लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
बुधबार, असार ३१, २०८३
दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् ।आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ ।
बुटवलमा प्रहरीकाे अपरेशन चार्ली: नक्कली नोट छाप्ने मेशिन सहित ६ जना पक्राउ
बुधबार, असार ३१, २०८३
बुटवल - रुपन्देहीको बुटवलमा एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका वडा नं १३ जितगढी स्थित वाल कुमारी घर्ति मगरको दुई वटा कोठा भाडामा लिई नक्कली नोट छाप्ने कम्पनी संचालन गर्दै आएको समूहलाई प्रहरीले पक्राउ...
१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, स्पेन सामु फ्रान्स स्तब्ध
बुधबार, असार ३१, २०८३
काठमाडौँ - स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । स्पेन १६ बर्ष पछि फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेकाे हाे ।डलास रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका आक्रमणलाई प्रभावहीन बनाएको थियो ।
पाल्पा बुटवल सडकको दोभान–चिडियाखोला खण्ड हिलो र धुलाम्य
बुधबार, असार ३१, २०८३
पाल्पा - सिद्धार्थ राजमार्गको दोभान बजारदेखि चिडियाखोलासम्मको चार किलोमिटर सडकमा यात्रु तथा चालकले जहिलेसुकै सास्ती खेप्नुपर्ने बाध्यता छ । हिउँदयाममा धुलो उडेर हैरानी हुन्छ भने वर्षा सुरु भएपछि हिलाम्य सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ ।‘यसपटक अझ बढी समस्या बेहोर्नु परेको छ,’ गुल्मीबाट मोटरसाइकलमा यात्रा गर्दै गरेका खिमलाल पन्थले भने, ‘अघिल्ला...
स्याङ्गजा अर्जुनचाैपारीमा नयाँ व्यवस्थापन सहित आकृती सुनचाँदी पसल सञ्चालन
मंगलबार, असार ३०, २०८३
बुटवल- स्याङजा अर्जुन चौपारीमा नयाँ व्यवस्थापन सहित आकृती सुनचाँदी पसल शुभारम्भ गरिएको छ । पसलकाे आफ्नै वुवा उदयबहादुर विकले आइतबार उद्घाटन गरेका हुन् । विगत डेढ दशकदेखि निरन्तर सुनचाँदी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अर्जुन विश्वकर्माले यस क्षेत्रमै नयाँ व्यवस्थापनका साथ शुभारम्भ गरेका हुन् । गुणस्तरीय, उत्कृष्ट डिजाइन र...
लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, देशभर माैसम बदली
मंगलबार, असार ३०, २०८३
बुटवल - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशमा हल्का तथा कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा बर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेशमा अधिकांश क्षेत्रमा बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकीमा पनि बर्षातको उतिकै सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम...
लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै राेकियाे, सबै नाका बन्द
मंगलबार, असार ३०, २०८३
काठमाडौं - वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ । नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक...
समृद्धि हेयरले गर्याे १६० जना प्रशिक्षार्थीलाई दीक्षित
सोमबार, असार २९, २०८३
बुटवल । बुटवलस्थित चर्चित समृद्धि हेयर ड्रेसिङ सलुन एन्ड एकेडेमी ले १६० जना प्रशिक्षार्थीलाई दीक्षित गर्दै विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ। सोमबार आयोजित विशेष समारोहमा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो।
प्रधानमन्त्री बालेन शाहकाे पनि सम्पत्ति छानविन हुनुपर्छ: ज्ञानेन्द्र शाही
सोमबार, असार २९, २०८३
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले वहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदको पनि सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता शाहीले सरकारले आफ्नो सम्पत्ति छानबिन नगर्ने, अरूको मात्रै गर्नु गलत रहेको बताएका हुन् ।
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
सोमबार, असार २९, २०८३
काठमाडौँ- सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो।
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ
सोमबार, असार २९, २०८३
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।
किनेको पाँच दिनमै पब्लिकेसन अघि राखियो गाडी, बाँकी दुई निजी कार
सोमबार, असार २९, २०८३
काठमाडौं- काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालयअगाडि सोमबार बिहान बाटो नै अवरुद्ध हुने गरी पार्क गरिएका तीन वटा गाडीमध्ये दुई वटा निजी व्यक्तिको र एउटा सानीमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले किनेको खुलेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि राखिएका ती गाडीका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालयभित्र आफ्ना...
रुपन्देहीमा प्रहरीद्धारा लागूऔषध सहित एक जना पक्राउ
आइतबार, असार २८, २०८३
बुटवल - रुपन्देहीमा प्रहरीले एकजनालाई लागूऔषध (गाँजा) ७ के.जी. १ सय ग्राम सहित पक्राउ गरेको छ । कञ्चन गाउँपालिका–२ स्थित कटैया बस्ने ४८ वर्षिय पाचु मल्लाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार शुक्रबार पाचु मल्लाहको...


