
बुटवल – रुपन्देहीको तिलोत्तमामा जारी १० औ मणिमुकुन्द भलिवल कप पुरूष इन्डो नेपाल क्लब च्याम्पियनसिप प्रतियोगिताको उदघाटन खेलमा आयोजक मणिमुकुन्द भलिवल क्लबलाई हराउँदै साग भलिवल एकेडेमी गुजराँत बिजयी भएको छ । मणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले आयोजना प्रतियोगिता भएको हो ।
प्रतियोगितामा २५–२३, २५–१८ र २५–२२ बनाएर गुजरातले सोझो सेटमा आयोजकलाई रोक्दै जित निकालेको हो । त्यस्तै दोस्रो खेल कोशी प्रदेश भलिवल संघ र गल्कोट भलिवल क्लब बिच भएको खेलमा सोझो सेटमा गल्कोट भलिवल क्लब बिजयी भएको छ । बिदेशी खेलाडी ईरान र भारतका खेलाडी मैदान उतारेको गल्कोट भलिवलले कोशी प्रदेशलाई २५– १३, २५–२० र २५–२२ मा रेक्दै जित निकालेको हो ।
प्रतियोगितामा ईरानी खेलाडी अमिर सेटाघाट खेलको उत्कृष्ट खेलाडी हुन सफल भएको क्लबका अध्यक्ष लोकेन्द्र कुमार भन्डारीले बताए । उनलाई नगद सहित सम्मान गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाण पत्र पाउने छन् ।
दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाणपत्र हात पार्ने छन । तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाणपत्र पाउने छन् ।
सान्त्वना हुनेटिमले ६६ हजार ६ सय ६६ कप प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, मेडल, प्रमाणपत्र पाउनेछन् भने प्रतियोगितामा बिधागत तर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजार, मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने खेल संयोजक सुरेन्द्र गुरूङले बताए ।
६ गतेबाट सुरू भएको प्रतियोगिता १३ गते सम्म सन्चालन हुनेछ ।