लुम्बिनी बजेट: कृषि, भूमि र सहकारी क्षेत्रमा १ अर्ब ५० करोड
आइतबार, असार १, २०८२
लुम्बिनीको आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य सुरु (LIVE)
आइतबार, असार १, २०८२
दाङ– लुम्बिनी प्रदेशकोआगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य शुरु भएको छ । राप्ती उपत्यकाको देउखुरीमा साँझ ६ बजेदेखि शुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गरिरहेका छन् ।
दाङ– लुम्बिनी प्रदेशकोआगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य शुरु भएको छ । राप्ती उपत्यकाको देउखुरीमा साँझ ६ बजेदेखि शुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गरिरहेका छन् ।
परिचयपत्रका लागि सहज वातावरण बनाउन एमाले बुटवल नगरसमितिको ज्ञापनपत्र
आइतबार, असार १, २०८२
बुटवल– नेकपा एमाले बुटवल नगर कमिटीले सेवा प्रवाहलाई व्यवस्थित बनाउन आग्रह गर्दै इलाका प्रशासन कार्यालय, बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।
आइतबार नगर कमिटी अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीले बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएको जनाउँदै कार्यालयको सेवालाई बिहान ७ बजेदेखि नै प्रारम्भ गर्न आग्रह गरेको हो ।
बुटवल– नेकपा एमाले बुटवल नगर कमिटीले सेवा प्रवाहलाई व्यवस्थित बनाउन आग्रह गर्दै इलाका प्रशासन कार्यालय, बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।
आइतबार नगर कमिटी अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीले बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएको जनाउँदै कार्यालयको सेवालाई बिहान ७ बजेदेखि नै प्रारम्भ गर्न आग्रह गरेको हो ।
लुम्बिनी मन्त्रीपरिषद् बैठक : बजेट पेस गर्न स्वीकृती, प्रदेशसभा बैठक कतिखेर ?
आइतबार, असार १, २०८२
राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो । बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा...
राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो । बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
गजेडीतालमा बसेर कलाकारले क्यानभासमा उतारे थरीथरीका चित्र
आइतबार, असार १, २०८२
रुपन्देही - रुपन्देहीका पर्यटकीय क्षेत्र गजेडीतालमा कलाकारहरूले क्यानभासमा थरिथरिका चित्र उतारेका छन् । रुपन्देही आसपास र काठमाडौँबाट आएका २० जना कलाकारहरूले कञ्चन गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको चित्र बनाएका हुन् ।
रुपन्देही - रुपन्देहीका पर्यटकीय क्षेत्र गजेडीतालमा कलाकारहरूले क्यानभासमा थरिथरिका चित्र उतारेका छन् । रुपन्देही आसपास र काठमाडौँबाट आएका २० जना कलाकारहरूले कञ्चन गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको चित्र बनाएका हुन् ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता
आइतबार, असार १, २०८२
गुल्मी – नागरिक लगानी कोष र गुल्मीको रुरु क्षेत्र गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरी सम्झौता गरेका हुन् । सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी...
गुल्मी – नागरिक लगानी कोष र गुल्मीको रुरु क्षेत्र गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरी सम्झौता गरेका हुन् । सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत रुरु क्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयंसेविकाको कल्याणकारी कोषबाट प्रतिस्वास्थ्य स्वयंसेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।
अर्घाखाँचीमा श्रीमान्को हत्या आरोपमा श्रीमती पक्राउ
आइतबार, असार १, २०८२
अर्घाखाँची – अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनास्थलबाट हतियारसहित मेखमाया कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमान्–श्रीमतीबिच...
