लागुऔषधसहित एक जना पक्राउ
मंगलबार, असार ३१, २०८२
भन्सार एरियामा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धान शाखाका गणेश नाथले जानकारी दिए ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
मंगलबार, असार ३१, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु। ४०० ले वृद्धि भई सोमबार रु। एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।
राप्रपाभित्रको धुव्रीकरणलाई लिएर राप्रपा नेता प्रदीय उदयले गरे अपिल
मंगलबार, असार ३१, २०८२
बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनीका अध्यक्ष प्रदीप उदयले देवत्वकरण र दानवीकरण गर्न छाडेर पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् । उदयले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सबैलाई विवादबारे सघन छलफल गर्न अपिल गरेका छन्। उनले राप्रपा पुरानो र नयाँ पुस्ताको संगम रहेको भन्दै विगतका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने...
अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा
मंगलबार, असार ३१, २०८२
काठमाडौं - घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि अहिले मन्त्री राजीनामा बोकेर मन्त्री गुप्ता बालुवाटार पुगेका छन् ।
लुम्बिनी प्रदेशमा एकै बर्षमा ६० हजार बढि सवारी थपिए, दुई पाङग्रे मात्रै ५० हजार
मंगलबार, असार ३१, २०८२
बुटवल–लुम्बिनी प्रदेशमा दुई पाङग्रे सवारीसाधन प्रयाेगकर्ताहरु बृद्धि हुँदै गएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म ६० हजार ६६९ सवारी साधन मध्येमा ५१ हजार दुई पाङग्रे सवारीसाधन छन् । यसले दुई पाङग्रे सवारीसाधनको संख्या प्रयाेगकर्ता निकै बढेकाे देखाएको छ ।
सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीका खगराज शर्मा नियुक्त
मंगलबार, असार ३१, २०८२
बुटवल– राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीका डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । सहकारी विज्ञ शर्मा राममणि बहुमुखी क्याम्पस रुपन्देहीका पूर्व क्याम्पस प्रमुख समेत हुन ।
विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्षलाई स्पष्टिकरण
सोमबार, असार ३०, २०८२
बुटवल – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा खुलेका नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टिकरण सोधिएको छ । भण्डारीलाई नेकपा एमालेको भावी अध्यक्षका रुपमा वकालत थालेपछि खरेललाई स्पष्टिकरण सोधिएको हो ।
बुटवल उपमहानगरद्धारा सेवा प्रवाहबारे गर्याे सार्वजनिक सुनुवाइ
सोमबार, असार ३०, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकाले साेमबार सार्वजनिक सुनुवाइ गरेको छ । कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे।
नेपाल उद्यान महासंघको घाेषणा, सराेकारवालासँग सुझाव संकलन
सोमबार, असार ३०, २०८२
बुटवल- देशभरका उद्यानहरुको संस्थागतविकास तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले नेपाल उद्यान महासंघ स्थापना गरिएको छ । सोमबार बुटवलमा कार्यक्रम गरी महासंघको औपचारीक घोषण गरिएको हो ।‘एक टोल एक उद्यान’को भावना सहित देशभरका पार्क, बगैंचा, फूलबारी, तालतलैया र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूलाई संरक्षण, सम्बद्र्धन र समुन्नत विकास गर्दै लैजाने...
लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ
सोमबार, असार ३०, २०८२
बुटवल - महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य...
बुटवल कालिकानगरमा स्कुटर दुर्घटना, पाल्पा पुर्वखाेलाका पुरूषको मृत्यू
सोमबार, असार ३०, २०८२
बुटवल- बुटवल कालिकानगरमा सोमबार विहान स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यू भएको छ। पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं। ४ घर भइ हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पुर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परि मृत्यु भएको हो। वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतका अनुसार मिर्गौलाका...
गोली प्रहार गरी युवतीको हत्या
सोमबार, असार ३०, २०८२
प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत९१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए ।
नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि
सोमबार, असार ३०, २०८२
जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।


