सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद
बुधबार, भदौ ३, २०८३
पहिराे हटाएसँगै खुल्याे बुटवल पाल्पा सडक, राेकिएका गाडी चल्न थाले
बुधबार, भदौ ३, २०८३
बुटवल - पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।बुधबार बिहान तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी...
बुटवल - पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।बुधबार बिहान तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
पाल्पा सिद्धबाबामा पहिराे, बुटवल पाल्पा सडक खण्ड अबरूद्व
बुधबार, भदौ ३, २०८३
बुटवल - बुटवल पाल्पा सडक खण्ड अन्तर्गत पाल्पा सिद्वबाबामा बुधबार विहान पहिराे जादा सडक अबरूद्व भएकाे छ । तिनाउ गा.पा. ३ सिद्दबाबा सुरुङमार्ग (पाल्पा तर्फबाट ईन हुने प्वाईन्टको १०० मिटर उत्तर तर्फ) स्थितमा माथीबाट पहिरो खस्दा सिद्दार्थ राजमार्ग पुर्णरुपमा अवरोध भएकाे हाे ।

प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता : दोस्रो दिन पनि रोमाञ्चक प्रतिस्पर्धा
मंगलबार, भदौ २, २०८३
बुटवल, भदौ २ । बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार पाँच खेल सम्पन्न भएका छन् । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ...
बुटवल, भदौ २ । बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार पाँच खेल सम्पन्न भएका छन् । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ ।
लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति
मंगलबार, भदौ २, २०८३
मोर्चाको मंगलबार बसेको बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको छ। मोर्चाले एमाले र नेकपाको सरकारले जसपा नेपाललाई पार्टी केन्द्रको निर्णय विपरीत सरकारमा सहभागी गराएकोमा आपत्ति जनाउँदै उक्त निर्णय सच्याउन माग गरेको छ ।

कांग्रेस महाधिवेशनमा सभापति गगन थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने
मंगलबार, भदौ २, २०८३
काठमाडौं - नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति गनगकुमार थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । आगामी असोज १६–१९ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशनमा सभापति थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने भएका हुन् ।

बुवाको हत्या अभियोगमा छाेरा पक्राउ
मंगलबार, भदौ २, २०८३
आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा बर्दिया गेरुवा गाउँपालिका-५ जुगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई गएराति प्रहरीले पक्राउ गरेको छ।सरगमको कुटपिटबाट टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान...
आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा बर्दिया गेरुवा गाउँपालिका-५ जुगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई गएराति प्रहरीले पक्राउ गरेको छ।सरगमको कुटपिटबाट टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृत्यु भएका मतदाताको नाम हटाउँदै आयोग
मंगलबार, भदौ २, २०८३
काठमाडौँ- निर्वाचन आयोगले मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन र नामावली अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ। आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्। आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिकको कार्य गर्दै आइरहेको छ।

दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालन
सोमबार, भदौ १, २०८३
बुटवल–१२, नयाँगाउँस्थित दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालनमा ल्याइएको छ।
विद्यार्थीलाई प्रविधिमैत्री, सिर्जनशील र नवप्रवर्तनमुखी बनाउने उद्देश्यले ल्याव निर्माण गरिएको हो । एक समारोहबीच बुटवल उपमहानगरपालिका–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले ल्याबको उद्घाटन गर्नुभयो। उहाँले पछिल्लो समय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई प्रविधि, सीप र सिर्जनशीलतासँग जोडिनुपर्ने बताउनुभयो।

पत्रकार किशाेर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश (आदेश सहित)
सोमबार, भदौ १, २०८३
बुटवल - जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई छोड्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले भर्खरै परमादेश जारी गरेको हो । श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साउन २९ गते न्यायाधीश ढकालको...
बुटवल - जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई छोड्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले भर्खरै परमादेश जारी गरेको हो । श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साउन २९ गते न्यायाधीश ढकालको इजलासमा सुनुवाइ भएकोमा बरामद भएका उपकरणसहित श्रेष्ठलाई आज अदालत उपस्थित गराउने आदेश भएको थियो ।
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता सुरु, पहिलो दिन पाँच खेल सम्पन्न
सोमबार, भदौ १, २०८३
बुटवल- बुटवलमा सोमबारदेखि प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ शुरु भएको छ । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा अक्सफोर्ड ईङ्लिस बोर्डिङ स्कुलले देवसिद्ध ईगंलिस बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै...
बुटवल- बुटवलमा सोमबारदेखि प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ शुरु भएको छ । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा अक्सफोर्ड ईङ्लिस बोर्डिङ स्कुलले देवसिद्ध ईगंलिस बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
सोमबार, भदौ १, २०८३
बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको...
बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् ।
आजदेखि ग्यास उद्योगबाटै बिक्नेछ ग्यास
सोमबार, भदौ १, २०८३
काठमाडौँ- नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले सूचना जारी गर्दै आफूलाई पायक पर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता तथा...
काठमाडौँ- नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले सूचना जारी गर्दै आफूलाई पायक पर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९:०० बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ।