रूपन्देही ३ उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
बिहीबार, असार १९, २०८२
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्दैछ। आज बस्ने सचिवालय बैठकमा मूलतः दुई विषयाा छलफल हुने रास्वपाले बताएको छ। बैठक बिहान ११ : ३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे छलफल हुनेछ।
टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना
बिहीबार, असार १९, २०८२
रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सहयोगमा टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना गरिएको छ । सग्रालयको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीउ अधिकृत नारायण अर्यालले बुधबार एक समारोहका विच उद्घाटन गरेका हुन् ।तिलोत्तमा १४ स्थित टिकुलीगढ माविमा स्थापना गरिएको संग्रालयले शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विह्वास गरिएको छ । उद्घाटन गद्रै प्रमुख प्रशासकीय...
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चले गर्यो सदर
बिहीबार, असार १९, २०८२
काठमाडौं – चार वर्षअघि भएको ५२ जना पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ। केपी शर्मा ओलीको नेतृत्वमा तत्कालीन नेकपा सरकार रहेका बेला संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायमा दुई चरणमा गरी ५२ पदात्रिकारी नियुक्ति गरिएको थियो । नियुक्ति विरूद्ध परेको रिट सर्वोच्च अदालतले बुधबार मध्यरात बहुमतका आधारमा खारेज गरिदिएपछि ती...
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा अधिकारी, खेलाडी र प्रशिक्षकलाई सम्मान
बुधबार, असार १८, २०८२
बुटवल –नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधबार बुटवलमा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए...
रूपन्देहीमा दुरगामी सहकारी काण्ड : बचतकर्ताको विचल्ली बनाउँदै अध्यक्ष सचिव फरार
बुधबार, असार १८, २०८२
बुटवल – रुपन्देहीको तिलोत्तमामा स्थित दूरगामी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रकम अपचलन गरेपछि संकट उत्पन्न भएको छ । बचतकर्ताहरुको रकम अपचलन भएपछि सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहिन भएका छन् । सहकारीका मुख्य जिम्मेवार व्यक्तिहरु नै सम्पर्कमा नरहेपछि तिलोत्तमा–३ सिर्जना चोकमा रहेको उक्त सहकारीका बचतकर्ताहरुले प्रहरी र वडा...
सत्ता र विपक्षी सांसदकाे असन्तुष्टिकै विच लुम्बिनीकाे बजेट बहुमतले पारित
बुधबार, असार १८, २०८२
बुटवल- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो। सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश...
लुम्बिनी प्रदेशसभामा बजेटमाथि छलफल सुरु (LIVE )
बुधबार, असार १८, २०८२
बुटवल– लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको सोह्रौ बैठक अहिले शुर भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरुमाथि सासदहरुले दलीय रुपमा धारणा राखिरहेका...
प्रदेशमा छुट्टै निजामती संरचना आवश्यक : मुख्यमन्त्री आचार्य
बुधबार, असार १८, २०८२
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवा संरचना निर्माण आवश्यक छ कि छैन भन्ने विषयमा अझै गहिरो छलफल आवश्यक रहेको बताएका छन् ।बुधबार राप्ती उपत्यकाको देउखुरीमा प्रदेश सभा सचिवालयद्वारा आयोजित ‘प्रदेश सभा निजामती सेवा विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो...
माैसम : आज देशभर पानी पर्न सक्ने
बुधबार, असार १८, २०८२
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशका अधिकांश भागमा हल्का वर्षा हुनेछ। देशभर साधारणतया बदली रहने छ । लुम्बिनी सहित कोशी, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका धेरै स्थानमा...
लुम्बिनी प्रदेशसभाको बैठक आज मध्यान्ह १२ बजे बस्ने
बुधबार, असार १८, २०८२
बुटवल- लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको सोह्राै बैठक बुधबार मध्यान्ह १२ बजे बस्ने भएको छ । मंगलबार मुख्य प्रतिपक्षी नेकपा माओवादी सहित चार दललले बहिष्कार गरेपनि सत्तापक्षमै रहेका लोसपा र जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी बेञ्चमा राखेर बजेटमाथि छलफल शुरु गराइएको थियो ।बुधबार बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२–०८३...
लुम्बिनीमा प्रतिपक्षीले बहिष्कार गर्दा पनि सभामुखले चलाए बजेटमाथि छलफल
मंगलबार, असार १७, २०८२
बुटवल– लुम्बिनी प्रदेशसभामा विपक्षी दलहरुको बहिष्कारका विच मंगलबारबाट आर्थिक वर्ष ०८२-०८३ का बजेटमाथि सैद्धातिक छलफल गरिएको छ ।सरकारले ल्याएको बिनियोजन बजेट बेथितिको पुलिन्दा भएकाले संशोधन गर्न विपक्षीहरुले माग गरेका थिए । मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक डाकिएको भएपनि दिउँसो ३ बजे बैठक शुरु हुनासाथ प्रतिपक्षले अवरोध गरेपछि आधा...
रुपन्देही ३ काे उपचुनावमा सागर ढकाल लड्ने
मंगलबार, असार १७, २०८२
बुटवल - रुपन्देही ३ को यपनिर्वाचनमा सागर ढकालले उम्मेदरी दिने संकेत गरेका छन् । ढकालले मंगलबार फेसबुकमा मार्फत ‘रुपन्देही ३ इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्दै स्टाटास लेख्दै यस्तो संकेत गरेका हुन् । पछिल्लो निर्वाचनमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा भिडेका व्यक्ति हुन्। तर, पराजित...
विपक्षी सांसहरु नै सहभागी नभएपछि लुम्बिनी प्रदेशसभा पुन: स्थगित
मंगलबार, असार १७, २०८२
बुटवल – लुम्बिनी प्रदेश सभा बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ । मंगलबारको पहिलो बैठकमा बजेटबारे विपक्षी दलहरुले विरोध गरेपछि आधाघन्टाका लागि बैठक स्थगित भएको थियो ।
त्यसपछि करिव डेढ घन्टापछि बसेको बैठकमा प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्...


