‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ पुस्तक सार्वजनिक
बुधबार, असार २५, २०८२
काठमाडौं - सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएता पनि उनको प्रतापको क्षेत्रफल दक्षिण एसियामा बलियोसँग फैलिएको छ । पाकिस्तानमा बौद्ध सम्पदाहरु धेरै हुनुको एक प्रमाण त्यही प्रताप फैलिनुको एक बिम्ब हो । यही यथर्थालाई मनन गरेर बुधबार पाकिस्तानी राजदूतावासले पाकिस्तानमा भएका बौद्ध सम्पदाहरुको पुस्तक सार्वजनिक गरेको छ । यस अगाडि अंग्रेजी भाषामा प्रकाशन भएको पुस्तकलाई नेपाली भाषामा ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ भनेर ल्याइएको छ ।
बुटवल उपमहानगरपालिका–१२ स्थित योगीडाँडामा बुद्धकालीन भग्नावशेष फेला
मंगलबार, असार २४, २०८२
सङ्ग्रहालयको अवधारणा अनुसार ट्रस्ट लगाएर राखेको छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले योगीडाँडा क्षेत्रमा फेला परेका ऐतिहासिक महìवका वस्तुको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त क्षेत्रको थप उत्खननका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताए।
यूनेकस्काे बैठकका लागि मन्त्री पाण्डे र उपाध्यक्ष डा. लामा फ्रान्समा, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराइने
सोमबार, असार २३, २०८२
लुम्बिनी - गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पुर्व तयारीको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) फ्रान्स पुगेका छन् ।
कार्यकारी उपाध्यक्ष डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पुर्व तयारीको...
आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा
शुक्रबार, असार २०, २०८२
बिबिसि - उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्मका आध्यात्मिक गुरु दलाई लामाले आफ्नो उत्तराधिकारीसम्बन्धी बहुप्रतीक्षित घोषणा गरेका हुन्। आफ्नो भावी पुनरअवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग रहने उनले बताए। उक्त ट्रस्टको स्थापना उनैले गरेका हुन्। चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका...
लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माणका लागि नेपाल र भुटानबीच सम्झौता
बुधबार, असार ११, २०८२
लुम्बिनी- गवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृहमन्त्रालयबीच लिज सम्झौता सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) र भुटानको शाही सरकारका गृह सचिव सोनम वांग्येलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य...
भारतीय राजदूतावासद्धारा लुम्बिनीमा योग प्रदर्शन
शुक्रबार, असार ६, २०८२
बुटवल– नेपाल स्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए। प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको...
नेपाल चीन र भारतको आस्थाको केन्द्र हो : मन्त्री पाण्डे
आइतबार, असार १, २०८२
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन्।राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताएका हुन् । उनले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र...
लुम्बिनीमा एक महिनामा २ हजार तीर्थालुले गरे नि:शुल्क भोजन
शुक्रबार, जेठ ३०, २०८२
लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीस्थित सबैभन्दा पुरानो राजकीय बुद्ध विहारको अगुवाइमा मायादेवी मन्दिर दर्शन गर्न पुग्ने तीर्थयात्रुहरुलाई भोजन गराउने गरिएको छ । २५६९ औँ बुद्ध जयन्तीको दिन वैशाख पूर्णिमादेखि सुरु गरिएको भोजन दान अभियानले एक महिना पुरा गरेको छ । एक महिनाको अवधिमा २ हजारले निःशुल्क भोजन ग्रहण गरेको राजकीय...
सकियाे लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन
शनिबार, जेठ १७, २०८२
लुम्बिनी- प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन आज सम्पन्न भएको छ ।“समृद्ध प्रदेश, खुसी नागरिक” को लक्ष्य हासिल गर्न बुद्धको अवधारणालाई शासन पद्धतिका आयामहरूमा प्रयोग गर्नुपर्नेमा सरोकारवालहरू प्रतिबद्ध भएका हुन् ।
लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य
शनिबार, जेठ १७, २०८२
बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । शनिवार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताए ।
लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु
शुक्रबार, जेठ १६, २०८२
लुम्बिनी – लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु भएको छ । लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटन केन्द्रीत रही आर्थिक शिखर सम्मेलन आयोजना गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन...
लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुँदै
बुधबार, जेठ १४, २०८२
लुम्बिनी - लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रवार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नेछन् । लुम्बिनी, गौतम बुद्धको जन्मभूमि र विश्व सम्पदा क्षेत्र समेत रहेकाले यस प्रकारको सम्मेलनका लागि आदर्श स्थानको रूपमा रहेको विश्वविद्यालयले...
बौद्ध दर्शनको विकासमा सञ्चारको योगदान
मंगलबार, जेठ १३, २०८२
गौतम बुद्धको जन्म, जीवन र महापरिनिर्वाण पश्चात् बौद्ध धर्म—दर्शनको विस्तारका क्रममा यहाँसम्म आउँदा सञ्चारको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । बौद्ध धर्म–दर्शनको सञ्चारमा चिनियाँ–यात्री फाइह्यानको यात्रा विवरण र तिब्बतको दिस्पोराले महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ । सञ्चार नभएको भए आजको बौद्ध धर्म—दर्शन उति बेलै लोप हुने थियो । गौतम बुद्धद्वारा प्रतिपादित धर्म—दर्शनको...


