Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
रसुवा बाढी प्रभावितका लागि जितेश्वरी टोल विकास संस्था बुटवलद्धारा ५० हजार २०५ रुपैयाँ सहयोग 
रसुवा बाढी प्रभावितका लागि जितेश्वरी टोल विकास संस्था बुटवलद्धारा ५० हजार २०५ रुपैयाँ सहयोग  बुटवल - बाढी प्रभावित नागरिकलाइ राहातका लागि बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्थाले ५० हजार २०५ रुपैयाँ सहयोग गरेको छ। टोल संस्थामा आबद्ध व्यक्तिहरुबाट स्वेच्छिक रुपमा सहयोग संकलन गरी मंगलबार एकमुष्ट रुपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धारको कोषमा रकम जम्मा गरेको अध्यक्ष दशरथ पौडेलले जानकारी दिए ।  बुटवल - बाढी प्रभावित नागरिकलाइ राहातका लागि बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्थाले ५० हजार २०५ रुपैयाँ सहयोग गरेको छ। टोल संस्थामा आबद्ध व्यक्तिहरुबाट स्वेच्छिक रुपमा सहयोग संकलन गरी मंगलबार एकमुष्ट रुपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धारको कोषमा रकम जम्मा गरेको अध्यक्ष दशरथ पौडेलले जानकारी दिए । 
बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग
बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग बुटवल- हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख आर्थिक सहयोग गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा.मान बहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल... बुटवल- हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख आर्थिक सहयोग गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा.मान बहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री कृष्ण बहादुर राउतलाई हस्तान्तरण गरेका हुन् । सोही अवसरमा मन्त्री सीता बादीलाइ  भेटी रकम हस्तान्तरणका साथै थप राहत संकलन गर्ने संस्थाको योजना बारे जानकारी गराइएको थियो ।  
भोटेकोशी बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग 
भोटेकोशी बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग  बुटवल - भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको छ ।कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५सय ५५ रुपैयां, विद्यालयमा कार्यरत शिक्षक तथा... बुटवल - भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको छ ।कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५सय ५५ रुपैयां, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट २ लाख ५२ हजार रुपैयां र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजूबाट एक लाख ११ हजार एक सय ५ रुपैयां गरी कुल ९ लाख १८ हजार ६ सय ६० रुपैयां मंगलबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो ।
रसुवा बाढी प्रभावितका लागि मुटु अस्पताल बुटवलद्धारा  ११ लाख आर्थिक सहयोग
रसुवा बाढी प्रभावितका लागि मुटु अस्पताल बुटवलद्धारा ११ लाख आर्थिक सहयोग बुटवल-  भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ। बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग... बुटवल-  भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ। बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
प्रधानमन्त्री बालेन शाहद्धारा रसुवा बाढीकाे बिफ्रिङ : सरकार  खोज, उद्धार, उपचार, राहतमा निरन्तर सक्रिय
प्रधानमन्त्री बालेन शाहद्धारा रसुवा बाढीकाे बिफ्रिङ : सरकार खोज, उद्धार, उपचार, राहतमा निरन्तर सक्रिय बुटवल - प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीबारे अपडेट गराएका छन् । साेमबार बेलुका आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री शाहले  रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ लागिरहेको जानकारी गराएका हुन् । हेराै प्रधानमन्त्रीकाे स्टाटसकाे... बुटवल - प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीबारे अपडेट गराएका छन् । साेमबार बेलुका आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री शाहले  रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ लागिरहेको जानकारी गराएका हुन् । हेराै प्रधानमन्त्रीकाे स्टाटसकाे पूरा अंश । 
नवलपरासी रामग्राममा प्रहरीले गोली चलायो, भारतीय लागुऔषध कारोबारी पक्राउ
नवलपरासी रामग्राममा प्रहरीले गोली चलायो, भारतीय लागुऔषध कारोबारी पक्राउ बुटवल - पश्चिम नवलपरासीमा भारतीय लागुआौषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरिएको छ । जिल्ला सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा निलो गेट नजिकै प्रहरीले गोली चलाएको हो । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । बुटवल - पश्चिम नवलपरासीमा भारतीय लागुआौषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरिएको छ । जिल्ला सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा निलो गेट नजिकै प्रहरीले गोली चलाएको हो । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो ।
