Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
बाढीपहिरोबाट लुम्बिनीका ठाउँ-ठाउँका सडक अबरुद्ध, गुल्मी र पाल्पाका धेरै सडक अबरुद्ध
बाढीपहिरोबाट लुम्बिनीका ठाउँ-ठाउँका सडक अबरुद्ध, गुल्मी र पाल्पाका धेरै सडक अबरुद्ध बुटवल - लगातारको वर्षाले आएको बाढी र पहिरोबाट लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा १८ वटा सडक अबरुद्ध भएका छन् । केही सडक खुलाउने प्रयास जारी छ भने केहीमा समय लाग्ने प्रहरीले जनाएको छ । बाढी र पहिरोले गुल्मी र पाल्पामा बढी सडक अबरुद्ध भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा... बुटवल - लगातारको वर्षाले आएको बाढी र पहिरोबाट लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा १८ वटा सडक अबरुद्ध भएका छन् । केही सडक खुलाउने प्रयास जारी छ भने केहीमा समय लाग्ने प्रहरीले जनाएको छ । बाढी र पहिरोले गुल्मी र पाल्पामा बढी सडक अबरुद्ध भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले असोज ११ गते बिहान विवरण सार्वजनिक गरेको विवरण अनुसार पाल्पा, गुल्मी, प्युठान, रोल्पा र अर्घाखाँचीका सडकखण्ड अवरुद्ध रहेको जनाएको हो ।
विश्व पर्यटन दिवसमा लुम्बिनी आएका पर्यटकलाइ स्वागत, लुम्बिनी भ्रमणको निम्तो  
विश्व पर्यटन दिवसमा लुम्बिनी आएका पर्यटकलाइ स्वागत, लुम्बिनी भ्रमणको निम्तो   लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गर्दै ४७ औं विश्व पर्यटन दिवस मनाइएको छ । प्रत्येक बर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसमा आईतबार चिनियाँ र अष्ट्रेलियाका १४ जना पर्यटकलाई लुम्बिनीमा स्वागत गरिएको हो ।लुम्बिनी आएका पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्ति सदस्य सचिव ज्ञानिन राईले बुद्धजन्मस्थल... लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गर्दै ४७ औं विश्व पर्यटन दिवस मनाइएको छ । प्रत्येक बर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसमा आईतबार चिनियाँ र अष्ट्रेलियाका १४ जना पर्यटकलाई लुम्बिनीमा स्वागत गरिएको हो ।लुम्बिनी आएका पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्ति सदस्य सचिव ज्ञानिन राईले बुद्धजन्मस्थल लुम्बिनी विश्वका पर्यटकहरुका लागि उपयुक्त स्थल रहेको भन्दै लुम्बिनी भ्रमणका लागि निम्तो दिए
मौसमका कारण रुपन्देहीमा काँग्रेसको क्षेत्रीय अधिवेशन सारियो
मौसमका कारण रुपन्देहीमा काँग्रेसको क्षेत्रीय अधिवेशन सारियो बुटवल - नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम परिवर्तन गरिएको छ । प्रतिकूल मौसमका कारण यसअघि तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गर्दै नयाँ मिति निर्धारण गरिएको हो । बुटवल - नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम परिवर्तन गरिएको छ । प्रतिकूल मौसमका कारण यसअघि तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गर्दै नयाँ मिति निर्धारण गरिएको हो ।
मिर्मीमा कालीगण्डकीको बाढीले बगायो पक्की पुल
मिर्मीमा कालीगण्डकीको बाढीले बगायो पक्की पुल बुटवल - कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। बुटवल - कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।
पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगे
पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगे बुटवल - कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि... बुटवल - कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।
पाल्पामा पहिरो जाँदा बाबुछोरीसहित तीन जना बेपत्ता
पाल्पामा पहिरो जाँदा बाबुछोरीसहित तीन जना बेपत्ता पाल्पा - पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अविरल वर्षाका कारण आइतबार बिहान पहिरो खस्दा स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरिएको हो।  पाल्पा - पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अविरल वर्षाका कारण आइतबार बिहान पहिरो खस्दा स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरिएको हो। 
आजदेखि सोह्र श्राद्ध सुरु
