नक्कली लालपूर्जा बनाएको अभियोगमा बुटवल मालपोतका अधिकृत सहित २ जना पक्राउ
शुक्रबार, साउन ९, २०८२
बुटवल — नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनी सहित जिल्ला मालपोत कार्यालय भैरहवाका सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको हो ।