
बुटवल : बुटवलको देविनगरमा अवस्थित नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा कुनै जमानामा अभिभावकले विद्यार्थी भर्ना गर्न मान्दैनथेँ । एकदशक अघिसम्म यहाँ विद्यार्थी भर्ना गर्दा कतै छोराछोरी बिग्रने त होईनन् भन्ने चिन्ता हुन्थ्यो । तर, अहिले यो त्यहि विद्यालय हो, जहाँ विद्यार्थी भर्ना गर्न पाउनु नै ठूलो उपलब्धी हुन्छ ।
एक दशकको अवधीमा यसरी परिवर्तन आयो की नयाँ शैक्षिक सत्रको मुखमा प्रधानाध्यापकले मोबाईल अफ गरेर बस्नुपर्छ । विद्यार्थी भर्ना गर्नका लागि मन्त्रीसम्मको दवाव दिन लगाउँछन् । ‘नविनमा पढाउछु भन्ने कुरा नै हाम्रो लागि गर्वको बिषय हो’ विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले भने । उनले अभिभावकहरुले नविनलाई पहिलो रोजगाईमा पार्नु नै विद्यालयको उपलब्धी भएको मान्छन् ।
बस्नेत २०६० सालदेखि स्कुलको प्रध्यानाध्यापकमा कार्यरत छन् । बस्नेतकै अगुवाईमा विद्यालयले सफलतको सिढी चढेको हो । बस्नेत प्रधानाध्यापकको भूमिकामा रहदा करिब ७ सय विद्याथीहरुले अध्यन गर्दै आएका थिए । विद्यार्थीलाई आर्कषण गर्न निकै मेहनत गरेको उनी सम्झन्छन । शिक्षक र अभिभावक सबैको मेहनतले अहिले विद्यालयले नाम राख्न सफल भएको उनी बताउँछन ।
सरकारी विद्यालयमा विद्यार्थी अभाव भएर मर्ज गर्ने अवस्था आइरहेको बेला बुटवलका केही सामुदायिक विद्यालयमा भने विद्यार्थीको आर्कषण प्रत्येक बर्ष बढ्दो छ । त्यही विद्यार्थीको रोजाईमा पर्ने मध्येको नविनले एकपछि अर्को सफलता समेत हात पार्दै विद्यार्थी अभिभावकको मन जित्न सफल भएको छ । विद्यालयको शैक्षिक गुणस्तर र उत्कृष्ट नतिजाका कारण विद्यार्थीको रोजाईमा विद्यालय पर्न सफल भएको हो ।
नविन नेपालकै धेरै विद्यार्थी पढाउने मध्येको विद्यालय हो । २०६४ सालमा ९ सय ८ जना विद्यार्थी रहेको नविनमा अहिले ४ हजार ७ सय २ जना विद्यार्थी अध्ययन गर्छन । २०६४ सालयता विद्यालयमा विद्यार्थीको आर्कषण यसरी बढ्यो की यसको कुनै सिमा छैन । स्कुलमा २०७६ सालमा २ हजार ९ जना विद्यार्थी रहेकोमा २०७९ सालमा ४ हजार १५ जना विद्यार्थी पुँगे । प्रत्येक शैक्षिक सत्रमा विद्यार्थी संख्या बृद्धि भइरहेको छ ।
२०८१ सालको शैक्षिक सत्रमा ४ हजार ७ सय २ जना बिद्यार्थी भर्ना भएर अध्ययन गरेका छन् । नविन बिद्यालयमा ६० वटा कक्षाकोठा रहेका छन् । २ बिघा छेत्रफलमा बिद्यालय फैलिएको बिद्यालयका प्रध्यानाध्यापक बस्नेतले बताए । नविन स्कुलमा २०३३ सालमा ओम प्रसाद अर्याल शिक्षकका रुपमा कार्यरत थिए । स्कुल २०५६ साल सम्म एल आकारको टिनको सानो छाप्रोमा संचालन थियो । २०६५ सालपछि आर सिसि गरेर ५ कोठाको भवन बनाएर स्कुलमा पठन पाठन गरिदै आएको छ ।
अहिले स्कुलमा अग्रेजी माध्यममा मन्टेश्वरीदेखि कक्षा १२ कक्षा सम्म पढाई हुन्छ । विद्यालयमा १२ कक्षामा बिज्ञान, सिभिल ईन्जिनियरिङ्ग, ब्यवस्थापन, होटल म्यानेजमेन्ट, कानुर र शिक्षा विषय पढाई हुँदै आएको छ । स्कुलका २५ वटा सटर छन् । सटरबाट मासिक करिब १ लाख ३० हजार रुपैया आम्दानि समेत हुने गरेको छ । नविन देशभरका ४४ जिल्लाबाट बिद्यार्र्थीहरु पढ्न आउने गरेका छन् । स्कुलमा एन्फा एकेडेमी बाट ३० जना फुटबल खेलाडीहरु समेत पढ्न आउने गरेका छन् । बिद्यालयमा १२ जिल्लाका खेलाडीहरु रहेको प्रधानाध्यापक बस्नेतले बताए ।
