देशभर मनसुनी वायुको प्रभाव
सोमबार, असार ३०, २०८२
सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग
सोमबार, असार ३०, २०८२
बुटवल– निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरिनेछ ।
रुपन्देही ३ उपनिपर्वाचन : राप्रपाबाट ६ जनाको नाम सिफारिस, जनमोर्चाले आलम उठाउने
आइतबार, असार २९, २०८२
बुटवल- रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले पार्टीका केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, स्व. दीपक बोहराका छोराहरु गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता...
रुपन्देहीमा नेपालकै ठुलो विद्युतीय सवारी चार्जिङ्ग स्टेसन स्थापना
आइतबार, असार २९, २०८२
बुटवल - रुपन्देहीको तिलोत्तमा ४ नयाँ मिलमा विद्युतीय सवारी साधनका लागि नेपालकै ठुलो चार्जिङ्ग स्टेसन स्थापना गरिएको छ । चार्जिङ्ग स्टेसनको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले आइतबार शुभारम्भ गरेका हुन्। कुल ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो चार्जिङ्ग स्टेसनमा एक पटकमा १४ वटा सवारी साधन रिचार्ज गर्न सक्ने गरी...
एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी
आइतबार, असार २९, २०८२
बुटवल– एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार बुटवलमा भएको परिषद् बैठकले अधिवक्ता खडानन्द भण्डारीको संयोजकत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको सहसंयोजकमा हरिप्रसाद गौतम, सचिवमा सपना रेग्मी लम्साल, कोषाध्यक्षमा अधिवक्ता बाबुराम न्यौपाने तथा कार्यसमिति सदस्यमा प्रभा अर्याल, राधिका रिजाल र राधा...
नेपाली टी-२० टोलीको क्याम्पका लागि आदिल सहित ३२ खेलाडी बोलाइए
आइतबार, असार २९, २०८२
क्यानले बोलाएको प्रारम्भिक क्याम्पमा समावेश ३२ खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर...
भानु जयन्तीमा दुई साहित्यकार सम्मानित
आइतबार, असार २९, २०८२
कार्यक्रममा कथाकार रेग्मी, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, भेरी साहित्य समाजका सल्लाहकार डा। हरि तिमिल्सिना, साहित्यकार इन्द्र बस्नेत, डा। गोपाल अधिकारीलगायतले नेपाली साहित्य र भाषा संरक्षणमा भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभएको थियो ।
सत्यवतिमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
आइतबार, असार २९, २०८२
चार जीपीए ल्याउने विद्यार्थीलाई जनही २० हजार रुपियाँ र तहगत उत्कष्ट विद्यार्थीलाई जनही पाँच हजार रुपियाँसहित सम्मान गरिएको थियो ।
सत्यवति गाउँपालिकाका ३८ जना सर्वोउत्कृष्ट शिक्षकलाई न्यूनतम पाँचदेखि १० हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ ।
कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ घाइते
आइतबार, असार २९, २०८२
त्यस्तै, अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका– ४ बस्ने २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका– ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्कबहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीमबहादुर विक, सल्यान बागचौर नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्रबहादुर विक, दाङ तुलसीपुर उपमहानगरपालिका– ११ बस्ने २१...
छाउगोठमा सुत्दा सर्पले डसेर युवतीले गुमाइन् ज्यान
आइतबार, असार २९, २०८२
उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डिएसपी० सागर बोहराले जानकारी दिए। कमला आउजीका श्रीमान् भारत बस्छन्। घरमा एक्लै तीन सन्तान हुर्काइरहेकी उनको सर्पको टोकाइबाट ज्यान गएको हो ।
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि मन्त्रालयलाई हस्तान्तरण
आइतबार, असार २९, २०८२
आइतबार भने औपचारिक रूपमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । आजै ती औषधी र स्वास्थ्य सामाग्रीहरू क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौँलाई हस्तान्तरण गरिएको छ ।
तिलौराकोट विश्व सम्पदामा सुचीमा सुचीकृत नहुने
शनिबार, असार २८, २०८२
बुटवल– प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचिन कपिलबस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत नहुने भएको छ । फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औं बैठकले गौतम बुद्धले २९ बर्ष बिताएको शाक्यबंशकाे राजधानी सहर प्राचिन कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव विफल भएपछि सुचीकृत हुने सपना चकनाचुर भएको हो। युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार...
एन्फा फिफाको ‘कन्ट्रोल फन्डिङ’बाट मुक्त
शनिबार, असार २८, २०८२
फिफाले ‘कन्ट्रोल फन्डिङ’ हटाएसँगै एन्फाले अब स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने छ । फिफाले यसअघि सन् २०२४ को अक्टोबर २९ तारिख एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ दी इयर ९गोल्ड० अवार्ड २०२४ बाट पनि सम्मान गरेको थियो ।