अर्घाखाँची – अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनास्थलबाट हतियारसहित मेखमाया कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमान्–श्रीमतीबिच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झनक प्रसाद शर्माले बताए ।
रास्वपा र राप्रपाको अवरोधबीच अघि बढ्यो संसद् (LIVE)
आइतबार, असार १, २०८२
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकाबीच संसद् बैठक अघि बढेको छ । रास्वपाका सांसदहरूले वेल घेराउ गरिरहेका छन् । राप्रपाका सांसदहरूले भने बैठकमा उभिएर विरोध गरिरहेका छन् ।
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकाबीच संसद् बैठक अघि बढेको छ । रास्वपाका सांसदहरूले वेल घेराउ गरिरहेका छन् । राप्रपाका सांसदहरूले भने बैठकमा उभिएर विरोध गरिरहेका छन् ।
प्रतिनिधिसभा बैठक छाडेर बाहिरिए राप्रपाका सांसद
आइतबार, असार १, २०८२
काठमाडौँ- प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु बाहिरिएका छन्। आइतबार प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसदहरु बाहिरिएका हुन्।बैठकमा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको बताएका छन्।
काठमाडौँ- प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु बाहिरिएका छन्। आइतबार प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसदहरु बाहिरिएका हुन्।बैठकमा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको बताएका छन्।
नेपालसमेत सहभागी त्रिदेशीय टी २० शृंखला आजदेखि
आइतबार, असार १, २०८२
काठमाडाैं - नेपालसमेत सहभागी त्रिदेशीय टी-२० शृंखला आज सुरु हुँदैछ। शृंखलाको पहिलो खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे स्कटल्यान्डको ग्लास्गोमा सुरु हुनेछ।नेपालले भने आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ। विश्वकप लिग-२ को आफ्नो चौथो शृंखला खेल्न स्कटल्यान्ड गएको नेपालले उतै टी-२० शृंखला खेल्न...
काठमाडाैं - नेपालसमेत सहभागी त्रिदेशीय टी-२० शृंखला आज सुरु हुँदैछ। शृंखलाको पहिलो खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे स्कटल्यान्डको ग्लास्गोमा सुरु हुनेछ।नेपालले भने आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ। विश्वकप लिग-२ को आफ्नो चौथो शृंखला खेल्न स्कटल्यान्ड गएको नेपालले उतै टी-२० शृंखला खेल्न लागेको हो।
बजेटको संघारमा लुम्बिनीका मन्त्रीहरूको मोबाइल स्विच अफ !
आइतबार, असार १, २०८२
बुटवल – लुम्बिनी प्रदेशका मन्त्रीहरू बजेट ल्याउने समय नजिकिँदै गर्दा मोबाइल स्विच अफ गरेर आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशसभामा आइतबार (आज) दिउँसो ३ बजे बजेट पेस गर्ने कार्यसूची रहे पनि सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका मन्त्री र सांसदहरूबिच बजेटका विषयमा असहमति भएपछि मन्त्रीहरू स्विच अफ गरेर छलफलमा...
बुटवल – लुम्बिनी प्रदेशका मन्त्रीहरू बजेट ल्याउने समय नजिकिँदै गर्दा मोबाइल स्विच अफ गरेर आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशसभामा आइतबार (आज) दिउँसो ३ बजे बजेट पेस गर्ने कार्यसूची रहे पनि सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका मन्त्री र सांसदहरूबिच बजेटका विषयमा असहमति भएपछि मन्त्रीहरू स्विच अफ गरेर छलफलमा जुटेका हुन् ।
नेपाल चीन र भारतको आस्थाको केन्द्र हो : मन्त्री पाण्डे
आइतबार, असार १, २०८२
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन्।राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताएका हुन् । उनले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र...
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन्।राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताएका हुन् । उनले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र भएको स्पष्ट पारे ।
नेकपा एकिकृत समाजवादी लुम्बिनीले १०९ वटै पालिकामा बिशेष अभियान थाल्ने
आइतबार, असार १, २०८२
बुटवल – नेकपा एकिकृत समाजबादी लुम्बिनी प्रदेशले बार्षिक क्यालेण्डर बनाएर विभिन्न अभियानको थालनी गर्ने निर्णय गरेको छ । अविधेशनबाट निर्वाचिन भएपछि बाँकेको नेपालगञ्जमा शुक्रबार र शनिबार बसेको बैठकले प्रदेश जिल्ला, पालिका र वडातहसम्म संगठन विस्तार गर्दै जनतासँग जोडिएका सवालमा अभियान थाल्ने निर्णय गरेको हो । बैठकमा १२ वटै जिल्लाको रिपोर्टीङ...
बुटवल – नेकपा एकिकृत समाजबादी लुम्बिनी प्रदेशले बार्षिक क्यालेण्डर बनाएर विभिन्न अभियानको थालनी गर्ने निर्णय गरेको छ । अविधेशनबाट निर्वाचिन भएपछि बाँकेको नेपालगञ्जमा शुक्रबार र शनिबार बसेको बैठकले प्रदेश जिल्ला, पालिका र वडातहसम्म संगठन विस्तार गर्दै जनतासँग जोडिएका सवालमा अभियान थाल्ने निर्णय गरेको हो । बैठकमा १२ वटै जिल्लाको रिपोर्टीङ पश्चात सुशासन र रोजगारी, समाजवाको तयारी आन्दोलनको समिक्षा गर्दै त्यसलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।


