भाेटेकाेसी बाढीप्रति बाैद्ध धर्मगुरु छाेकि निमा रिन्पाेछेद्धारा दुख व्यक्त, दैनिक शान्ति प्रार्थना
शुक्रबार, भदौ १२, २०८३
लुम्बिनी - बाैद्व धर्म गुरु छाेकि निमा रिन्पाेछेले रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्र, विशेषगरी टिमुरे, स्याफ्रुबेसी र रसुवागढी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति, भौतिक संरचनाको विनाश तथा धेरै नागरिकहरू बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
भाेटेकाेशि बाढी प्रभावितकाे स्मरणमा लुम्बिनीमा शान्ति प्रार्थना
शुक्रबार, भदौ १२, २०८३
बुटवल- लुम्बिनी विकास काेषले विनाशकारी भाेटेकाेसि बाढी प्रभावितहरूलाई मध्यनजर गर्दै बुद्व जन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्ति प्रार्थना गरेकाे छ । मायादेवि मन्दिर परिसरमा भाेटेकाेसि बाढीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाईते सम्पूर्ण दाजू भाइ दिदी वहिनिहरूकाे शिघ्र स्वास्थ्य कामना सहित शान्ति प्रार्थना गरिएकाे हाे । विभिन्न विहारका भिक्षु, भिक्षुणी, लामा...
पोखरा-दुबई उडानबारे व्यवसायी-राजदूत छलफल
मंगलबार, भदौ ९, २०८३
पोखरा - पोखरा-दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ।पोखराबाट दुबई नियमित उडान भर्न सके पोखरा, गण्डकी प्रदेश र नेपालका लागि अर्को खुड्किलो बन्ने बताएका छन् । पोखराका...
साम्प्रदायिक हिंसा नहोस् भनेर लुम्बिनीमा शान्ति प्रार्थना
शुक्रबार, साउन १५, २०८३
बुटवल - सुनसरीमा उत्पन्न घटनापछि मुलुकमा देखिएको अशान्ति, हिंसा अन्त्यको कामना गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्तिपाठ गरिएको छ ।लुम्बिनी विकास कोषको आयोजनामा सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामना सहित मायादेवी मन्दिरमा शान्ति पाठ तथा प्राथना गरिएको हो । भिक्षु भिक्षुणीहरुले पछिल्लो समय विभिन्न द्धन्द्धका कारणले मृत्यू...
अंग्रेज फाैज हारेकाे जितगढीमा भारतीय पत्रकारहरुकाे टाेलीद्धारा भ्रमण
मंगलबार, साउन १२, २०८३
बुटवल- अंग्रेज फौजलाई हराएको ऐेतिहासीक सम्पदास्थलको रुपमा परिचीत नेपालको विभिन्न स्थलहरुको भारतीय पत्रकारहरुको एक प्रतिनिधि मन्डलले स्थलगत भ्रमण गरेका छन् । पाल्पाको नुुवाकोट गढी, रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क र रुपन्देहीकै जितगढीमा भारतको विभिन्न सन्चार गृहमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुको टोलिले भ्रमण गरेका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक : ४९ करोडको बजेट तथा नीति–कार्यक्रम स्वीकृत
शुक्रबार, असार २६, २०८३
काठमाडौं- लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औँ विश्वविद्यालय सभा बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ४९ करोड ८८ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
नेपाल भारतकाका व्यवसायीविच लुम्बिनीको पर्यटन प्रवर्द्धन लागि समझदारी
बुधबार, असार २४, २०८३
बुटवल - नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई देशका व्यवसायीहरुविच बिटुबि समझदारी भएको छ । लुम्बिनी होटल एसोसिएसन नेपाल र वाराणसी टुरिजम गिल्डविच पाँच बुँदे सम्झदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । लुम्बिनीमा सम्पन्न सम्झौतामा लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष लिलामणि शर्मा र वाराणसी टुरिजम...
दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकियाे
शनिबार, असार २०, २०८३
लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गरिएको छ ।लुम्बिनी प्रदेश सरकार र बौद्ध विश्व विद्यालयको आयोजनामा विहिबार र शुक्रबार दुई दिन बौद्ध सम्मेलन गरिएको हो । लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्द्धन, बौद्ध सम्पदाको संरक्षण तथा दिगो पर्यटन...
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती, आएनन प्रधानमन्त्री
शुक्रबार, वैशाख १८, २०८३
२५७० औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस शुक्रबार मनाइएको छ। लुम्बिनी विकास कोषले यो वर्ष सामान्य कार्यक्रम गरि बुद्वजयन्ती मनाएको हो।विगतका वर्षमा सरकार वा राष्ट्रप्रमुख मध्ये एक जना बुद्ध जयन्तीमा सहभागी हुने प्रचलन थियो । तर, यो वर्ष भने प्रधानमन्त्री वालेन्द्र शाह अन्तिममा कार्यक्रममा उपस्थित भएनन्।
ताइवानी संस्था चुजीले लुम्बिनीमा क्याम्पस सञ्चालन गर्ने तयारी
आइतबार, वैशाख १३, २०८३
लुम्बिनी – ताइवानको परोपकारी संस्था चुजी फाउन्डेसनले बुद्ध जन्मस्थल लुम्बिनीमा 'चुजी लुम्बिनी क्याम्पस’ सञ्चालनको तयारी गरेको छ । लुम्बिनीमा स्थानीय समुदायसँग अन्तरक्रिया सहितको कार्यक्रम आयोजना गर्दै पmाउण्डेशनले लुम्बिनी क्याम्पस उद्यान’ सञ्चालनको तयारी गरेको जनाएको हो । यहि आउदो बैशाख २० गते उद्घाटन गर्ने तयारी भएको जनाएको छ ।
विश्व शान्तिको सन्देशसहित बुद्ध जयन्तीमा काठमाडौं-लुम्बिनी साइकल यात्रा
शनिबार, वैशाख ५, २०८३
लुम्बिनी- विश्व शान्तिका लागि लुम्बिनीस्थित द युनिभर्सल पिस स्यानचुरीले १५ वैशाखदेखि काठमाडौं–लुम्बिनी चारदिने साइकल यात्रा आयोजना गर्ने भएको छ।विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले लुम्बिनीस्थित द युनिभर्सल पिस स्यानचुरीले १५ वैशाखमा काठमाडौंदेखि लुम्बिनीसम्म चारदिने साइकल यात्रा हुने भएको छ ।
लुम्बिनीमा पर्यटक सूचना बोर्ड स्थापना
शुक्रबार, चैत १३, २०८२
लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीको विभिन्न स्थानमा संयुक्त राष्ट्र संघको सहयोगमा पर्यटक सुचना बोर्ड राखिएको छ । सुचना बोर्डको मंगलबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) र कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बेले संयुक्त रुपमा उद्घाघन गरे लुम्बिनी आउने तीर्थालु तथा पर्यटकहरुलाई लुम्बिनीको इतिहास र महत्वको वारेमा...
वर्तमान विश्वमा बुद्ध शिक्षाको महत्व वढ्यो : मन्त्री सिन्हा
शनिबार, चैत ७, २०८२
लुम्बिनी - संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले वर्तमान विश्वमा बुद्ध शिक्षाको महत्व वढेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा चिनियाँ दुतावसले गरेको लुम्बिनीमा आयोजना गरेको बौद्ध ध्यान कार्यक्रममा बोल्दै विश्व परिवेशमा द्वन्द्वात्मक मानसिकता, असहिष्णुता र मनोवैज्ञानिक विभाजनको चुनौती बढिरहेको सन्दर्भमा बुद्ध शिक्षाको महत्व...


