नेपालगन्ज नाकाबाट ७४ अर्बभन्दा बढीको आयात निर्यात
सोमबार, असार ९, २०८२

रुपन्देहीका सांसद वासुदेव घिमिरेकाे प्रश्न : हामीसँग याेजना मागेर किन राखिएन ?
आइतबार, असार ८, २०८२
बुटवल - रूपन्देही निर्वाचन क्षेत्र न. ५ बाट निर्वाचित नेकपा एमालेका सांसद वासुदेव घिमिरेले बजेटका बारेमा संसदमा असन्तुष्टि पोखेका छन् । उनले आगामी आर्थिक वर्षका लागि गरिएको मन्त्रालयगत विनियोजनले निराशा ल्याएको बताउँदै आपत्ति जनाएका छन् । उनले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना विनियोजन गरेको भन्दै आपत्ती जनाए ।प्रत्येक सांसदबाट...
तिलोत्तमा नगरपालिकाद्धारा कृषक सेवा कार्ड वितरण सुरु
आइतबार, असार ८, २०८२
बुटवल - तिलोत्तमा नगरपालिकाले किसानहरूलाई कृषक सेवा कार्ड वितरण सुरुवात गरेको छ।परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमा आधारित व्यावसायिक रूपमा कृषि खेती गर्नका लागि तिलोत्तमा-१४ टिकुलिगढ़मा कार्ड वितरण सुरु गरिएको हो।सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न सो कार्ड वितरण गरिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए । नगरपालिकाका ग्रामीण भेगका किसानहरूलाई...

लुम्बिनी प्रदेशसभा सदस्य रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी
आइतबार, असार ८, २०८२
बुटवल– लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ । जनमत पार्टीबाट समानुपातिक प्रदेशसभा सदस्य रायमाझीलाई जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो। अदालतले जेठ १६ गते नै पक्राउ पुर्जी जारी गरेको हो । तर, सांसद रायमाझी भने फरार छिन्। पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले...
भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी
शनिबार, असार ७, २०८२
भैरहवा - रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले हराएको छ । टस जितेर ब्याटिङ...

बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लाग्यो : मेयर पाण्डेय
शनिबार, असार ७, २०८२
बुटवल - बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लागेको बताएका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २४ औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रमुख पाण्डेले राजधानी सरे पनि व्यवसायीको हौसलाले बुटवल धानिएको बताए ।

समाजवादी प्रेस संगठन रुपन्देहीले गर्यो पर्यटन पत्रकारिता कार्यशाला
शनिबार, असार ७, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले पर्यटन पत्रकारिता क्षमता अभिबृद्धि कार्यशाला गरेको छ ।तीन तहकै सरकारले पर्यटनमार्फत समृद्धिको यात्रामा जाने नीति लिएको अवस्थामा पत्रकारिता क्षेत्रले उठाउनुपर्ने मुद्धाका सवालमा अन्तरक्रियात्मक रुपमा कार्यशाला गरिएको हो।

नारायणघाट बुटवल सडकखण्ड आजदेखि राति १० घण्टा बन्द गरिने
शनिबार, असार ७, २०८२
नवलपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्णरूपमा बन्द गरिने भएको छ ।
यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्णरुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।

भारतीय राजदूतावासद्धारा लुम्बिनीमा योग प्रदर्शन
शुक्रबार, असार ६, २०८२
बुटवल– नेपाल स्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए। प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको...

लुम्बिनी सहित चार प्रदेशमा भारी बर्षा हुने
बिहीबार, असार ५, २०८२
बुटवल – लुम्बिनी प्रदेश सहित अधिकांश भूभागमा आज बर्षा हुने भएको छ । लुम्बिनी सहित कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पश्चिम बङ्गाल आसपासको...

दुम्कीवास–दाउन्ने खण्डको सडक प्रभावित, वैकल्पिक सडक प्रयोग गर्न सुझाव
बिहीबार, असार ५, २०८२
बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास–दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएपछि यात्रा कष्टकर बनेको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो। पटक पटक डाईभर्सन बगाउने गरेको छ ।

चट्याङ लागेर कपिलबस्तुमा एक महिलाको मृत्यू
बुधबार, असार ४, २०८२
कपिलवस्तु –कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । जिल्लाको विजयनगर गाउँपालिका –५, नौरंगियामा चट्याङ लागेर ४५ वर्षीय जन्ममति यादवको मृत्यू भएको हो । बुधवार साँझ करिब साढे ५ बजे डालपुर–नयाँ बस्ती नजिकको खेतमा भैँसी चराइरहेकी यादवलाई अचानक चट्याङ लागेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपिल
बुधबार, असार ४, २०८२
भैरहवा - सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले सबैमा आह्वान गरेका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै...