काशीका शिक्षक तथा कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी तालिम
शनिबार, असार २१, २०८२
५० जनाको सहभागीता रहेको तालिममा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज ९युसीएसएस० भैरहवाका डा।राहुल यादव, डा।सुयल अन्सारी, नर्सिङ सुपरभाईजर कल्पना भट्टराई र स्टाफ नर्स सुनिता श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
अपराजित रहँदै यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई
शनिबार, असार २१, २०८२
सिंगापुरमा कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए । त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो ।
रुपन्देही ३ उपनिर्वाचन : कुलमान घिसिङ कस्को उम्मेद्वार ?
शनिबार, असार २१, २०८२
रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुनेभएपछि दिनहुँ केही न केही चर्चा भइरहेको छ । दलहरु आन्तरीक छलफलमा जुटिरहेका छन् । यहि बेला एक जना पात्र जसको चर्चा केहीदिनयता बढ्दै गइरहेको छ । त्यो नाम हो कुलमान घिसिङ ।
नालामा पुल भाँचियो : काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध
शनिबार, असार २१, २०८२
काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गएराति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको...
लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोडको बजेट
शुक्रबार, असार २०, २०८२
बुटवल – लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट शुक्रवार ल्याएको छ । १५ औँ नगर सभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम ल्याए भने उपप्रमुख कल्पना हरिजनले बजेट प्रस्तुत गरेकी हुन । कृषि, शिक्षा, र पूर्वाधार विकास गर्ने अठोटका साथ नीति कार्यक्रम र...
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम
शुक्रबार, असार २०, २०८२
बुटवल – लुम्बिनी होटेल सङ्घ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरेको छ । सङ्घको सातौँ स्थापना दिवसको अवसरमा शुक्रवार आश्रममा भोजन दान कार्यक्रम गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले स्थापना दिवस मानव सेवा आश्रममा मनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताए...
पाल्पा प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक
शुक्रबार, असार २०, २०८२
पाल्पा– मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी...
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
शुक्रबार, असार २०, २०८२
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।
सिद्धबाबा सुरुङमार्गको काम धमाधम, ५६ प्रतिशत भौतिक प्रगती
शुक्रबार, असार २०, २०८२
बुटवल – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा कााम धमाधम भइरहेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम आधाभन्दा बढि सकिएको छ । हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले बताईन् । आयोजनाको वित्तीय प्रगति ५० दशमलव २४...
नवलपरासी पश्चिम काँग्रेसमा असन्तुष्टि, सचिवले लेखे महामन्त्रीलाई पत्र
शुक्रबार, असार २०, २०८२
परासी - नवलपरासी (पश्चिम) मा नेपाली काँग्रेस भित्र असन्तुष्टि चुलिएको छ। जिल्ला कार्यसमितिले पार्टीभित्र देखिएको निराशा, आक्रोश र द्वन्द्वको अवस्थालाई सम्बोधन गर्न पार्टीका महामन्त्री गगन थापालाई हस्तक्षेपका लागि पत्राचार गरेपछि असन्तुष्टि छताछुल्ल भएको हो ।नवलपरासीस्थित काँग्रेस जिल्ला कार्यसमितिका सचिव उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित एक पत्रमा, हालको आन्तरिक अवस्थाले समर्पित कार्यकर्ताहरूमाथि मनोवैज्ञानिक...
मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु
शुक्रबार, असार २०, २०८२
मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल...
प्रधानमन्त्री ओली आज नेपाल फर्कदै
शुक्रबार, असार २०, २०८२
काठमाडौं – विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन...


