Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु
मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल... मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार राति ११ः२० बजे दुर्घटना हुँदा ४५ वर्षीय झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रधानमन्त्री ओली आज नेपाल फर्कदै 
प्रधानमन्त्री ओली आज नेपाल फर्कदै  काठमाडौं – विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन... काठमाडौं – विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।
आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा 
आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा  बिबिसि - उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्मका आध्यात्मिक गुरु दलाई लामाले आफ्नो उत्तराधिकारीसम्बन्धी बहुप्रतीक्षित घोषणा गरेका हुन्। आफ्नो भावी पुनरअवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग रहने उनले बताए। उक्त ट्रस्टको स्थापना उनैले गरेका हुन्। चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका... बिबिसि - उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्मका आध्यात्मिक गुरु दलाई लामाले आफ्नो उत्तराधिकारीसम्बन्धी बहुप्रतीक्षित घोषणा गरेका हुन्। आफ्नो भावी पुनरअवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग रहने उनले बताए। उक्त ट्रस्टको स्थापना उनैले गरेका हुन्। चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ उनको सो घोषणा आएको छ। दलाई लामाले उनका उत्तराधिकारीबारे कुनै सङ्केत दिने अपेक्षाका माझ सयौँ अनुयायीहरू निर्वासित जीवन बिताइरहेका आफ्ना आध्यात्मिक गुरुको ९०औँ जन्मोत्सव मनाउन उत्तर भारतमा भेला भइरहेका छन्।
रुपन्देही उपचुनावबारे रास्वपा निर्णय : उम्मेदवारका आकाक्षी धेरै भएपछि कार्यविधि बनाउने
रुपन्देही उपचुनावबारे रास्वपा निर्णय : उम्मेदवारका आकाक्षी धेरै भएपछि कार्यविधि बनाउने काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी कार्तिक २७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उत्कृष्ट उम्मेदवार छनोटका लागि आन्तरिक कसरत सुरु गरेको छ । छनोट विधिमै परिमार्जन गरेर रास्वपाले उपनिर्वाचनमा उम्मेदवार चयन गर्न लागेको हो ।विहिबार बसेको सचिवायले बैठकमा उम्मेदवार छनोटका लागि पेस भएको कार्यविधिमा व्यापक छलफल भएको थियो । बैठकमा... काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी कार्तिक २७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उत्कृष्ट उम्मेदवार छनोटका लागि आन्तरिक कसरत सुरु गरेको छ । छनोट विधिमै परिमार्जन गरेर रास्वपाले उपनिर्वाचनमा उम्मेदवार चयन गर्न लागेको हो ।विहिबार बसेको सचिवायले बैठकमा उम्मेदवार छनोटका लागि पेस भएको कार्यविधिमा व्यापक छलफल भएको थियो । बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको छ ।
गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गुल्मी – गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्लालाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक टिबी गुरुङले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् । उनले सुनिश्चताको प्रमाणपत्र जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्री र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापालाई प्रदान गरेका थिए... गुल्मी – गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्लालाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक टिबी गुरुङले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् । उनले सुनिश्चताको प्रमाणपत्र जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्री र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापालाई प्रदान गरेका थिए ।  जिल्लाका दुई नगर र १० गाउँपालिकाल पूर्ण खोप दिगोपना सुनिश्चितता गरेपछि जिल्लालाई घोषणा गरिएको हो । 
तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धका लागि सामग्री हस्तान्तरण
तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धका लागि सामग्री हस्तान्तरण बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धनका लागि उद्यमीहरुलाई सामग्री हस्तान्तरण गरिएको छ । तिलोत्तमा नगरपालिकाभित्रका दलित समुदायका पेशासंग सम्बन्धि उद्यम व्यवसाय सञ्चालन गर्ने लघु उद्यमीहरुको लागि व्यवसायमा थप टेवा पुर्याउने उद्देश्यले १२ थान सामग्री उद्यमीहरुलाई हस्तान्तरण गरिएको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी... बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धनका लागि उद्यमीहरुलाई सामग्री हस्तान्तरण गरिएको छ । तिलोत्तमा नगरपालिकाभित्रका दलित समुदायका पेशासंग सम्बन्धि उद्यम व्यवसाय सञ्चालन गर्ने लघु उद्यमीहरुको लागि व्यवसायमा थप टेवा पुर्याउने उद्देश्यले १२ थान सामग्री उद्यमीहरुलाई हस्तान्तरण गरिएको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्तरुपमा सिलाई मेसिन, ईन्टरलक मेसिन, गरगहना सफाइ मेसिन, आरनको औजार, जुकी मेसिन, पञ्चे बाजा सेट, मोटर पाइप, पिको मेसिनलगायतका विभिन्न सामग्रीहरु लघु उद्यमीहरुलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले पालिकाले दलित समुदायको हकहित र अधिकारका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए।
उपभोक्ता अदालतको निर्णयका विरुद्ध देशभरका चिकित्सक आन्दोलित 
