बाटोमै ट्याङ्करबाट डिजेल निकाल्ने दुई चालकविरुद्ध चोरी मुद्दा, सर्राफ आयल पम्प कारबाहीमा
बिहीबार, असोज १, २०८३
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
बिहीबार, असोज १, २०८३
बुटवल - कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य...
बुटवल - कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
बिहीबार, असोज १, २०८३
चितवन - अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो ।सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक...
चितवन - अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो ।सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो ।
असाेज २ गतेदेखि बृहत्तर लुम्बिनी क्षेत्रबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने
बुधबार, भदौ ३१, २०८३
बुटवल- बुद्धजन्मस्थ लुम्बिनीमा यहि असोज २ गते देखि ४ गतेसम्म ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, यूनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन हुने भएको हो । सम्मेलन लुम्बिनी स्थित बौद्ध विश्वविद्यालयमा हुनेछ । आयोजकले बुधबार लुम्बिनीमा पत्रकार...
बुटवल- बुद्धजन्मस्थ लुम्बिनीमा यहि असोज २ गते देखि ४ गतेसम्म ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, यूनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन हुने भएको हो । सम्मेलन लुम्बिनी स्थित बौद्ध विश्वविद्यालयमा हुनेछ । आयोजकले बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गणेश) ले उद्घाटन गर्ने छन् ।
सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा दुई जना घाइते
बुधबार, भदौ ३१, २०८३
बुटवल - सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका छन् ।पाल्पा–बुटवल सडक खण्डअन्तर्गतको माथिल्लो सिद्धबाबा मन्दिरनजिकै गुडिरहेको बा२०च ३९९९ कारमा सडकमाथिबाट खसेको ढुंगा लागेर दुई जना घाइते भएको तिनाउ, दोभानका स्थानीय सुमन थापाले जानकारी दिए ।

पेलेगा डाँडाबाट निस्किरहेको धुवाँ जाँच्न विज्ञ टोली पूर्वी नवलपरासीमा
बुधबार, भदौ ३१, २०८३
बुटवल - केही महिनादेखि धुवाँको मुस्लो निस्किरहेको पूर्वी नवलपरासीको पेलेगा डाँडाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागका विज्ञहरूको टोली मंगलबार पूर्वी नवलपरासी आइपुगेको छ ।खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार विभागका विज्ञ प्रकाश लुँइटेलको नेतृत्वमा ४ सदस्यीय टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर सरोकारवालासँग छलफल गरेको छ ...
बुटवल - केही महिनादेखि धुवाँको मुस्लो निस्किरहेको पूर्वी नवलपरासीको पेलेगा डाँडाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागका विज्ञहरूको टोली मंगलबार पूर्वी नवलपरासी आइपुगेको छ ।खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार विभागका विज्ञ प्रकाश लुँइटेलको नेतृत्वमा ४ सदस्यीय टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर सरोकारवालासँग छलफल गरेको छ । हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट धुवाँ निस्किरहेको स्थानमा बुधबार पुगेर अध्ययन गर्ने तयारीस्वरूप टोलीले मंगलबार प्रारम्भिक छलफल गरेको हो ।
कृष्णभीरको नयाँ ट्रयाकबाट असोज १ देखि दुईतर्फी गाडी गुड्ने
बुधबार, भदौ ३१, २०८३
काठमाडौं - पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालन सुरु हुनेछ । प्रधानमन्त्री वालेन्द्र शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा...
काठमाडौं - पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालन सुरु हुनेछ । प्रधानमन्त्री वालेन्द्र शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा कृष्णभीर खण्ड भदौ महिना भित्रै सञ्चालनमा ल्याउने बताएको थियो ।
लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी
बुधबार, भदौ ३१, २०८३
दाङ - लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन ।नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिव पदमा बढुवा हुनुभएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेका हुन ।

रुपन्देहीबाट कटुवा पेस्तोल सहित २ जना पक्राउ
मंगलबार, भदौ ३०, २०८३
बुटवल - रुपन्देहीबाट कटुवा पेस्तोल सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । मंगलबार, ओमसतिया गाउँपालिका –०६, नारायणपुरस्थित अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाइछिपाइ राखेको सूचनाका आधारमा प्रहरीले कटुवा पेस्ताेल सहित दुइ जनालाइ पक्राउ गरेको हो ।

राेयल थाइ विहार लुम्बिनीद्धारा रसुवा बाढी प्रभावित ठाउँमै पुगेर सहयाेग
सोमबार, भदौ २९, २०८३
लुम्बिनी- रसुवामा आएकाे बाढीबाट प्रभावित नागिरकहरुलाइ मध्यनजर गरी लुम्बिनी स्थित राेयल थाइ विहारले विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।राजकीय थाई विहार लुम्बिनीका प्रमुख भन्ते फ्रा. राजबोधी सुफोथ सहित , काठमाडौंस्थित थाई राजदूतावासका कर्मचारीहरू तथा नेपाली स्वयंसेवकहरूको सहभागितामा प्रभावित क्षेत्रमा पुगेर सामाग्रीहरु प्रदान गरिएको छ ।

लुम्बिनीमा विपश्यना एवं ध्यानका लागि धम्म हल संचालन
सोमबार, भदौ २९, २०८३
लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीस्थित नवनिर्मित लुम्बिनी विपश्यना केन्द्र (धम्म जननी) को नवनिर्मित धम्म हल भवनको उद्घाटन गरिएको छ । नवनिर्मित अत्याधुनिक भवनमा विपश्यनारत ३२ गुरुहरूलाई भगवान् बुद्धको ध्यान र अभ्यास गर्ने विधि ७ दिने सत्तीपठान शिविर संचालन गरेर शुभारम्भ गरिएको हो ।

लुम्बिनीमा दोस्रो वार्षिक बहुभाषिक बुद्धवचन तथा ४६औँ वार्षिक ध्यान शिविर हुने
सोमबार, भदौ २९, २०८३
बुद्ध शाक्यमुनि दिवसका रूपमा मनाइने पावन औँसीको अवसरमा बुद्धवचन वाचन तथा ४६औँ ध्यान शिविरको घाेषणा गरिएको हो । ल्हाबाब दुछेनका दिन अर्थात् कात्तिक १५ गते (नोभेम्बर १ तारिख) देखि लुम्बिनीस्थित थुब्तेन शेडुब लिङ (Thousand Buddha Temple) गुम्बामा बुद्धवचन वाचन प्रारम्भ हुने जनाइएको छ। गुम्बाका संरक्षक तथा बौद्ध गुरु छोकी निमा...
बुद्ध शाक्यमुनि दिवसका रूपमा मनाइने पावन औँसीको अवसरमा बुद्धवचन वाचन तथा ४६औँ ध्यान शिविरको घाेषणा गरिएको हो । ल्हाबाब दुछेनका दिन अर्थात् कात्तिक १५ गते (नोभेम्बर १ तारिख) देखि लुम्बिनीस्थित थुब्तेन शेडुब लिङ (Thousand Buddha Temple) गुम्बामा बुद्धवचन वाचन प्रारम्भ हुने जनाइएको छ। गुम्बाका संरक्षक तथा बौद्ध गुरु छोकी निमा रिन्पोछेले कार्यक्रमकाे घाेषणा गरेका हुन् ।
तीजको दिन घट्यो सुनचाँदीकै भाउ, कतिमा हुँदैछ कारोबार?
सोमबार, भदौ २९, २०८३
काठमाडौँ- आज तीजको दिनमा सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विशेषत: तीजमा गरगहना पहिरिने गरिन्छ।