Lumbini Rise
बेल्बासे वंश समाजको अध्यक्षामा गणेशप्रसाद बेल्बासे निर्वाचित
बेल्बासे वंश समाजको अध्यक्षामा गणेशप्रसाद बेल्बासे निर्वाचित भैरहवा- बेल्बासे वंश समाज भैरहवाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। समाजको अध्यक्षमा गणेशप्रसाद बेल्बासे निर्वाचित भएका छन् । उपाध्यक्षमा पुनहरि बेल्बासे, सचिवमा झविन्द्रप्रसाद बेल्बासे, सहसचिवमा यज्जनप्रसाद बेल्बासे तथा कोषाध्यक्षमा विमला बेल्बासे चयन भएका छन्।
सञ्चारशील कक्षाकोठा’ लोकार्पण, शिक्षण-सिकाइमा प्रभावकारी सञ्चार अपरिहार्य
सञ्चारशील कक्षाकोठा’ लोकार्पण, शिक्षण-सिकाइमा प्रभावकारी सञ्चार अपरिहार्य शुक्रबार मदन भण्डारी मेमोरियल कलेजको अडिटोरियम हलमा आयोजित ‘सञ्चारशील कक्षाकोठाः रुपान्तरणकारी पठन-पाठनको आधारशिला’ पुस्तक लोकार्पण समारोह तथा ‘प्रभावकारी शिक्षण-सिकाइमा सञ्चारको भूमिका’ विषयक मन्थन कार्यक्रममा बोल्दै उहाँले प्रभावकारी सञ्चारबिना शिक्षाले अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
कस्तो महानगरपालिका बनाउने भन्ने बिषयमा छलफल गराैं : मेयर पाण्डेय
कस्तो महानगरपालिका बनाउने भन्ने बिषयमा छलफल गराैं : मेयर पाण्डेय बुटवल - बुटवल उपमहानगरपालिकालाई महानगरपालिकाकाे रूपमा विकास गर्ने बिषयमा सम्बन्धित पालिकाहरूले छलफल चलाउन अब ढिलाइ गर्न नहुने सराेकारवालाहरूले जाेड दिएका छन् । शुक्रबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित छिमेकी स्थानीय तहहरूबीच साझा विषयहरूका सम्बन्धमा समन्वयात्मक कार्यक्रममा बाेल्ने पालिका प्रमुख तथा अध्यक्षहरूले उक्त कुरामा जाेड दिएका हुन् ।
रुपन्देहीको मायादेवीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार
रुपन्देहीको मायादेवीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार बुटवल - रुपन्देहीको मायादेवी गाउँपालिकास्थित गुरुहनियाँमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ ।  लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले गोली प्रहार गरेर दुई जनालाई पक्राउ गरेको छ । एक जना भारतीय नागरिकको खुट्टामा गोली लागेको छ । पक्राउ पर्ने दुवै भारतीय लागुऔषध कारोबारी हुन्
गणेश नेपालीको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
गणेश नेपालीको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन काठमाडौं - मुगुका गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै घटनाको छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको जानकारी दिएका हुन् ।
आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा निधन
आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा निधन काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअघि बिहीबार आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ : १९ बजे निधन भएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
मेडिकल कलेज भैरहवामा श्रम कार्यालयकाे अनुगमन, दियाे १२ बुँदे निर्देशन
मेडिकल कलेज भैरहवामा श्रम कार्यालयकाे अनुगमन, दियाे १२ बुँदे निर्देशन रुपन्देही- रुपन्देहीको सिद्धार्थनगरस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा श्रम तथा रोजगार कार्यालय बुटवलले विशेष अनुगमन र निरीक्षण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’ पोर्टलमा प्राप्त गुनासोका आधारमा कार्यालयले कलेजमा श्रम ऐन तथा नियमावली बमोजिमको सेवा सुविधा कार्यान्वयनको अवस्थाबारे सूक्ष्म अनुगमन गरेको हो ।
लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना
लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना बुटवल - देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विहिबार (आज) विभिन्न प्रदेशमा चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशकाे बुटवल सहित अधिकांश भागमा पानी परिरहेकाो छ ।
बुटवलको 'द कन्सेप्ट' नजिक दुई युवामाथि चक्कु गर्ने  पक्राउ
बुटवलको 'द कन्सेप्ट' नजिक दुई युवामाथि चक्कु गर्ने पक्राउ बुटवल - बुटवल प्रहरीले विभिन्न अपराधका घटनामा संलग्नलाइ पक्राउ गरी कारवाही अगाडि बढाएको छ । यसैक्रममा  कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरी छुटेका एक युवा चक्कु प्रहार आरोपमा पुनः पक्राउ परेका छन् ।
लुम्बिनीमा थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
लुम्बिनीमा थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित दाङ -लुम्बिनी प्रदेश सभाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न कानुनी आधार तयार गर्ने उद्देश्यले उक्त विधेयक तयार पारिएको हो ।
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित दाङ - लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ । प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत बुधबार बसेको १७ औं बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको हो ।
नेपाल भारतकाका व्यवसायीविच लुम्बिनीको पर्यटन प्रवर्द्धन लागि समझदारी 
नेपाल भारतकाका व्यवसायीविच लुम्बिनीको पर्यटन प्रवर्द्धन लागि समझदारी  बुटवल - नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई देशका व्यवसायीहरुविच बिटुबि समझदारी भएको छ । लुम्बिनी होटल एसोसिएसन नेपाल र वाराणसी टुरिजम गिल्डविच पाँच बुँदे सम्झदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।  लुम्बिनीमा सम्पन्न सम्झौतामा लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष लिलामणि शर्मा र वाराणसी टुरिजम...
Weather Update