पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : मुख्यमन्त्री आचार्य
शुक्रबार, साउन ९, २०८२
रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयाेजना गरेकाे ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास : अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्ताे बताएका हुन् । उनले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने कानुनी आधारहरू तय भइसकेको बताए ।