Lumbini Rise
विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं - राप्रपा र रास्वपाका सांसदहरुको बहिष्कारका विच विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । 

पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिएका थिए। 

प्रतिनिधिसभामा विभिन्न सांसदले राखेको संशोधन समेत प्रतिनिधिसभाले अस्वीकृत गरेको छ ।  सो क्रममा उर्जा मन्त्रालय अन्तर्गत लिइएको ‘टेक एण्ड पे’ र ‘विलासिता कर’सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update