Lumbini Rise
दाङ तुल्सिपु्रमा दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे
दाङ तुल्सिपु्रमा दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे बुटवल– दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् ।प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर बिहीबार...
भैरहवामा जथाभाबी फोहोर फाले ५० हजार जरिवाना
भैरहवामा जथाभाबी फोहोर फाले ५० हजार जरिवाना भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको जथाभाबी फोहोर फाल्ने माथि कडा निगरानी गरिरहेको छ । सरसफाइ तथा फोहोर उठाउन नियमित रूपमा ट्याक्टरहरू घर घरमा पुर्याउदा समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकिए पछि नगरपालिकाले निगरानी बढाएको हो ।
विश्व टिम टेबलटेनिस प्रतियोगिता काठमाडौंमा सुरु
विश्व टिम टेबलटेनिस प्रतियोगिता काठमाडौंमा सुरु अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । 
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगि गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगि गर्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका २ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका ४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका ६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका १ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका ७ घर भएका ४१ वर्षीय राज...
गैँडाकोटको रिसोर्टमा भीषण आगलागी
गैँडाकोटको रिसोर्टमा भीषण आगलागी नवलपुरको गैँडाकोट नगरपालिका–११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार बिहान १० बजेबाट आगलागी सुरु भएको हो ।
प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने
प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति एलडिसी ग्रयाजुुएसनका बारेमा सम्बोधन गर्नुहुने भएको छ ।
वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन
वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन  गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३  सवारीसाधन भित्रिएका छन् ।  वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् ।
कारागारमा रहेका रविलाई भेट्न रास्वपाका सांसदहरु रुपन्देहीमा
कारागारमा रहेका रविलाई भेट्न रास्वपाका सांसदहरु रुपन्देहीमा पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा। स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितका सांसदहरु  रुपन्देही आएका हुन् । बाँकी सांसदहरु पनि आज रुपन्देही आएर रविलाई भेट्दै छन् । 
कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाउनुपर्छ  : सांसद सापकोटा
कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाउनुपर्छ : सांसद सापकोटा नेकपा माओवादी केन्द्र का सांसद माधव सापकोटाले कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाइनुपर्ने बताएका छन्।  मङ्गलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 
प्रचण्डको प्रस्ताव:  एकता गर्दै अघि बढौं
प्रचण्डको प्रस्ताव: एकता गर्दै अघि बढौं तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने हतारमा पार्टी एकता गर्न तयार देखिएका छैनन् । सोमबार मात्र माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच लामो छलफल भएको थियो ।
रुद्धवेनी वामीटक्सार सडक अवरुद्ध
रुद्धवेनी वामीटक्सार सडक अवरुद्ध अविरल वर्षाका कारण रुद्धवेनी वामीटक्सार सडक अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण उक्त सडक खण्डको सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको सतह बढ्न जाँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको जिला प्रहरी कार्यालय गुल्मीकाप्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
नारायणी नदीमा हाम फालेर एक युवक बेपत्ता
नारायणी नदीमा हाम फालेर एक युवक बेपत्ता चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता भएका छन् । मङ्गलबार बिहान ६ः०५ बजे नारायणीको पुलबाट हाम फालेर युवा बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
Weather Update