Lumbini Rise
मंगलबारदेखि भैरहवामा साई ग्लोबल अन्तर कलेज क्रिकेट
मंगलबारदेखि भैरहवामा साई ग्लोबल अन्तर कलेज क्रिकेट भैरहवा-भैरहवामा भोलिदेखि जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । आयोजकले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।
जनता समाजवादी पार्टीको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक
जनता समाजवादी पार्टीको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक ललितपुर - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टीले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । आइतबार ललितपुरको ग्वार्कोस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक भएको हो ।
डिजिटल युगको अदृश्य  विष 
डिजिटल युगको अदृश्य  विष  भ्रमले समाजलाई 'हामी' र ' उनिहरु' गरि दुई कट्टर कित्तामा विभाजित गरिदिन्छ । एउटा पक्षले मान्ने भ्रम अर्को पक्षका लागि विष  समान हुन्छ, तर दुबै पक्षले तथ्यलाई हेर्न भने इन्कार गर्छन । यसले गर्दा समाजमा संवाद ( Dialogue) को ढोका बन्द हुन्छ ।
कर्मले चिनिएका ‘चुन्न प्रसाद पाैडेल'
कर्मले चिनिएका ‘चुन्न प्रसाद पाैडेल' समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन् । त्यस्तै मध्येका एक व्यक्तित्व हुन्, चुन्नप्रसाद शर्मा पौडेल । बागलुङमा जन्मिए, बागलुङमै हुर्किए र रुपन्देहीको माटोमा भिजेका पौडेलले देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसले...
बुटवलको ६७ औं स्थापना दिवस: समृद्धिको यात्रामा अघि बढ्दै
बुटवलको ६७ औं स्थापना दिवस: समृद्धिको यात्रामा अघि बढ्दै बुटवल- बुटवल उपमहानगरपालिकाले ६७ औं स्थापना दिवस आइतबार एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकाले गरेका तीन वर्षका कार्य प्रगतिबारे सविस्तार चर्चा गर्दै यसका लागि बुटवलबासी जनताले गरेको माया, सहयोग र सद्भावप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
कालिकामा नमूना संसदको  अभ्यास
कालिकामा नमूना संसदको अभ्यास बुटवल- कालिका मानवज्ञान माबि बुटवलमा नवौँ नमूना संसदको अधिवेशन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई नेपालको संसदीय पद्धतिको जानकारी दिनको लागि विद्यालयले २०७३ सालदेखि नियमित रुपमा नमूना संसदको अधिवेशन गराउँदै आएको छ । लेक्स नेपाल, लिगल एड्भोकेसी फोरम तथा लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीसङ्गको सहकार्यमा कानून विद्यार्थी समाज कालिकाले समन्वय गरेको नमूना संसदको...
धार्मिक सहिष्णुता, सहअस्तित्व समाजको पहिचान :मुख्यमन्त्री आचार्य
धार्मिक सहिष्णुता, सहअस्तित्व समाजको पहिचान :मुख्यमन्त्री आचार्य उनले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको आधार बनाउन सकिने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका हुन् । महाशिवरात्रि पर्व २०८२ का अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, शान्ति, प्रगति र समृद्धिको कामना गर्दै उनले भगवान शिवको आराधनासँग जोडिएको यस पर्वले आत्मसंयम, सकारात्मक...
६७ औँ स्थापना दिवसको बुटवल नगर प्रमुख खेलराज पाण्डेयद्धारा शुभकामना
६७ औँ स्थापना दिवसको बुटवल नगर प्रमुख खेलराज पाण्डेयद्धारा शुभकामना बुटवल - बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले शुभकामना व्यक्त गर्दै समृद्ध, व्यवस्थित र नागरिकमैत्री शहर निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।नगर प्रमुख पाण्डेयले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उपमहानगरपालिकाले सुशासनको अनुभूति दिलाउने, व्यवसायिक क्षेत्रमा आशालाग्दो वातावरण सिर्जना गर्ने तथा शिक्षा,...
इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न:संस्कारयुक्त शिक्षामा जोड ​
इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न:संस्कारयुक्त शिक्षामा जोड ​ शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा र भावी योजनाबारे चर्चा गरिएको थियो। ​समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि पन्थीले इन्टलेक्च्युअल एकेडेमीले छोटो समयमै सिकाई र संस्कारको उत्कृष्ट संयोजन गरी बुटवल क्षेत्रमा बेग्लै पहिचान बनाएको बताउनुभयो।
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो । 
बालेन शाह हेर्न बुटवलमा भिड
बालेन शाह हेर्न बुटवलमा भिड बुटवल – रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) शनिबार रूपन्देही, कपिलबस्तु र नवलपरासीका विभिन्न ठाउँ पुगेका छन्। उनी समर्थकलाई अभिवादन गर्दै हिँडेका हुन्।बालेनले रूपन्देहीको मर्चवारदेखि , लुम्बिनी, कपिलबस्तु, परासी हुँदै बुटवलसम्मको भ्रमण गरेका हुन्। बुटवल देवीनगरमा चौपारीमा शनिबार साँझ बालेन हेर्नका लागि मानिसहरूको ठूलो भिड जम्मा भएको थियो। बालेनले गाडीबाटै...
काँग्रेस नेताहरुले भने – 'प्रधानमन्त्री कसलाई बनाउने हो, विचार गरेर मत दिनुहोला'
काँग्रेस नेताहरुले भने – 'प्रधानमन्त्री कसलाई बनाउने हो, विचार गरेर मत दिनुहोला' उनीहरुले नेपाली काँग्रेसले पार्टी सभापति गगनकुमार थापा, एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको सन्दर्भमा देशका लागि उपयुक्त उम्मेद्वारलाई प्रधानमन्त्री बनाउने गरी सोंच विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका हुन् ।
Weather Update