नदिजन्य पदार्थको अबैध उत्खनन र चोरी निकासी बन्द गर : समाजवादी मोर्चा
मंगलबार, जेठ २०, २०८२
पछिल्लो केही दिन यता रुपन्देहीका नदी तथा खोलाहरुबाट अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासीका खबरहरू आएपछी मंगलबार समाजवादी मोर्चा नेपाल रुपन्देहीले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । मोर्चाका रुपन्देही संयोजक एवं नेकपाका केन्द्रीय सदस्य सरद सी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी र नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष हिराध्वज शाहद्बारा हस्ताक्षरित विज्ञप्तिमा सबैको मिलेमतो र सेटिङ्गमा मापदण्ड बिपरित राष्ट्रिय गौरवका योजनाको नाममा र अन्य नाममा नापजाँच भन्दा बढीनदीजन्य पदार्थको दोहोन भइरहेको भन्दै तत्तकाल बन्द गर्न माग गरेका हुन ।
तिलोत्तमा वडानम्बर १४ ले गर्यो सार्वजनिक सुनुवाइ
मंगलबार, जेठ २०, २०८२
रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–१४ ले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ।साबिक टिकुलिगढ गाबिसबाट बनेको वडा नम्बर–१४ ले वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । वडा अध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्य्क्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा...
यातायात बन्दको कार्यक्रम फिर्ता
मंगलबार, जेठ २०, २०८२
बुटवल – यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत...
१८ लाखको भन्सार छलीका सामान बरामद
सोमबार, जेठ १९, २०८२
बुटवल – रुपन्देही प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको भन्सार छली चोरी पैठारीका १८ लाख २१ हजार बराबरको सामान बरामद गरेको छ । रुपन्देही मायादेवी गाउँपालिका वडा नं.६ मोतीपुरबाट लु २ च ७३२१ न.को पिकअपमा अवैध रूपमा ल्याउँदै गरेको २ भैँसी ,१ पाडा र १ पाडी सहित गाडी चालकलाई नियन्त्रणमा लिइएको...
लुम्बिनी मन्त्रिपरिषद् बैठक: निजामती नियमावली लोक सेवामा पठाइने
सोमबार, जेठ १९, २०८२
दाङ - लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा नियमावली संशोधनको प्रस्ताव पेश गरिएको थियो ।
आर्थिक विधेयकका बारे बुटवलमा अभिमुखीकरण
सोमबार, जेठ १९, २०८२
बुटवल– बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखीकरण गरेको छ । संघले सोमबार कार्यक्रमको आयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखीकरण गरेको हो । त्यस अवसरमा आन्तरिक...
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको अध्यक्षमा ज्ञवाली
सोमबार, जेठ १९, २०८२
बुटवल– राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको नयां नेतृत्व चयन भएको छ । बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गठित कार्यसमितिको उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरे रहेका छन् । यसैगरी सदस्यहरुमा जिवन अधिकारी, पोमनारायण पौडेल, श्री...
प्रधामन्त्रीसँगै एमालेका नेताहरुले भने –‘म झोले’
सोमबार, जेठ १९, २०८२
बुटवल – प्रधानमन्त्री केपि शर्मा ओलीले सामाजिक सञ्जालमा म झोले भन्ने पोष्टर राखेसँगै एमालेका नेताहरुले ‘म झोले’ पोष्टर राख्न थालेका छन् । दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु...
आजदेखि देशैभर सार्वजनिक यातायात बन्द, बुटवल बसपार्कमा यात्रु अलपत्र
सोमबार, जेठ १९, २०८२
बुटवल–आज देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु अलपत्र परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् । बुटवल बसपार्कमा विहानै यात्रुहरु अलपत्र अवस्थामा...
काठमाडौँ उपत्यका बन्द फिर्ता
सोमबार, जेठ १९, २०८२
काठमाडौँ – संयुक्त जनआन्दोलन समितिले आज आह्वान गरेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ। प्रदर्शन स्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरू रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले बताए ।स्तै उपत्यका बन्दमा राप्रपाको समेत समर्थन रहने भनिएकोमा अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरूको रिहाइ भएकाले जनतालाई दुःख दिने काममा...
राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीले मनायो छैटौं स्थापना दिवस
आइतबार, जेठ १८, २०८२
बुटवल – राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीले छैठौं स्थापना दिवस शूभकामना आदान प्रदान तथा दीप प्रज्वलन गरी मनाएको छ । २०७६ साल जेठ १८ गते स्थापना भएको संघले देशैभर विभिन्न कार्यक्रम गरी मनाइरहेको बेला रुपन्देही शाखाले बुटवल देविनगर चौपारीमा कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय...
कमल थापा र दीपक सिंह सहित ७ जना रिहा
आइतबार, जेठ १८, २०८२
काठमाडौं – पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंह सहित ७ जना रिहा भएका छन् । राजावादी प्रदर्शनका क्रममा आइतबार दिउँसो प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।
गणतन्त्र जाेगाउन सबै एकजुट बनाैं : सचिव विश्वकर्मा
आइतबार, जेठ १८, २०८२
काठमाडौँ– नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री छविलाल विश्वकर्माले वर्तमान व्यवस्था जोगाउनको निम्ति सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आवश्यता औँल्याएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैटौँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सचिव विश्वकर्माले समावेशिता, धर्मनिरपेक्षतासँगै गणतन्त्र आएको बताए । उनले ठुलो त्याग र लगानीबाट गणतन्त्र प्राप्त भएकाले ...


-1785155626.jpg)