विद्यालयमा शिक्षक कर्मचारी १ सय ८१ जना कार्यारत रहेका छन् । बिद्यालयको आन्तरिक श्रोतवाट १ सय ४० जना शिक्षक कर्मचारीले तलब खान्छन् भने ४१ जना शिक्षक कर्मचारीले भने सरकारी स्तरबाट तलब भत्ता खाने गरी कार्यरत रहेका छन । बिद्यालयमा ४ हजार ७ सय २ जना बिध्यार्थिहरु अध्यनरत रहेका छन बिद्यालय २०३३ सालमा स्थापना भएको हो । स्कुलले नेपाल भरिका सामुदायिक बिद्यालयले गर्ने असल अभ्यास कार्यक्रममा नविन औद्योगिक दोश्रो स्थानमा हासिल गरेको छ । स्कुलमा पढाईको अतिरिक्त सास्कृतिक प्रशिक्षण तेक्वान्दो, कराते लगाएत बिभिन्न बिधामा रहेर अतिरिक्त किर्याकलापहरु समेत गरिन्छ ।

बिद्यार्थीले गत वर्ष संचालित १२ कक्षाको बोर्ड परीक्षामा ६ सय २५ जना विद्याथीपास भएका थिए । बिद्यालयले एसइईमा भने ७४ प्रतिशत विद्यार्थी पास गराएको थियो बिद्यालय २०८० सालको एसइई तथा टिएसी परीक्षामा रुपन्देही जिल्लाका ५८ परिक्षा केन्द्र मध्य नविन जिल्लामा उत्कृष्ट भएर पुरस्कृत समेत भएको थियो भने सबै भन्दा ठुलो परीक्षा केन्द्रका रुपमा पनि रहेको थियो ।
कक्षा १२ को बोर्ड परीक्षामा बुटबल उपमहानगरपालिका भित्र सामुदायिक बिद्यालय मध्ये उत्कृष्ट बिद्यालय भएर नगद २ लाख रुपैयाँले समेत बिद्यालय सम्मानित भएको थियो । स्कुलबाट अपेक्षा चौधरिले २०७६ सालको कक्षा १२ को बोर्ड परीक्षामा व्यवस्थापनतर्फ ४ जिपिए ल्याईन भने प्रविण कोईरलाले २०८० सालमा आर्किटेक्चरमा ८२ प्रतिशत ल्याएर नेपाल प्रथम भएका थिए । २०७९ सालमा सिभिल ईन्जिनियरिङ्गको कक्षा १२ को बोर्ड परिक्षामा ३।८९ प्रतिशत ल्याएर सुस्मिता पुन नेपाल प्रथम भईन ।
नविन कै विशाल सुबेदीले सिभिल ईजिनियरिङ्ग तर्फ लोकसेबा आयोगले लिइको परिक्षमा अधिकृत तर्फ १ नम्बरमा नाम निकाल्न सफल भएका थिए । २०७४ सालको एसइईको परीक्षामा विपिन अधिकारीले ३।९६ प्रतिशत ल्याए भने २०७४ सालको एसइई परीक्षामा नविनका सुजन ज्ञवालिले ३।९६ प्रतिशत ल्याएर नविनको नाम राख्न सफल भए ।२०७० सालमा नेपालका उत्कृष्ट बिद्यालयमा नविन औद्योगिक माध्यमिक बिद्यालय दशौं नम्बरमा परेको थियो । उक्त समयमा एसइई ९तत्कालिन एसएलसी० मा विद्यार्थी संख्याको आधारमा नेपालभरका २० वटा उत्कृष्ट सामुदायिक बिद्यालय मध्य नविन पाँचौ स्थानमा परेको थियो । स्कुलको आन्तरीक श्रोत ६९ प्रतिशत रहेको छ भने ३१ प्रतिशत राज्यको श्रोतबाट संचालन गरिएको छ । ईन्टरनेसनल स्कुल अवार्ड २०१७ देखि २०२० सम्म र २०२१ देखि २०२४ सम्म स्कुलले पाएको थियो ।
स्कुलले ट्राफिक नियम सम्बन्धी कार्यक्रम, सुरक्षित यात्राका बिषयमा सचेतनामुलुक कार्यक्रम, मेयरसंग विद्यार्थी कार्यक्रम, माइन्यूट लेखन तालिम, एप्लिकेसन लेखन लगायतका जीवनउपयोगी तालिम लिएर विद्यार्थीलाई दक्ष बनाउने गरेको छ । बिद्यालयमा कक्षा ११ र १२ कक्षामा शिक्षा, ब्यवस्थापन र कानुनमा नेपाली र अग्रेजीमा पढाई गर्दै आएको प्रध्यानाध्यापक बस्नेले बताए ।
- खस्याैली साप्ताहिकबाट साभार