Lumbini Rise
विपद् प्रभावितका लागि बुटवल उपमहानगरद्धारा ५१ लाख सहयोग गर्ने निर्णय
विपद् प्रभावितका लागि बुटवल उपमहानगरद्धारा ५१ लाख सहयोग गर्ने निर्णय बुटवल - बुटवल उपमहानगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि उपमहानगरपालिकाको विहिबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा कार्यपालिकाको बैठकले सहयोग गर्ने निर्णय गरेको हो । 
रसुवा बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाद्धारा ४० लाख सहयोग गर्ने निर्णय 
रसुवा बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाद्धारा ४० लाख सहयोग गर्ने निर्णय  बुटवल - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहिबार बसेको वैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने...
कस्तो महानगरपालिका बनाउने भन्ने बिषयमा छलफल गराैं : मेयर पाण्डेय
कस्तो महानगरपालिका बनाउने भन्ने बिषयमा छलफल गराैं : मेयर पाण्डेय बुटवल - बुटवल उपमहानगरपालिकालाई महानगरपालिकाकाे रूपमा विकास गर्ने बिषयमा सम्बन्धित पालिकाहरूले छलफल चलाउन अब ढिलाइ गर्न नहुने सराेकारवालाहरूले जाेड दिएका छन् । शुक्रबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित छिमेकी स्थानीय तहहरूबीच साझा विषयहरूका सम्बन्धमा समन्वयात्मक कार्यक्रममा बाेल्ने पालिका प्रमुख तथा अध्यक्षहरूले उक्त कुरामा जाेड दिएका हुन् ।
सकियो दुई दिने दलित ज्ञान उत्सव 
सकियो दुई दिने दलित ज्ञान उत्सव  बुटवल-दलित समुदायको अधिकार, समावेशिता, सामाजिक न्याय कला र विभेदविरुद्ध चित्रकला गर्दै ‘तिलोत्तमा दलित ज्ञान उत्सव सकिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको दुइे दिने उत्सवको सोमबार समापन गरिएको हो ।
तिलाेत्तमा दलित ज्ञान उत्सव सुरु
तिलाेत्तमा दलित ज्ञान उत्सव सुरु रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको तिलाेत्तमा दलित ज्ञान उत्सव सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनमा सुरु भएको उत्सवको पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गरेका हुन। उद्घाटन समारोहमा बोल्दै पूर्वमन्न्त्री विश्वकर्माले दलित समुदायको सवालमा स्थानीय तहले बहसको थालनी गरेर तिलोत्तमाले उदाहरणीय कार्य गरेको बताए ।
दलित पार्श्व चित्र :  तिलोत्तमा नगरपालिकाको एक उदाहरणीय काम
दलित पार्श्व चित्र : तिलोत्तमा नगरपालिकाको एक उदाहरणीय काम तिलोत्तमा नगरपालिका, स्थापनाको छोटो अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । कारण यस पालिकाले गर्ने विभिन्न नागरिक केन्द्रित कार्य नै हुन् । तिलोत्तमा नगरपालिकाले आ-आफ्नो नीति तथा कार्यक्रम मार्फत दलित समुदायको लाई पनि प्राथमिकतामा राखेर अघि बढेको देखिन्छ । नीति र कार्यक्रमा मार्फत...
तिलोत्तमाले ल्यायो नीति तथा कार्यक्रम 
तिलोत्तमाले ल्यायो नीति तथा कार्यक्रम  बुटवल - तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ  । नगर प्रमुख रामकृष्ण खाँणले नगर सभाको २१औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्  । नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य ,कृषि तथा पशुपालन, पूर्वाधार विकास, सुशासन र डिजिटल सेवा,...
बुटवल उपमहानगरले ल्यायाे ०८३ /०८४  को नीति तथा कार्यक्रम 
बुटवल उपमहानगरले ल्यायाे ०८३ /०८४  को नीति तथा कार्यक्रम  बुटवल - बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई केन्द्रमा राख्दै नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा  नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 
तिलोत्तमा नगरपालिकाद्धारा सुलभ फार्मेसी सञ्चालन
तिलोत्तमा नगरपालिकाद्धारा सुलभ फार्मेसी सञ्चालन तिलाेत्तमा- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी (औषधी पसल) सञ्चालनमा ल्याएको छ । नगरबासीलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यसहित तिलोत्तमा – ५ मणिग्राममा स्थापना गरिएको उक्त फार्मेसी बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
बुटवलको ६७ औं स्थापना दिवस: समृद्धिको यात्रामा अघि बढ्दै
बुटवलको ६७ औं स्थापना दिवस: समृद्धिको यात्रामा अघि बढ्दै बुटवल- बुटवल उपमहानगरपालिकाले ६७ औं स्थापना दिवस आइतबार एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकाले गरेका तीन वर्षका कार्य प्रगतिबारे सविस्तार चर्चा गर्दै यसका लागि बुटवलबासी जनताले गरेको माया, सहयोग र सद्भावप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
६७ औँ स्थापना दिवसको बुटवल नगर प्रमुख खेलराज पाण्डेयद्धारा शुभकामना
६७ औँ स्थापना दिवसको बुटवल नगर प्रमुख खेलराज पाण्डेयद्धारा शुभकामना बुटवल - बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले शुभकामना व्यक्त गर्दै समृद्ध, व्यवस्थित र नागरिकमैत्री शहर निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।नगर प्रमुख पाण्डेयले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उपमहानगरपालिकाले सुशासनको अनुभूति दिलाउने, व्यवसायिक क्षेत्रमा आशालाग्दो वातावरण सिर्जना गर्ने तथा शिक्षा,...
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो । 
Weather Update