घाटाको बजेट नल्याउने भन्दै लुम्बिनीका मुख्यमन्त्रीले गरे ‘बिफ्रिङ’
बुधबार, वैशाख १७, २०८२
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यथार्थ धरातलमा टेकेर ल्याइने बताएका छन। सरकारमा सहभागी राजनीतिक दलका प्रमुखहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुर) मा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थ धरातलमा आधारित भएर तयार पार्ने बताएका हुन ।
बुटवल उपमहानगरले गर्यो मकैपोल्ने र सालको पात बेच्ने श्रमिकलाई सम्मान
बुधबार, वैशाख १७, २०८२
बुटवल – अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले बुटवलमा सालको पात बेच्ने,मकै पोल्ने तथा ईरिक्सा चलाउने महिलाहरूलाई नगद सहित सम्मान गरेको छ । बुधबार बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमकाबीच बुटवलमा सालको पात बेच्ने १० जना,पोल्ने १० जना र ईरिक्सा चलाउने १० जना गरी ३० जना महिलाहरूलाई जनही १० हजारका दरले सम्मान...
यसकारण रिहा भए रेशम चाैधरी
बुधबार, वैशाख १७, २०८२
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतले यसअघि पक्राउ गर्न पठाइएको पत्र कार्यान्वयन नगर्न अर्को पत्र पठाएपछि रेशम रिहा भएका हुन्। बुधबार जनमत पार्टीसँग एकता घोषणाको कार्यक्रम सुरू हुन लागेका बेला सादा पोसाकमा पुगेका प्रहरीले उनलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो।
नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो मागपत्र
बुधबार, वैशाख १७, २०८२
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकको आर्थिक, सामाजिक लगायत क्षेत्रमा सुधारका लागि बुधबार मागपत्र बुुझाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सो पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिकारीले मागपत्र बुझाएका हुन ।
सोती घटना: जातीय विभेद मुद्दामा सबै प्रतिवादीलाइ उच्चकाे सफाइ, दलित अधिकारकर्मी आन्दोलित
मंगलबार, वैशाख १६, २०८२
सुर्खेत – रुकुम पश्चिमको चौरजहारीमा नवलराज विश्वकर्मा सहित ६ युवाहरुको हत्या गरिएको बहुचर्चित सोती घटनामा उच्च अदालत सुर्खेतले सबै प्रतिवादीलाई जातीय विभेद मुद्दामा सफाइ दिएको छ। नवराज सहित ६ जनाको हत्या अभियोगमा थुनामा रहेका २४ जनामध्ये एक नाबालक प्रतिवादीलाई अदालतले पूर्ण सफाइ दिएको हो। ती नाबालकमाथि जातीय भेदभाव तथा छुवाछूत...
लुम्बिनीका पहिलाे पटक प्रदेशभरिका उपप्रमुख र उपाध्यक्षहरुका लागि तालिम सञ्चालन
मंगलबार, वैशाख १६, २०८२
रूपन्देही – लुम्बिनी प्रदेशका १ सय ९ पालिका उप–प्रमुख तथा उपाध्यक्षका लागि मंगलबार रुपन्देहीको लुम्बिनीमा क्षमता बिकास तालिम सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले न्याय निरुपणमा सघाउन र आफ्नो कार्यक्षेत्रमा प्रभावकारी भूमिकाका बिषयमा सक्षम बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको हो ।
गुल्मी महोत्सवमा पनि दुर्गेश थापा हेलिकप्टर मार्फत सहभागी, शुल्क दोब्बर
मंगलबार, वैशाख १६, २०८२
गुल्मी – गुल्मी महोत्सवमा चर्चित गायक दुर्गेश थापा हेलिकप्टर मार्फत सहभागी भएका छन् । पछिल्लो समय दर्शक श्रोता माझ लोकप्रिय गायक थापा मेला महोत्सवमा व्यस्तताका कारणले हेलिकप्टर मार्फत पुग्ने गरेका हुन् । आफूलाई पर्फमर बताउने थापा सिम्रिक एयरको हेलिकप्टर मार्फत गुल्मी महोत्सवमा सहभागी भएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद...
बुटवल हस्पिटल प्रा.ली र निवृत राष्ट्र सेवक समाजविच उपचार सम्झाैता
मंगलबार, वैशाख १६, २०८२
बुटवल- बुटवल हस्पिटल प्रा.ली. र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका विचमा उपचार सम्झौता सम्पन्न भएको छ ।
'ग्याँस व्यवसायीको सुरक्षामा सरकार संवेदनशिल भएन’
सोमबार, वैशाख १५, २०८२
बुटवल – ग्याँस विक्रेता संघ रुपन्देहीको ११ औ साधारण सभा बुटवलमा सम्पन्न भएको छ । ग्याँस विक्रेता महासंघ रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्थको अध्यक्ष तथा ग्यास विक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यतामा साधारण गरिएको हो ।साधारण सभामा बोल्दै ग्यास विकेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्यालले ग्यास विक्रेताहरुलाई...
नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाइनेछ : मन्त्री पाण्डे
सोमबार, वैशाख १५, २०८२
काठमाडौं – संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाउने बताएका छन्।सोमबार प्रतिनिधि सभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाली आकाश र विमानस्थलहरूलाई व्यवस्थित र चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन ।
नेकपा एसका अध्यक्ष नेपाल र खनालले जनाए शिक्षक आन्दोलनमा ऐक्यबद्धता
सोमबार, वैशाख १५, २०८२
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नेताहरुले आन्दोलन भएकै ठाउँमा पुगेर शिक्षकहरूको आन्दोलनलाई ऐक्यद्धता जनाएका छन् ।
सोमबार २७ दिनदेखि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षकहरूको बिचमा पुगेर पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, घनेन्द्र बस्नेत,पार्टीका पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष...
लुम्बिनीकाे राजधानी भालुवाङमा मुख्यमन्त्रीले गरे अस्पताल उदघाटन
सोमबार, वैशाख १५, २०८२
दाङ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो ।
पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना : तीन जनाको मृत्यू, दुई घाइते
सोमबार, वैशाख १५, २०८२
पाल्पा – पाल्पाको रैनादेवी छहरामा गएराती जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ।
दुर्घटनामा परी रैनादेबी छहरा गाउँपालिका १ असारेका बर्ष २३ का जनक रेगामी, सोही ठाउँका बर्ष ३६ का दिपेन्द्र बुढा र सोही ठाउँका बर्ष ३१ का चेतनारायण बिककाे मृत्यू भएकाो...


