एमालेका अध्यक्ष ओलीले बुझाए लेवि वापत मासिक २५ हजार
बुधबार, असार ११, २०८२
काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् । एमालेका नेतारकार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ ।
पूर्वप्रधानमन्त्री नेपालको बयान सकियो, थुनछेक बहस शुरु
बुधबार, असार ११, २०८२
काठमाडौं - विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले हालेको मुद्दामा उनले बयान दिएका हुन् । बयानपछि थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ । वरिष्ठ अधिवक्ता नै डेढ दर्जन जति छन् ।शम्भु थापा,...
बुटवल योगीकुटी ग्रिडमा आगलागी, बुटवल क्षेत्रमा विद्युत अवरुद्ध
मंगलबार, असार १०, २०८२
योगीकुटी ग्रिडमा साँझ ९ बजेपछि आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीले सिद्धार्थनगरमा बुझायो ज्ञापनपत्र
मंगलबार, असार १०, २०८२
बुटवल - नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगर कमिटि रुपन्देहीले सिद्धार्थ नगरपालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्मद खाँलाई नगरकमिटिका अध्यक्ष सार्दुल मयुर कसाैधनले ज्ञापनपत्र बुझाइएका हुन् । नगरपालिकाको वार्षिक नीति, कार्यक्रम र बजेटमा स्थानीय सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउन ज्ञापनपत्र मार्फत ध्यानआर्कषण...
बजेट सन्तुलीत छ, सबैको माग सम्बोधन गरिएको छ : प्रधानमन्त्री ओली
मंगलबार, असार १०, २०८२
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकेसम्म सन्तुलित रूपमा बजेट ल्याएको बताउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको...
रुपन्देही ३ को उपनिर्वाचनमा एमालेबाट खिमलाल भट्टराई नै उम्मेद्वार हुन्?
मंगलबार, असार १०, २०८२
बुटवल– प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रुपन्देही–३ मा एमालेबाट नेता खिमलाल भट्टराई उम्मेदवार हुने चर्चाले राजनीति तरंगित भएको छ । मंगलबार रातोपाटी अनलाईनमा आगामी कात्तिक महिनामा हुने उपनिर्वाचनमा प्रतिनिधिसभामा एमालेबाट भट्टराई उम्मेद्वार भन्ने समाचार सार्वजनिक भएसँगै एमालेबृतमा चर्चा शुरु भएको हो । बिशेष गरी रुपन्देहीका एमाले नेताहरुले यसबिषयलाई बिशेष महत्वका साथ...
गृहमन्त्रीको प्रस्तावमा नै छानविन समिति बनाउने याे कस्ताे परिपाटी हाे : डा. स्वर्णिम वाग्ले
मंगलबार, असार १०, २०८२
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिका बारे जानकारी गराएपछि रास्वपा सांसदहरुले असहमति जनाउँदै संसद बैठक बहिष्कार गरेका हुन् । बैठकमा बोल्दै रास्वपा सांसद डा स्वर्णिम वाग्लेले आफ्नै मान्छेलाई चोख्याउन...
बाँकेको नेपालगन्जमा तातो हावाको प्रभावबारे अध्ययन
मंगलबार, असार १०, २०८२
नेपाल रेडक्रस सोसाइटी बाँकेले उक्त तालिमका सहभागीलाई तातो हावाको लहर, रेडक्रस अभियान प्रचारप्रसार र ‘कोबो कलेक्सन सफ्टवेयर एप्स’ को सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यासको माध्यमबाट सिकाइएको जनाएको छ ।
सडक किनारको रुखले सवारी साधनमा क्षति
मंगलबार, असार १०, २०८२
दाङमा रुखको हाँगाले सवारी साधनमा क्षति गरेको छ। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा बरको रुख ढलेर सडक छेउमा पार्किङ गरेर राखेको रा १ ज ४६६ नम्बरको म्याजिक गाडी र लु ५८ प ७६७८ नम्बरको मोटरसाइकलमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।
पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर
मंगलबार, असार १०, २०८२
तिलोत्तमा–पामिर इन्टरनेशनल एकेडमीमा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा एकदेखि १० सम्मका विद्यार्थीहरुका लागि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।शिविरमा श्रीकृष्ण नेत्रालय प्रालिका चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको उनले बताए । सोमबारदेखि सुरु भएको...
एसीसी यू-१६ इस्ट जो क्रिकेटमा नेपालको जीत
मंगलबार, असार १०, २०८२
जापानलाई सस्तोमा समेट्न नेपालका शुभम खनाल एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका शुभमले १५ रन दिएर ५ विकेट झारे । अभय यादवले २, सुशील रावल र विपिन प्रसाद शर्माले १र१ विकेटको योगदान दिए ।
विपद् पीडितलाई सुनवल नगरपालिकाको आर्थिक सहयोग
मंगलबार, असार १०, २०८२
पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाले विपद् पीडितको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । प्रतिव्यक्ति २५ हजार रुपियाँको दरले उनीहरुलाई आर्थिक सहयोग गरिएको सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालले बताए।
वैकल्पिक बाटोबाट यात्रा गर्न आग्रह
मंगलबार, असार १०, २०८२
कावासोती– पूर्वपश्चिम राजमार्गको विनयीत्रिवेणी खोलाको डाइभर्सन भत्काएपछि सडक डिभिजन कार्यालयले अब डाइभर्सन बनाउने काम बन्द गरेको छ । डाइभर्सन बन्द भएपछि बुटवल–नारायणगढ सडकखण्डमा यातायात बन्द भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।


-1771772143.jpg)