Lumbini Rise
तिलोत्तमा गोल्डकपको उपाधी चर्च ब्याइजले पायो, १२ लाख १२ हजार नगद पुरस्कार

 


बुटवल - सर्वाधानिक धन राशीको २३ औ तिलोत्तमा गोल्डकप प्रतियोगिताको उपाधि 'ए’ डिभिजन विजेता चर्च ब्याईज युनाईटेडले हात पारेको छ ।  शनिबार सम्पन्न फाईनलमा विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्चले उपाधि हात पारेको हो । 

उपाधिसंगै चर्र्च ब्याईजले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एपीएफ भने नगद ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया, कप, मेडल, प्रमााणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा चर्च ब्याईजका अमन लामा म्यान अफ दी सिरिज घोषित हुदै स्कुटी प्राप्त गरे । यसगरि चर्च ब्याईजका बिबस चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्याईजकै रिचार्ड विलसन उत्कृष्ट फरवार्ड, एपीएफका स्यामोल सुनार उत्कृष्ट मिडफिल्ड, एपीएफका मान बहादुर राना उत्कृष्ट डिफेन्डर तथा चर्च ब्याईजका आशिक थापामगर उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ३१ हजार रुपैयाबाट पुरस्कृत गरिएको छ ।

बुटवल देविनगरस्थित एन्फा फुटबल एकेडेमी खेलमैदानमा भएको निक्कै रोमान्चक खेलमा चर्च ब्याईजको जितमा रिचार्ड र राज भुषालले गोल गरे । खेलको १९ मिनेटमा चर्चले अग्रता लियो । राज भुषालले पासलाई रिचार्ड विलसनले हेडमार्फत जाली चुमाए । 

लगत्तै एपीएफका क्याप्टेन हरि कार्कीको प्रहार आकासियो । धेरै गोलका अवसर गुमाउदा एपीएफ खेलमा हार ब्यर्होनुपर्यो । चर्चका रिचार्ड विलसनको प्रहार एपीएफका गोलकिपर विशाल गुरुङले रोकिदिए।


खेलको ६६ मिनेटमा राज भुषालले जाली चुमाए । डिबक्स बाहिर भुषाललाई लडाएपछि पाएको फ्रिकिक प्रहार अमन लामाले गरे । चर्चका राज भुषाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।


 बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव तिरण गौतमले पुरस्कार प्रदान गरे ।
यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्स्पर्धा गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update