कर छलीको अभियोगमा बुटवलका व्यापारी विरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो दाबी
शुक्रबार, साउन ९, २०८२
बुटवल- राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो।