नेपाल किसान महासंघ लुम्बिनीले मनायो राष्ट्रिय धान दिवस
आइतबार, असार १५, २०८२
बुटवल- नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश, जिल्ला कार्यसमिति रुपन्देहीले २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ गरेर दिवस मनाएको छ ।किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा जोड दिए ।
असार १५ र दुग्धजन्य पदार्थको प्रयोगको महत्वबारे छलफल
आइतबार, असार १५, २०८२
बुटवल - असार १५ को अवसरमा नेपाल डेरी एशोसियसन लुम्बिनी र रुपन्देही उद्योग संघले आइतबार दही चिउरा प्रवद्र्धन कार्यक्रमको आयोजना गरे । उद्योगी व्यवसायीहरुलाई यसको प्राचीन महत्वबारे जानकारी दिन र नयाँ पिँढीमा यसको परम्परागत विषयमा जानकारी दिन यी संस्थाले यो क्षेत्रमा लामो अध्ययन र लगानी गरेका व्यक्तिहरुलाई प्रमुख वक्ताको रुपमा...
एसईईमा चार जीपिए ल्याएकाहरुलाई ५१ हजार सहित सम्मान, खुशीयालीमा नगर परिक्रमा
आइतबार, असार १५, २०८२
बुटवल- बुटवल स्थित नयाँ गाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जीपिए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपैयाँले सम्मान गर्दैै आईतबार नगर परिक्रमा गराएको छ ।बुटवल १२ नयाँगाउँ स्थित विद्यालयमा अध्ययरनत छात्राहरु सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारीलाई अविरमाला गर्दै नगर परिक्रमा गराइएको हो ।विद्यालयका शिक्षक, विद्यार्थी,...
बुटवल मोतीपुरमा रोपाईँ महोत्सव (तस्विरहरु)
आइतबार, असार १५, २०८२
बुटवल – लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा राष्ट्रिय धान दिवसका अवसरमा रोपाई गरेर मनाइएको छ । आईतबार बुटवल लगायतका क्षेत्रमा पनि रोपाईँ गरिएको हो ।बुटवल उपमहानगरपालिकाले बुटवल वडा न. १९ मोतीपुरमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव गरेको छ । रोपाई महोत्सवमा नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल सहित जनप्रतितिहरु सहभागी...
जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण
आइतबार, असार १५, २०८२
बुटवल - बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै गएका वर, पिपल र स्वामीको संरक्षण गर्ने उदेश्यले टोल संस्थाको अगुवाईमा जितेश्वरी सामुदायिक वनको क्षेत्रमा बृक्षारोपण...
लुम्बिनी सहित पश्चिम नेपालमा भारी बर्षाको चेतावनी
आइतबार, असार १५, २०८२
बुटवल - लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत,...
आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै
आइतबार, असार १५, २०८२
काठमाडौं - आज असार १५ । मानो रोपेर मुरी उब्जाउने दिन । बिशेष गरी नेपाली किसानहरुका लागि आजको दिन निकै महत्वपूर्ण छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । कामको चटारोले थकित...
धानदिवसको मुख्यमन्त्री आचार्यद्धारा शूभकामना, खेतीको गत घटाउने प्रतिबद्धता
आइतबार, असार १५, २०८२
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसले कृषिको महत्व जनमानसमा गहिरो बनाएको उल्लेख गरेका हुन् । धान वालीमा सघनताः खाद्य...
युवा संघ नेपाल लुम्बिनीकाे अध्यक्षमा कृष्ण थापा सर्वसम्मत
शनिबार, असार १४, २०८२
बुटवल - नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा संघको प्रदेश कमिटि सर्वसम्मत निर्वाचित गरिएको हो । नेकपा एकिकृत समजावादीका उपमहासचिव एव्म लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा...
नेपालमै धेरै विद्यार्थी रहेकाे बुटवलकाे कालिकाका ७ जनाले ल्याए चार जिपिए
शनिबार, असार १४, २०८२
बुटवल- बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए ।आशिष जिसि, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतिक पौड्याल, स्वरूप न्यौपाने, सुदर्शन न्यौपाने र...
रुपन्देहीको शान्ति नमुना माविका १८ विद्याथीले चार जीपीए ल्याएर नयाँ रेकर्ड कायम
शनिबार, असार १४, २०८२
बुटवल – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीको तिलोत्तमा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका १८ विद्यार्थीले ४ जीपीए अंक ल्याएर नयाँ रेकर्ड कायम गरेका छन् । यो नतिजा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट हो । शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात...
जंग बहादुर शाहको ‘इति ह आस’ लोकार्पण
शनिबार, असार १४, २०८२
बुटवल– लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा ‘इति ह आस’ कृतिको शनिबार बुटवलमा लोकार्पण गरिएको छ । साहित्यकार जंगबहादुर शाहद्वारा लिखित ३९६ पृष्ठमा संरचित ‘इति ह आस’ कृतिको माक्र्सवादी सौन्दर्यशास्त्री दिल साहनीले लोकार्पण गरेका हुन् । २३ वटा कथाहरू समेटिएको ‘इति ह आस’ कृतिमा देवलोक ठानिने पश्चिम एशियाको कश्यप सागर ‘क्यास्सियन...