उपभोक्ता अदालतको निर्णयका विरुद्ध देशभरका चिकित्सक आन्दोलित  बुटवल –  देशभरका चिकित्सकहरू उपभोक्ता अदालतको निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अगुवाइमा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कालोपट्टि बाँधेर धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । सरकारले चिकित्सकको मनोबल गिराउने गरी ल्याएको ऐन पुनरावलोकन गर्न र सरोकारवाला पक्षसँग छलफल गरेर नयाँ नीति तय... बुटवल –  देशभरका चिकित्सकहरू उपभोक्ता अदालतको निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अगुवाइमा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कालोपट्टि बाँधेर धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । सरकारले चिकित्सकको मनोबल गिराउने गरी ल्याएको ऐन पुनरावलोकन गर्न र सरोकारवाला पक्षसँग छलफल गरेर नयाँ नीति तय गर्न माग गरिएको थियो । यदि माग पूरा नगरे थप चरणबद्ध आन्दोलन गर्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । संघका अध्यक्ष डा.कृष्ण खरेलले चिकित्सकको मनोबल गिराउने गरी ल्याइएको ऐन मान्य नहुने बताए ।
 प्राविधिक शिक्षालय ,विद्यालय र साझेदार उद्योगबीच सिकाई  आदानप्रदान 
 प्राविधिक शिक्षालय ,विद्यालय र साझेदार उद्योगबीच सिकाई  आदानप्रदान  बुटवल – सीप विकास इकाई मार्फत २४ महिने प्री–डिप्लोमा तह अन्तर्गत औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गरिरहेको प्राविधिक शिक्षालय, विद्यालय र साझेदार उद्योगहरूबीच अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । रूपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि इन्स्योर परियोजना दोस्रो चरणको सहकार्यमा स्थापित कार्यक्रम अन्तरर्गत अन्तरक्रिया गरिएको हो । ... बुटवल – सीप विकास इकाई मार्फत २४ महिने प्री–डिप्लोमा तह अन्तर्गत औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गरिरहेको प्राविधिक शिक्षालय, विद्यालय र साझेदार उद्योगहरूबीच अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । रूपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि इन्स्योर परियोजना दोस्रो चरणको सहकार्यमा स्थापित कार्यक्रम अन्तरर्गत अन्तरक्रिया गरिएको हो । रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले कार्यक्रममा स्वागत गर्नुहुँदै प्राविधिक शिक्षालय, विद्यालयले यस कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी उद्योगसँगको सहकार्य मार्फत व्यवसायिक सीप कार्यशैली र व्यवहारिक चुनौतीहरूसँग प्रत्यक्ष परिचित गराउने प्रयास गर्दै आएको बताए ।
रुपन्देही–३ उपनिर्वाचन :  राप्रपाद्धारा उम्मेद्वारको सूची  पठाउन जिल्लालाई  निर्देशन
रुपन्देही–३ उपनिर्वाचन : राप्रपाद्धारा उम्मेद्वारको सूची पठाउन जिल्लालाई निर्देशन काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ। पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। जिल्ला... काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ। पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। जिल्ला कार्यसमितिले उम्मेदवारको सूची पठाएपछि पुनः पार्टीमा छलफल हुने उनले बताए।
बुटवल उपमहानगरले गर्याे राेजगार मेला, १६९ जनाले पाए रोजगारी 
बुटवल उपमहानगरले गर्याे राेजगार मेला, १६९ जनाले पाए रोजगारी  बुटवल– बुटवल उपमहानगरपालिकाले रोजगार मेला २०८२ गरेको छ । रोजगार मेला मार्फत १६९ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका छन भने ६५८ जना फलोअपका लागि छनोट भएका छन् । मेलाको अवसरमा नगरप्रमुख खेलराज पाण्डेय ले रोजगार मेलाले बेरोजगारी समस्या कम गर्न तथा दक्ष कामदारको खोजिमा रहेका ब्यवसायीक प्रतिष्ठानहरूलाई आवश्यक कामदार पुर्ती... बुटवल– बुटवल उपमहानगरपालिकाले रोजगार मेला २०८२ गरेको छ । रोजगार मेला मार्फत १६९ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका छन भने ६५८ जना फलोअपका लागि छनोट भएका छन् । मेलाको अवसरमा नगरप्रमुख खेलराज पाण्डेय ले रोजगार मेलाले बेरोजगारी समस्या कम गर्न तथा दक्ष कामदारको खोजिमा रहेका ब्यवसायीक प्रतिष्ठानहरूलाई आवश्यक कामदार पुर्ती गर्न सहयोग गर्ने बताए । 
पत्रकार दीलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश 
पत्रकार दीलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश  काठमाडौँ–  पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौँले २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।   बिहीबार भएको बयान र थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा पाठक आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला... काठमाडौँ–  पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौँले २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।   बिहीबार भएको बयान र थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा पाठक आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको थियो । 
पूर्वपश्चिम राजमार्गको विनयी खोलाकाे नयाँ पुल सञ्चालन
पूर्वपश्चिम राजमार्गको विनयी खोलाकाे नयाँ पुल सञ्चालन बुटवल - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण भएकाे नयाँ पक्की सडक पुल विहिबार (आज) देखि सञ्चालनमा आएको छ । पक्की पुल ६ महिनाअघि भाचिएपछि नयां पुल बनाएर यातायात सञ्चालन गरिएकाे हाे ।  बुटवल - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण भएकाे नयाँ पक्की सडक पुल विहिबार (आज) देखि सञ्चालनमा आएको छ । पक्की पुल ६ महिनाअघि भाचिएपछि नयां पुल बनाएर यातायात सञ्चालन गरिएकाे हाे । 
Weather Update