आजदेखि सोह्र श्राद्ध सुरु काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि... काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।
तिनाउले बुटवल टपमझुवाका ५ घरमा क्षती, २ घर पूर्णरुपमा बग्याे
तिनाउले बुटवल टपमझुवाका ५ घरमा क्षती, २ घर पूर्णरुपमा बग्याे बुटवल- लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवाकाे २ घर बगाएकाे छ भने ३  घरमा क्षती पुर्याएकाे छ। नदीको जलसतह सतर्कता तह पार गरेपछि जोखिमयुक्त क्षेत्रका करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। बुटवल- लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवाकाे २ घर बगाएकाे छ भने ३  घरमा क्षती पुर्याएकाे छ। नदीको जलसतह सतर्कता तह पार गरेपछि जोखिमयुक्त क्षेत्रका करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।
काँग्रेस अर्घाखाँची प्रदेश प्रतिनिधिमा दीपक केसीद्वारा उम्मेद्वारी घाेषणा 
काँग्रेस अर्घाखाँची प्रदेश प्रतिनिधिमा दीपक केसीद्वारा उम्मेद्वारी घाेषणा  अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा क्षेत्र नं. २(ख) बाट ३५ वर्षमुनिको युवा प्रदेश प्रतिनिधि पदका लागि दीपक केसीले उम्मेदवारी घोषणा गरेका छन्।परिवर्तनको कुरा मात्र गरेर नपुग्ने भन्दै परिवर्तनको नेतृत्व गर्न युवा पुस्ता स्वयं अघि बढ्नुपर्ने धारणा राख्दै केसीले आफ्नो उम्मेदवारीलाई युवाको आवाज, सहभागिता र नयाँ सोचलाई पार्टीको निर्णय... अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा क्षेत्र नं. २(ख) बाट ३५ वर्षमुनिको युवा प्रदेश प्रतिनिधि पदका लागि दीपक केसीले उम्मेदवारी घोषणा गरेका छन्।परिवर्तनको कुरा मात्र गरेर नपुग्ने भन्दै परिवर्तनको नेतृत्व गर्न युवा पुस्ता स्वयं अघि बढ्नुपर्ने धारणा राख्दै केसीले आफ्नो उम्मेदवारीलाई युवाको आवाज, सहभागिता र नयाँ सोचलाई पार्टीको निर्णय तहसम्म पुर्‍याउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
नेपाली कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
नेपाली कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित बुटवल - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर कार्यसमितिको निर्वाचनबाट ज्योति भण्डारी सभापतिमा निर्वाचित भएका छन् । भण्डारीले ४११ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गरे । बुटवल - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर कार्यसमितिको निर्वाचनबाट ज्योति भण्डारी सभापतिमा निर्वाचित भएका छन् । भण्डारीले ४११ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गरे ।
ज्ञानपुञ्ज स्कूलका विद्यार्थीद्धारा व्यवहारिक सिकाइका लागि भित्ते पत्रिका प्रकाशन सुरु
ज्ञानपुञ्ज स्कूलका विद्यार्थीद्धारा व्यवहारिक सिकाइका लागि भित्ते पत्रिका प्रकाशन सुरु ​​​​​​​बुटवल- विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिने उदेश्यका साथ ज्ञानपुञ्ज बोर्डिङ्ग स्कूल बुटवलले भित्ते पत्रिका प्रकाशन सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका विच विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले विद्यार्थीहरुद्धारा तयार पारिएको भित्तेपत्रिका प्रकाशनको शुभारम्भ गरेका हुन् । ​​​​​​​बुटवल- विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिने उदेश्यका साथ ज्ञानपुञ्ज बोर्डिङ्ग स्कूल बुटवलले भित्ते पत्रिका प्रकाशन सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका विच विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले विद्यार्थीहरुद्धारा तयार पारिएको भित्तेपत्रिका प्रकाशनको शुभारम्भ गरेका हुन् ।
बुटवल उद्योग वाणिज्य संघको अधिवेशन मिति सर्याे,सदस्यता नविकरण असाेज ७ सम्म गर्न पाउने
बुटवल उद्योग वाणिज्य संघको अधिवेशन मिति सर्याे,सदस्यता नविकरण असाेज ७ सम्म गर्न पाउने बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन यहि असोजको २३ देखि २६ गतेसम्म सम्पन्न गर्नेग री पूर्व निर्धारित मितिमा सामान्य हेरफेर गरेको हो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन यहि असोजको २३ देखि २६ गतेसम्म सम्पन्न गर्नेग री पूर्व निर्धारित मितिमा सामान्य हेरफेर गरेको हो ।
Weather Update