आर्थिक आत्मनिर्भरता र नेपाली परिवार
शनिबार, साउन १०, २०८२
आर्थिक आत्मनिर्भरता - सुन्दा सामान्य लाग्न सक्छ, तर यो कुनै पनि परिवारको भविष्यका लागि एउटा यस्तो आधार हो, जसले उनीहरूलाई कसैको सहाराबिनै आफ्नै बलबुतामा उभिन सक्ने बनाउँछ। आफ्नो कमाइले आफ्ना सबै आवश्यकताहरू पूरा गर्न सक्नु र भविष्यका लागि ढुक्क हुनु नै आर्थिक आत्मनिर्भरता हो।

विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
शनिबार, साउन १०, २०८२
बुटवल - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । खरेल एक वर्षका लागि निलम्बनमा परेका हुन् । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको...
-1753457239.jpg)
नक्कली लालपूर्जा बनाएको अभियोगमा बुटवल मालपोतका अधिकृत सहित २ जना पक्राउ
शुक्रबार, साउन ९, २०८२
बुटवल — नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनी सहित जिल्ला मालपोत कार्यालय भैरहवाका सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको हो ।

पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : मुख्यमन्त्री आचार्य
शुक्रबार, साउन ९, २०८२
रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयाेजना गरेकाे ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास : अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले...

कर छलीको अभियोगमा बुटवलका व्यापारी विरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो दाबी
शुक्रबार, साउन ९, २०८२
बुटवल- राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो।

इन्टलेक्च्युअल एकेडेमीमा नमूना निर्वाचन
शुक्रबार, साउन ९, २०८२
बुटवल - बुटवल स्थित इन्टलेक्च्युअल एकेडेमीले शुक्रवार नमुना निर्वाचन कार्यक्रम गरेको छ । विद्यार्थीहरूले इन्टलेक्च्युअल बाल क्लब गठन गर्ने प्रयोजनका लागि नमुना निर्वाचन गरी नेतृत्व चुनेका छन् । समूहले प्यानल बनाएर गरिएको निर्वाचनबाट अध्यक्ष ,उपाध्यक्ष ,सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट र सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट चुनेका थिए ।शिक्षकहरूको सहजीकरणमा...
-1753452230.jpg)
गर्मीले भैरहवा विद्यालयमा तीन दिन विदा
शुक्रबार, साउन ९, २०८२
बुटवल –रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अत्याधिक गर्मी भएपछि विद्यालयलाई विदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्मीले विद्यार्थी र जनजीवनमा नकारात्मक असर पारी विरामी हुने समस्या देखिन थालेकाले विदा दिएको जनाएको छ ।

मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : विद्यादेवी भण्डारी
शुक्रबार, साउन ९, २०८२
काठमाडौँ -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् ।

गर्मी बढेपछि कपिलवस्तुमा तीन दिन विद्यालय बन्द
शुक्रबार, साउन ९, २०८२
त्यस्तै केही दिन यता बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा बालबालिकाहरुको स्वास्थ्य अवस्थामा पर्ने सक्ने प्रतिकूल असरलाई विचार गर्दै बाणगङ्गा नगरपालिकाले तीन दिन बिदा दिएको हो ।

नयाँलाई सुधार्न भन्दै रुपन्देही ३ मा किरण विकद्वारा उम्मेद्वारी घोषणा
शुक्रबार, साउन ९, २०८२
बुटवल- किरण विकले रुपन्देही-३ मा चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले उम्मेद्वारी घोषणा गरेका हुन् । आफू विगत ११ वर्ष देखि राजनीति, फिल्ममेकिंग र लेखन मार्फत रुपन्देही र काठमाडौंमा सक्रिय रहको उनले बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्वको देवदह गुरुयोजना सार्वजनिक
शुक्रबार, साउन ९, २०८२
विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ विगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौं सभा बैठकले स्वीकृत गरेको थियो ।
-1753424864.jpg)
गुल्मीबाट ७८ जनाले लिए गैरआवासीय नागरिकता, ८७ जनाले त्यागे
शुक्रबार, साउन ९, २०८२
गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था...

भरुवा बन्दुकसहित दुई जना पक्राउ
शुक्रबार, साउन ९, २०८२
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका गणेश नाथले जानकारी दिए।