको हो ।
लुम्बिनीमा विद्युतले हैरान बनाएपछि काठमाडौं पुगेर मन्त्रीलाई ज्ञापन 
लुम्बिनीमा विद्युतले हैरान बनाएपछि काठमाडौं पुगेर मन्त्रीलाई ज्ञापन  लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा नियमित विद्युत आपूर्तिको माग गर्दै  बौद्ध धर्म संरक्षण समितिले मन्त्री गुहारेको छ । लुम्बिनी विकास गुरुयोजना क्षेत्रभित्र नियमित विद्युत् आपूर्ति नहुँदा निकै कष्टकर भइरहेको भन्दै ऊर्जामन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ज्ञापनपत्र बुझाइएका हुन् ।
लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा हामी ल्याउँछौँ : उपाध्यक्ष डा. लामा
लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा हामी ल्याउँछौँ : उपाध्यक्ष डा. लामा लुम्बिनी- लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ्ग) ले सरकारले लुम्बिनी विकास कोषको लागि कानून बनाइदिए लुम्बिनी गुरुयोजना कोष आफैँले बनाउने र पैसा नमाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गुरु पद्मसम्भवको जन्म दिवस मनाइयो 
गुरु पद्मसम्भवको जन्म दिवस मनाइयो  काठमाडौं –तिब्बती बौद्ध परम्परामा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)को जन्म दिवस साउन १९ गते साेमबार भव्यताका साथ मनाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा मंगलबार  विशेष कार्यक्रम गरी मनाइएको हो ।
Weather Update