बुटवल न्यू दुर्गानगरको कुलोमा खसेका अनिल चार दिनसम्म पनि भेटिएनन्, आफन्तकाे रुवाबासी!
मंगलबार, साउन २०, २०८२
बुटवल–बुटवल ११ न्यु दुर्गा नगर स्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाई चार दिनदेखि वेपत्ता भएका छन् । न्यू दुर्गानगरबाट शुक्रबार राती साँढे ८ बजे नहरपुर जादै गर्दा कुलोमा खसेर दमाईको वेपत्ता भएका हुन् । दुर्गानगर स्थित तिनाउ नदीबाट मोतिपुर नहरपुर क्षेत्रका लागि लगिएको नहरमा बाढी आएकाले मोटरसाईकल सहित दमाई खसेको अनुमान गरिएको छ । नहरमा अनिलले चलाएको मोटरसाईकल भेटिएको छ ।
सुनको मुल्य अहिलेसम्मकै उच्च
मंगलबार, साउन २०, २०८२
नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
एमालेले टुङ्गो लगायो सरकारमा जाने मन्त्री, कांग्रेस छलफलमै
मंगलबार, साउन २०, २०८२
नेकपा एमालेले बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहणसँगै मन्त्रिपरिषद् गठन मङ्गलबार दिउँसो हुँदैछ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले छ वटा मन्त्रालय पाउने छ । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले...
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
मंगलबार, साउन २०, २०८२
सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो ।
नवलपरासी ९बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
लुम्बिनी प्रदेशमा भारी बर्षा : दाङ, बर्दिया र बाँकेमा अति बर्षा!
मंगलबार, साउन २०, २०८२
बुटवल – दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलिमिटर वर्षा भएको छ भने बर्दियाको मानपुरमा एक...
बुटवल पाल्पा सडकखण्डको दर्जनाैं ठाउँमा पहिराे, सडक अबरुद्ध
मंगलबार, साउन २०, २०८२
बुटवल - अविरल बर्षाका कारण बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । सोमबार साँझदेखि ठाउँ ठाउँमा गएको पहिरो र ढुंगा झरेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।बुटवल–पाल्पा सडक अन्तर्गत तिनाउ–३ सिद्धबाबा नजिकै ढुंगा सहितको पहिरो गएको छ ।
कालिका मानवज्ञान माविका रिजन पछाईले ल्याए ३.९५ जीपीए
मंगलबार, साउन २०, २०८२
बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन्।राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार उनले सबैभन्दा बढि ३.९५ जीपीए ल्याएका हुन ।
कक्षा १२ नतिजा: नवीन औद्योगिकबाट २ जना उच्च जिपिए सहित ५६५ उतीर्ण
सोमबार, साउन १९, २०८२
वुटवल- साेमबार सार्वजनिक कक्षा १२ काे परीक्षामा बुटवल स्थित नवीन औद्योगिक कदर बहादुर रिता माविबाट उत्कृष्ट अंक सहित ५६५ विद्यार्थी उतीर्ण भएका छन् ।विज्ञान समूहका राजु यादव र व्यवस्थापन समूहका माधव खनालले ३.९४ अंक सहित विद्यार्थी उतीर्ण भएका हुन् ।
ग्रामिण लघुवित्त संस्थाका संस्थापक शेयरधनी महिलाले गुहारे गभर्नर
सोमबार, साउन १९, २०८२
बुटवल – ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लिमिटेडका संस्थापक शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसँग उजुरी ग्रेका छन् ।संस्थापक शेयरधनी महिलाहरुले संचालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले अख्तियारीको दुरुपयोग गरि सम्पन्न गरिएको साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर...
रुपन्देहीमा साउन २५ गतेदेखि तीन दिने नेटवर्किङ बुट क्याम्प हुँदै
सोमबार, साउन १९, २०८२
बुटवल - सूचना प्रविधिको क्षेत्रमा क्रियाशील सि.एस.आई.टी. एशोसियसन अफ नेपाल रुपन्देहीले विद्यार्थीको सीप अभिवृद्धि र व्यवसायिक विकासलाई लक्षित गरेर तीन दिने ‘सि.एस.आई.टी.ए.एन. नेटवर्किङ बुट क्याम्प’ गर्न लागेको छ । यहि साउनको २५ देखि २७ गतेसम्म रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोलस्थित होराइजन जी.बी.एस कलेजमा सञ्चालन हुने कार्यक्रममा आईटी क्षेत्रमा आवद्ध विद्यार्थी, नेटवर्किङमा...
मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग
सोमबार, साउन १९, २०८२
काठमाडौँ - मिडिया काउन्सिलमा अनलाइन टिभी पत्रकारहरुको प्रतिनिधित्व सूनिश्चित गर्न अनलाइन टिभी पत्रकार संघ, नेपालले माग गरेको छ । काउन्सिल सम्वन्धी विधेयकमा छलफल चलाईरहेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्मर वहादुर थापालाई सुझावपत्र बुझाउदै संघले प्रतिनिधित्वको माग गरेको हो ।
कक्षा १२ को नतिजा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ प्रतिशत ननग्रेड
सोमबार, साउन १९, २०८२
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको...
लगातारकाे बर्षाले सिद्वबाबा क्षेत्रकाे यात्रा जाेखिमपूर्ण
सोमबार, साउन १९, २०८२
बुटवल - बुटवल पाल्पा सडकमा सवारी आवजावत जाेखमपूर्ण देखिएकने छ । साेमबार बर्षातले पहिराे जाने र हटाउने गर्दै सवारी चलाईएकाे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए ।


