सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न
शनिबार, असार १४, २०८२
बुटवल - नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ ।
मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रतीले गरेका थिए भने मञ्चका अध्यक्ष राजन कसजुको नेतृत्वमा ३० बढी युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।
पार्टी अध्यक्षमाथि षडयन्त्र गरेर मुद्धा चलाइयो, डटेर सामना गरौं : मेटमणि चौधरी
शनिबार, असार १४, २०८२
नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विपक्षीहरुले षडयन्त्र गरेर मुद्धा चलाएकाले यसका विरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले यस्तो बताएका हुन् । उनले...
रूपन्देहीबाट ८७ जनाले ल्याए चार जिपिए ( विद्यालयहरुकाे नाम सहित)
शनिबार, असार १४, २०८२
बुटवल- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रूपन्देहीका विद्यालयहरुले उत्कृष्ट अंक सहित धेरै विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् । राष्ट्रियस्तरमा एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड हुँदा रुपन्देहीले १० प्रतिशत बढि अर्थात ७१.१ प्रतिशत ग्रेडेड नतिजा निकालेको छ ।शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार जिल्लाभर ८७ विद्यार्थीहरुले...
रेसुङ्गाका नगरप्रमुख सवार गाडी बुटवलमा दुर्घटना, मोटरसाइकल चालक गम्भीर घाइते
शनिबार, असार १४, २०८२
बुटवल– गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट माेटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
गएराती १० बजेतिर दाङबाट बुटवलतर्फ आउँदै गर्दा बुटवल १२ तामनगरमा विपरित दिशाबाट आउँदै गरेकाे माेटरसाइकलसँग पन्थी सवार गाडी ठाेक्किएर दुर्घटना भएको हो । नगरप्रमुख सवार बिएए ०९१६ नम्बरको स्कारपियो गाडीले बुटवलबाट पश्चिमतर्फ...
एसईई नतिजा : लुम्बिनीमा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ६,७५४ (सातै प्रदेशकाे तथ्यांक)
शुक्रबार, असार १३, २०८२
बुटवल - २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए – ८ जना, जीपीए २ देखि २.४०– ४,१२६ जना, जीपीए २.४० देखि २.८०–...
जसपा नेपाल लुम्बिनी सरकारबाट बाहिरियो, समर्थन फिर्ता
शुक्रबार, असार १३, २०८२
बुटवल - जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपा नेपालले फिर्ता लिएको हो।जसपा नेपालको तर्फबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख तुलाराम घर्ती मगरलाई गराएकी छन्। संविधानको धारा १८८ को...
एसईई नतिजा नतिजा प्रकाशनको तयारी
शुक्रबार, असार १३, २०८२
काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा। गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन ।...
प्रगतीशील पत्रकार संघले गर्याे विकासमा मिडियाकाे भूमिकाबारे अन्तरक्रिया
बिहीबार, असार १२, २०८२
बुटवल - प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका रहेको मिडयाले खरबरदारी गरेकै कारण विकास निर्माणका कामहरुले केही गतिलिएको बताए । विकास...
लुम्बिनी प्रदेशको बेरुजु साढे ४ अर्ब नाघ्यो, १७ करोड ४० लाख असुल गर्नुपर्ने
बिहीबार, असार १२, २०८२
बुटवल – लुम्बिनी प्रदेशमा हालसम्म बेरुजु ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनिक गरेको सातै बार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०-०८१ सम्मको लेखा परीक्षणमा साँढे ४ अर्ब बढीको बेरुजु देखिएको हो ।महालेखाका अनुसार हालसम्मको बाँकी बेरुजू गत वर्षभन्दा १३.७८ प्रतिशतले बढेको छ। प्रदेश...
शान्ति समाज रुपन्देहीद्वारा लागुऔषध दुर्व्यसन तथा यातना विरुद्ध सचेतना
बिहीबार, असार १२, २०८२
बुटवल - मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवल योगिकुटी स्थित मणिमुकुन्द कलेजमा करिब १५०विद्यार्थीहरूको उपस्थितिमा यातना पीडितहरूको सहायतार्थ राष्ट्रसङ्घीय दिवस तथा लागुऔषध दुर्व्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) दुवै दिवसको अवसरमा यातना विरुद्ध र लागुऔषध/मदिरा दुर्व्यसन विरुद्ध सचेतता कार्यक्रम सम्पन्न भएको छ । आज बिहान ७ बजेदेखि ८:३०...
बुटवल उपमहानगरद्वारा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण
बिहीबार, असार १२, २०८२
ज्येष्ठ नागरिकलाई घरमै गएर परीक्षण र उपचार गर्ने नगरको यो प्रयास ज्यादै उदाहरणीय र प्रशंसा योग्य रहेको ज्येष्ठ नागरिकको भनाइ छ । बुटवल–९ का ज्येष्ठ नागरिक ईश्वरी ज्ञवाली उपमहानगरका नगर प्रमुखसहित चिकित्सकको टोली घरमै आएर उपचार गर्दा खुसी लागेको बताउनुहुन्छ ।
दृष्टि मिडियाविरुद्ध अवहेलना मुद्दामा सम्पादकद्वयसँग बयान सुरु
बिहीबार, असार १२, २०८२
काठमाडौं – दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाविरुद्ध अवहेलना मुद्दामा विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतको पूर्ण इजलासमा सम्पादकद्वयसँग बयान लिने कार्य भइरहेको छ ।दृष्टि मिडियाविरुद्ध विशेष अदालतका कर्मचारीहरुले प्रतिवेदन तयार गरी तीन दिनभित्र जवाफ दिन आदेश दिएपछि आज बयान सञ्चार...
लालपुर्जाले दियो शताब्दी वृद्धालाई खुसी
बिहीबार, असार १२, २०८२
लमहीमा पहिलो पटक २४ जना भूमिहीन सुकुमवासीले ४५ वर्षपछि बसोबासकै ठाउँको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूका अघिल्लो पुस्ताले पनि कहिल्यै पुर्जा देखेका थिएनन् ।


