आजीवन मरणोपरान्त ओली नै नेतृत्वमा हुनुपर्छ भनेर आरती उतारिँदैछ : घनश्याम भुसाल
मंगलबार, साउन ६, २०८२
काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन्। मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए।
स्वदेश फर्कियो साफ यु–२० महिला टोली
मंगलबार, साउन ६, २०८२
टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले स्वागत गरे । फाइनलसरह मानिएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलको हार खेपेपछि नेपाल उपविजेतामा सीमित बनेको थियो ।
बङ्गलादेश अपराजित रहँदै च्याम्पियन बन्यो । नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
कम्युनिष्ट पार्टीको नेतृत्वमा जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति मौलायो-जनार्दन शर्मा
मंगलबार, साउन ६, २०८२
मङ्गलबार काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलनु विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले यस्तो बताएका छन्।
विस्तारै पार्टीमा नेतृत्वको वरिपरि गोलबद्ध हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने एउटा प्रवृत्तिको विकास भयो।
नेतृत्वमा पनि जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने...
नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर छैन मन्त्री पौडेल
मंगलबार, साउन ६, २०८२
मन्त्री पौडेलले भने, ‘आज नेपालमा आर्थिक नीति कसको के हो रभनेर भनिरहन पर्दैन । नेपाली काँग्रेस पार्टीले नै शुरु गरेको उदारवादी अर्थतन्त्रमा सबैले विश्वास गरेको स्थिति छ ।
नेपाली काँग्रेसको यो आर्थिक नीति हो । तर नेकपा एमालेका पनि यही आर्थिक नीति हो । नयाँ पार्टीहरुको पनि यही आर्थिक नीति...
पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न
मंगलबार, साउन ६, २०८२
परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा आयोजित शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। सतिश रुपाखेतीले स्वास्थ्य परीक्षण गरे भने परिवार नियोजन संघका स्वास्थ्यकर्मीहरु पदमा श्रेष्ठ र शुष्मा श्रेष्ठले सहजीकरण गरे।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, उक्त क्लबका तर्फबाट कार्यक्रम संयोजक उपेन्द्रमान श्रेष्ठ, लायन्स क्लब अफ बुटवल तिलोत्तमा...
बीपी स्मृति दिवसको अवसरमा रुपन्देहीमा बृक्षरोपण
मंगलबार, साउन ६, २०८२
त्यस अवसरमा करहीया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तथा नगर सभापति पाण्डेले रोपिएका बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी बीपी स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बुटवल नगरसमितिले बीपीको शालिकमा माल्यार्पण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं। ६ बीपी चोकमा रहेको बीपीको शालिकमा मंगलबार माल्यार्पण गरिएको...
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक
मंगलबार, साउन ६, २०८२
काठमाडौँ - २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो, कुमारी लामाको ‘दर्ज्यु संलापु, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालामु, श्रेयज सुवेदीको ुबहुरुपीु, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोहु र...
बुटवल नारायणगढ सडक विस्तारको काम सुस्त, फेरी एक बर्ष म्याद थपिदैँ
मंगलबार, साउन ६, २०८२
निर्माण कम्पनीले अनुरोध अनुसार एक वर्षमा काम सक्ने गरी म्याद थप्ने गरी तयारी भइरहेको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले बताए । यदि अहिले पनि म्याद थप भएमा यो चौथो पटक हुनेछ । तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ ।
राममणि क्याम्पसमा विद्यार्थी अभिमुखीकरण
मंगलबार, साउन ६, २०८२
रूपन्देही–रूपन्देहीको मणिग्रामस्थित राममणि क्याम्पसमा दश जोड दुई तहका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम आज (सोमबार) सम्पन्न भएको छ ।कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई विभिन्न प्राध्यापक तथा विज्ञहरूले पाठ्यवस्तुको अभिमुखीकरण सहित प्रशिक्षण दिनुभएको थियो ।
आचार्यको निधनमा नेकपा एसका अध्यक्ष नेपालद्धारा दुःख व्यक्त
मंगलबार, साउन ६, २०८२
पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार शोक वक्तव्य जारी गर्दै आचार्यको निधनले पार्टी, समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। एकीकृत समाजवादीका सल्लाहकार परिषद सदस्य समेत रहेका आचार्यको निधनले ठूलो क्षती पुगेको अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।
बीपी कोइरालाको ४३औँ स्मृति दिवस देशभर मनाइँदै
मंगलबार, साउन ६, २०८२
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं २०३९ साउन ६ गते उनको निधन भएको थियो। विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री...
चितवन खैरनीमा बलेरोको ठक्करबाट एक पैदलयात्रुको मृत्यु
मंगलबार, साउन ६, २०८२
चितवन- चितवन खैरैनीमा सवारी ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।
आजकाे माैसम : देशभर आंशिकदेखि साधारणतया बदली
मंगलबार, साउन ६, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ।


