Lumbini Rise
महको चमत्कार !

 

    
मह एक पौष्टिक आहार हो । यो बहुउपयोगी औषधीय गुण भएको खाद्य पदार्थ पनि हो । मह शरीरका लागि निकै उपयोगी छ । महले युवा तथा वृद्ध जसलाई पनि फाइदा नै फाइदा गर्छ । तर, एक वर्षमुनिका बालबालिकालाई मह सेवन गराउनुहुँदैन भनेर विज्ञहरूले सुझाव दिएका छन् । वयस्क मानिसका लागि दैनिक दुई चम्चा मह तातोपानी वा दूधमा मिसाएर पिउँदा फाइदाजनक हुन्छ ।


महका बहुगुणमध्ये तौल नियन्त्रण पनि एक हो । तौल नियन्त्रण गर्न बिहान तातोपानीमा कागती र मह मिलाएर खानुपर्छ । त्यस्तै, बेलुका सुत्नुभन्दा १ घण्टाअघि दूधमा मह मिसाएर खाँदा थकान कम हुने, तनाव नियन्त्रण हुने र मिठो निन्द्रा लाग्ने हुन्छ ।


मह आफैंमा शुद्ध परिकार मानिन्छ । महमा चिनीको मात्रा प्रशस्त हुने भएकाले चिनी प्रयोग गर्ने खानेकुरामा पनि यसको प्रयोग गर्न सकिन्छ । शुद्ध महमा पाइने चिनीले शरीरलाई कुनै हानी गर्दैन । मह चिसो र रुघाखोकीबाट बचाउने अचुक औषधि हो । चिसो लागेको समयमा तातोपानीमा मह मिलाएर सेवन गर्न पनि सकिन्छ ।


महको नियमित सेवनले तनाव, कमजोरी र अनिद्राको समस्या समाधान गर्छ । महले पखाला रोक्ने काम पनि गर्छ । दूध र मह मिसाएर पिउँदा पाचन प्रणालीमा पनि फाइदा पुग्छ । यसले कब्जियतको समस्या नियन्त्रण गर्छ । हड्डी बलियो बनाउन पनि यसले ठूलो फाइदा पुर्‍याउँछ । हड्डी दुख्न थालेमा यसको सेवन गर्नु फाइदाजनक हुन्छ ।


तातोपानीमा अदुवा र मह मिलाएर खाँदा खोकी सञ्चो हुन्छ । मह छालाका लागि पनि निकै फाइदाजनक छ । यसको नियमित सेवनले छाला मुलायम र नरम हुन्छ भने बुढ्यौली पनि पर धकेल्छ । महले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ । महले शरीरमा रगतको कमी पनि हुन दिँदैन ।
 

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update