प्रधानमन्त्री उद्दार कोषमा वरिष्ठ पत्रकार डा. चापागाईंद्वारा आर्थिक सहयोग
प्रधानमन्त्री उद्दार कोषमा वरिष्ठ पत्रकार डा. चापागाईंद्वारा आर्थिक सहयोग बुटवल-  नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, वरिष्ठ  पत्रकार डा. बालकृष्ण चापागाईंले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा अकल्पनीय र प्रलयकारी बाढी र पहिरोमा परेकाहरुलाई उद्दार तथा उपचारमा सहयोग पुगोस् भन्ने हेतुले शनिबार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु ५ हजार ५ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । बुटवल-  नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, वरिष्ठ  पत्रकार डा. बालकृष्ण चापागाईंले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा अकल्पनीय र प्रलयकारी बाढी र पहिरोमा परेकाहरुलाई उद्दार तथा उपचारमा सहयोग पुगोस् भन्ने हेतुले शनिबार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु ५ हजार ५ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग बुटवल- भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख  र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बुटवल- भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख  र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
प्रेस यूनियन रुपन्देहीकाे साधरणसभा : पत्रकारिता पुरस्कारबाट खड्का, भुसाल र पाण्डे पुरस्कृत
प्रेस यूनियन रुपन्देहीकाे साधरणसभा : पत्रकारिता पुरस्कारबाट खड्का, भुसाल र पाण्डे पुरस्कृत बुटवल- नेपाल प्रेस यूनियनका सभापती शिव लम्सालले वर्तमान बालेन शाह नेतृत्वको सरकार उल्टो बाटो हिडिरेको भन्दै स्वतन्त्र प्रेसको घाँटी निमोठ्न प्रयत्नरत रहेको आरोप लगाएका छन् । नेपाल प्रेस यूनियन रुपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशनलाई सोमबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष लम्सालले वर्तमान सरकारले नियन्त्रीत लोकतन्त्रको बाटोमा हिडेको बताए । बुटवल- नेपाल प्रेस यूनियनका सभापती शिव लम्सालले वर्तमान बालेन शाह नेतृत्वको सरकार उल्टो बाटो हिडिरेको भन्दै स्वतन्त्र प्रेसको घाँटी निमोठ्न प्रयत्नरत रहेको आरोप लगाएका छन् । नेपाल प्रेस यूनियन रुपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशनलाई सोमबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष लम्सालले वर्तमान सरकारले नियन्त्रीत लोकतन्त्रको बाटोमा हिडेको बताए ।
सुरुङ उद्धारमा  आवश्यक परे विदेशी सहयोग लिनुपर्छ : गगन थापा
सुरुङ उद्धारमा आवश्यक परे विदेशी सहयोग लिनुपर्छ : गगन थापा काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङमार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र पर्याप्त नदेखिएको भन्दै आवश्यक परे सरकारले विदेशी सहयोग लिन हिचकिचाउन नहुने बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पदाधिकारी, केन्द्रीय सदस्य र सरोकारवाला पक्षसँग भएको छलफलमा थापाले सुरुङ उद्धारका लागि बाह्य सहयोग जुटाउन आफूले परराष्ट्रमन्त्रीसँग... काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङमार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र पर्याप्त नदेखिएको भन्दै आवश्यक परे सरकारले विदेशी सहयोग लिन हिचकिचाउन नहुने बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पदाधिकारी, केन्द्रीय सदस्य र सरोकारवाला पक्षसँग भएको छलफलमा थापाले सुरुङ उद्धारका लागि बाह्य सहयोग जुटाउन आफूले परराष्ट्रमन्त्रीसँग आग्रह गरिसकेको जानकारी दिए।
त्रिशूलीमा आज आएकाे बाढीले बगायो चरौंदीको पुल
त्रिशूलीमा आज आएकाे बाढीले बगायो चरौंदीको पुल काठमाडौं - त्रिशूली नदीमा आज (आईतबार)  पनि बाढी आउँदा झोलुङ्गे पुल बगाएको छ । बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने पुल बगाएको हो ।पुल बगेपछि धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ का स्थानीयलाई सकस भएको छ। काठमाडौं - त्रिशूली नदीमा आज (आईतबार)  पनि बाढी आउँदा झोलुङ्गे पुल बगाएको छ । बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने पुल बगाएको हो ।पुल बगेपछि धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ का स्थानीयलाई सकस भएको छ।
नवलपरासी पश्चिममा  ५४ शव र २५ वटा अंग फेला, लुम्बिनीका १६८ वेपत्ता
नवलपरासी पश्चिममा ५४ शव र २५ वटा अंग फेला, लुम्बिनीका १६८ वेपत्ता वुटवल- नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन्।आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश अन्तरगतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म ती शव तथा अंग फेला परेका हुन्। वुटवल- नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन्।आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश अन्तरगतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म ती शव तथा अंग फेला परेका हुन्।
Weather Update