Lumbini Rise
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : शान्तिका लागि साँस्कृतिक सम्पदा उपयाेगी

बुटवल- ६७ भन्दा बढि देशका २ सय सम्पदा विज्ञहरूकाे उपस्थितिमा लुम्बिनीमा सञ्चालित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व, प्राकृतिक प्रकाेपकाे सामना तथा शान्तिका लागि सम्पदाकाे उपयाेग गर्ने संकल्प गरेकाे छ ।

बुधबार लुम्बिनीमा शुरू गरिएकाे सम्मेलन अन्तर्गत शनिबार प्राचीन तिलाैराकाेट दरबार क्षेत्रकाे स्थलगत निरीक्षण पश्चात् विभिन्न देशमा देखिएकाे द्वन्द्व तथा प्राकृतिक प्रकाेपहरूकाे सामानाका लागि सांस्कृतिक सम्पदा उपयाेगि हुने संकल्प गरिएकाे हाे ।   सम्पदा संरक्षण समाज (इकोमस) ले शान्ति वक्तव्य मार्फत बुद्वजन्मस्थल लुम्बिनीमा गरिएकाे सम्मेलनले  द्वन्द्व र प्राकृतिक विपत्तिपछि शान्तिको पुनःस्थापनामा सम्पदाकाे भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएकाे छ।  

सम्पदा केवल बलियो सांस्कृतिक पहिचानका लागि मात्र नभई  स्थानीय समुदायकाे आर्थिक दिगोपनाको आधार पनि भएकाे उल्लेख गर्दै सांस्कृतिक सम्पदाले मात्र सहअस्तित्व कायम गर्न सकिने बताएकाे छ ।  हाल विश्वका कम्तीमा ३८ देशमा युद्ध तथा तनावकाे अवस्थामा रहेकाले  लुम्बिनीमा गरिएकाे छलफलले त्यसकाे सामना गर्न शक्ति प्रदान गर्ने विश्वास गरिएकाे वक्तव्यमा भनिएकाे छ ।

साथै वैज्ञानिक सम्मेलनमा भविष्यमा जलावयु परिवर्तनले पार्ने असरबारे पनि छलफल गरिएकाे थियाे  । ईकाेमस नेपालकाे आयाेजनामा लुम्बिनीमा भएकाे वैज्ञानिक सम्मेलनमा सांस्कृतिक सम्पदाको संरक्षण एवम् सुधारमा पक्षमा महत्वपूर्ण प्रतिवद्वा गरिएकाे अध्यक्ष ज्ञानिन राईले बताए ।

सम्मेलनअघि अक्टाेबर ११ तारिखदेखि ईकाेमसकाे ६०औं वार्षिकोत्सव समेत लुम्बिनीमा मनाईएकाे थियाे।

युनेस्कोको सल्लाहाकार निकायको रुपमा रहेको इकोमसले विश्व सम्पदा सूचीमा अभिलेखको लागि प्रस्तावित सांस्कृतिक र मिश्रित सम्पदाहरूको मूल्याङ्कन गरी विश्व सम्पदा समितिलाई प्रदान गर्ने गर्दछ ।

सम्मेलनमा इकोमस इन्टरनेश्नलका सदस्यहरू सहित विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुुनाहरु सहित ६७ राष्ट्रका करिव ३०० स्वदेशी तथा विदेशी सहभागीहरू थिए। सम्मेलनमा विभिन्न बिषयहरुमा प्राप्त २६० कार्यपत्रमध्ये छनौटमा परेका १९० वटा कार्यपत्रहरुको प्रस्तुतीकरण गरिएकाे ईकाेमस नेपालका काेषाध्यक्ष  सृष्टिना श्रेष्ठले बताईन   ।

सम्मेलनमा ईकाेमस अन्तर्राष्ट्रिय अध्यक्ष प्राध्यापक टेरेशा प्याटिसियो,  नेपालका तर्फबाट साँस्कृति सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा. काई वाईजे, एनी जोशी, डा. ईनुु प्रधान सालिके, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराई सहित ईकोमस ईन्टरनेश्नलका सचिवालय सदस्यहरुकाे प्रस्तुती रहेकाे थियाे ।   लुम्बिनी बौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाईन लगायतकाे साझेदारीमा भएकाे सम्मेलन आईतबार काठमाडाैमासमापन गरिने आयाेजकले जनाएका छन् ।  

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update