बिरामी परेका पूर्वाधारमन्त्री लम्साललाई सेनाको विमानमार्फत काठमाडौँ लगियो
आइतबार, साउन ३१, २०८३
खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह
आइतबार, साउन ३१, २०८३
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खानेपानीका पूर्वाधारको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका-८ मा निर्माण गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खानेपानी आयोजना निर्माणसँगै त्यसको संरक्षण र दिगोपनामा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

पाल्पाको रामपुर होस्दीका १९ घर पहिरोको उच्च जोखिममा
आइतबार, साउन ३१, २०८३
पाल्पा — रामपुर नगरपालिका–१० होस्दी गाउँका १९ घर पहिरोको उच्च जोखिममा परेका छन्। कालीगण्डकी करिडोरअन्तर्गत मगरे जाने सडक चौडा गरेपछि बिहीबार राति ठूलो पहिरो खसेको हो।
पाल्पा — रामपुर नगरपालिका–१० होस्दी गाउँका १९ घर पहिरोको उच्च जोखिममा परेका छन्। कालीगण्डकी करिडोरअन्तर्गत मगरे जाने सडक चौडा गरेपछि बिहीबार राति ठूलो पहिरो खसेको हो।
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह
आइतबार, साउन ३१, २०८३
बुटवल - निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

मुग्लिन सडकमा बिहानैबाट यातायात सञ्चालन
आइतबार, साउन ३१, २०८३
चितवन - हिजो राति १०ः२५ बजे सुक्खा पहिरोले अवरुद्ध मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारा पृथ्वीराजमार्गस्थितमा सडकमा माथिबाट रूख सहितको सुक्खा पहिरो खसेर बाटो दुईतर्फी अवारेध भएको थियो ।

रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो
शनिबार, साउन ३०, २०८३
रोल्पा- रोल्पाको थबाङमा गएको बुधवार बेलुकी खसेको पहिरोमा परेर बेपत्ता भएका थप १ जनाको शव प्यूठानमा फेला परेको छ । प्यूठानको सरुमारानी गाउँपालिका–२ मा रहेको राप्ती नदीको बीच भागमा फेला परेको शव थबाङ गाउँपालिका–५ कोटलबाराका ८० वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको हो ।

ग्याँस पाउनै मुस्किल, काठमाडाैं दिनभर लाइन, ६८०२ वटा ग्यास बेचेको तथ्यांक
शनिबार, साउन ३०, २०८३
यल निगमले शनिबार दिनभरिमा तिनै केन्द्रहरूबाट कुल ६ हजार ८०२ वटा सिलिन्डर ग्यास बेचेको तथ्यांक सार्वजनिक गरेको छ ।जसमध्ये निगमको टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २९० वटा ग्यास वितरण भएको छ । यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२, यातायात कार्यालय परिसर चाबहिलबाट...
यल निगमले शनिबार दिनभरिमा तिनै केन्द्रहरूबाट कुल ६ हजार ८०२ वटा सिलिन्डर ग्यास बेचेको तथ्यांक सार्वजनिक गरेको छ ।जसमध्ये निगमको टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २९० वटा ग्यास वितरण भएको छ । यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२, यातायात कार्यालय परिसर चाबहिलबाट ७२० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६०० सिलिन्डर बिक्री भएको छ ।
चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
शनिबार, साउन ३०, २०८३
बुटवल- रुपन्देही प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकेर फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि पेश गरेको प्रहरीले जनाएको छ।

सुस्तामा बाढी पसेपछि सीडीओसहितको टोलीद्धारा अनुगमन
शनिबार, साउन ३०, २०८३
बुटवल - नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ डुबानको जोखिममा परेको छ । केही दिनदेखि निरन्तर नदी कटान भइरहेकाले स्थानीयमा त्रास बढेको छ । सुस्ताका स्थानीय अगुवा बाबु खाँका अनुसार नदीको कटानले स्थानीयले निर्माण गरेको अस्थायी बाँधसमेत भत्किएपछि खेतमा पानी पसेको छ । नदीको बहाव बढेमा बस्तीका...
बुटवल - नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ डुबानको जोखिममा परेको छ । केही दिनदेखि निरन्तर नदी कटान भइरहेकाले स्थानीयमा त्रास बढेको छ । सुस्ताका स्थानीय अगुवा बाबु खाँका अनुसार नदीको कटानले स्थानीयले निर्माण गरेको अस्थायी बाँधसमेत भत्किएपछि खेतमा पानी पसेको छ । नदीको बहाव बढेमा बस्तीका घरमा समेत पानी पस्ने जोखिम रहेको उनले बताए ।
रोटरी क्लब अफ लुम्बिनीद्धारा कामाधेनु गौशालामा पोशाक र गौआहार प्रदान
शनिबार, साउन ३०, २०८३
बुटवल- रोटरी क्लब अफ लुम्बिनीले शनिबार देवदह स्थित कामाधेनु गौशालमा पोशाक तथा गौआहार प्रदान गरेको छ । क्लबको १२८ औं नियमित बैठकको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत गौशालामा पोशाक तथा गौआहार वितरण गरेको हो ।क्लबका संस्थापक अध्यक्ष थानेश्वर पाण्डेको जन्मदिन समेत परेको अवसरमा पोशाक र गौआहार प्राप्त भएको क्लबले जनाएको...
बुटवल- रोटरी क्लब अफ लुम्बिनीले शनिबार देवदह स्थित कामाधेनु गौशालमा पोशाक तथा गौआहार प्रदान गरेको छ । क्लबको १२८ औं नियमित बैठकको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत गौशालामा पोशाक तथा गौआहार वितरण गरेको हो ।क्लबका संस्थापक अध्यक्ष थानेश्वर पाण्डेको जन्मदिन समेत परेको अवसरमा पोशाक र गौआहार प्राप्त भएको क्लबले जनाएको छ । उक्त अवसरमा टिर्सर्ट तथा चापट, नुन भेली र खली गौशालालाई प्रदान गरिएको थियो ।
कालिकामा मानवज्ञानका प्रधानाध्यापक ज्ञवालिको पदस्थापना
शनिबार, साउन ३०, २०८३
पदभार कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले प्रधानाध्यापक एउटा विद्यालयको प्रशासन चलाउने पद मात्र नभएर समुदाय, विद्यालय, विद्यार्थी र सरकारलाई जोडेर देशमा गुणस्तरीय शिक्षाको लागि निरन्तर लड्नुपर्ने सिपाही भएकोले प्रधानाध्यापकलाई कहिल्यै थाक्ने र भाग्ने छुट नहुने बताए ।

प्रथम ज्ञानपुञ्ज अन्तरविद्यालय सेभेनएसाईड फुटबल प्रतियोगिता हुने
शुक्रबार, साउन २९, २०८३
बुटवल - यहि भदौ १ गते (सोमबार) देखि बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागितामा सभेन ए साईड प्रतियोगिता हुन लागेको हो । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालय तहबाटै...
बुटवल - यहि भदौ १ गते (सोमबार) देखि बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागितामा सभेन ए साईड प्रतियोगिता हुन लागेको हो । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालय तहबाटै खेलाडी उत्पादनमा प्रोत्साहन गर्ने उदेश्यले सभेन एसाईड प्रतियोगिता गर्न लागेको जनाएको छ ।
प्यूठानमा ४ जनाको शव फेला
बिहीबार, साउन २८, २०८३
प्यूठान - प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोला किनारमा बिहीबार चार जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।