एमालेलाई निर्णायक शक्ति बनाउन्छौं : ओली
आइतबार, जेठ २५, २०८२
बुटवल– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए। उनले १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र पार्टीको एकता आवश्यक रहेको बताए। उनले सही नीति, रणनीति र कार्यान्वयनमार्फत लोकतन्त्रको रक्षा र विकासमा पार्टीको भूमिका महत्वपूर्ण रहेको बताए। २५ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् ।
पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल
शनिबार, जेठ २४, २०८२
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलीकाे जग्गा प्रकरणमा नमुछिएकाे दावी गरेका छन् । उनले आफूहरूले कानुन र अदालतकाे सम्मान गर्ने तर, अख्तियारले दावी गरेजस्ताे अनियमिततामा संलग्न नरहेकाे प्रष्टाए । गृहजिल्ला रूपन्देहीकाे तिलाेत्तममा पार्टी कार्यक्रमलाई शनिबार सम्बाेधन गर्दै महासचिव भुसालले यस्ताे बताएका हुन् ।
डा. इन्द्र ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको काजमा मेसु भएको खुलासा, सप्तरीमा हाजिर हुन निर्देशन
शुक्रबार, जेठ २३, २०८२
बुटवल - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) डा.इन्द्र ढकालको दरबन्दी सप्तरीमा रहेको खुलासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा २०८१ असार ५ गते बरिष्ठ अर्थोपेडिक सर्जन (दशौं तह) मा पदस्थापना भएको भन्दै सोही अस्पतालमा तुरुन्त हाजिर हुन निर्देशन सहितको पत्र पठाएपछि...
नेपाल औषधी व्यवसायी संघ रुपन्देहीद्धारा सञ्चारकर्मीहरुसँग छलफल
शुक्रबार, जेठ २३, २०८२
बुटवल– नेपाल औषधी व्यवसायी संघ रुपन्देहीले सञ्चारकर्मीहरुसँग स्वास्थ्य सञ्चार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा व्यवसायीहरुले खुला सीमाका कारण हुने अवैध औषधीको आयातसँगै दर्ता नभएका औषधी पसल, घुमन्ते र झोलामा औषधी बिक्री गर्ने व्यवसायीहरुका कारण समस्या सिर्जना भएको भएको बताएका छन् । साथै एलोपेथिक र आयुर्वेदिक औषधीहरु एउटै पसलबाट बेच्न...
जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु
शुक्रबार, जेठ २३, २०८२
बुटवल- राष्ट्रिय जनमोर्चाको भातृ संगठन जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु भएको छ। शुक्रवारदेखि सुरु भएको भेला नयाँ नेतृत्व चयन गर्दै शनिवार सकिने छ ।राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भेला उद्घाटन गरेका हुन् । भेला उद्घाटनपछि बोल्दै महासचिव भट्टले जातीय समाजमा जातीय छुवाछुत कायमै रहेको बताए । उनले...
राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीद्धारा उत्तरपुस्तिका परीक्षणबारे अभिमुखीकरण
शुक्रबार, जेठ २३, २०८२
बुटवल– राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, लुम्बिनीको आयोजनामा कक्षा १२ को बार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुत्रलबार सम्पन्न भएको छ । बुटवल स्थित कालिका मानवज्ञान माविमा अभिमुखीकरण कार्यक्रम गरेको हो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले उत्तरपुस्तिका परीक्षणमा शुद्धता, एकरुपता र विश्वसनियता कायम...
विनयी खोलाको डाइभर्सन बाढीले फेरी बगायो
शुक्रबार, जेठ २३, २०८२
बुटवल – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। विनयी खोलामा शुक्रबार दिउँसो चार बजेतिर एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय, दुम्कीबासले जनाएको छ ।
बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालन, २४ गते शुभारम्भ गरिने
शुक्रबार, जेठ २३, २०८२
बुटवल – बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालनमा आएको छ । काठमाडौँ महाराजगन्ज, नारायण गोपाल चोकमा रहेको मेट्रो काठमाडौँ अस्पताल र बुटवलमा रहेको प्याराडाइज हेल्थ केयरको सहकार्यमा डायबिटिज, थाइराइड एन्ड इन्डोक्राइन सेन्टर सञ्चालन गरिने भएको हो । सेन्टरको जेठ २४ गते औपचारिक शुभारम्भ हुनेछ । शुक्रवार बुटवलमा पत्रकार सम्मेलन...
आर्थिक विधेयकका छुट सुविधाबारे उद्योगी व्यवसायीलाई प्रशिक्षण
शुक्रबार, जेठ २३, २०८२
बुटवल- रुपन्देही उद्योग संघले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ र २०८२-८३ को बजेटका बारेमा अभिमुखीकरण गरेको छ । शुक्रवार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा जानकारी गराइएको हो । संघका अध्यक्ष दिलीप सापकोटाले सो अवसरमा बोल्नुहुँदै उद्योगी व्यवसायीलाई गरिएको...
इलाका प्रशासन कार्यालय बुटवलमा परिचयपत्र बनाउन बिहानदेखि लाइन, सेवाग्राहीलाई सास्ती
शुक्रबार, जेठ २३, २०८२
बुटवल – इलाका प्रशासन कार्यालय बुटवलमा राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । गृह मन्त्रालयले सहज र सरल रूपमा परिचयपत्रको व्यवस्थापन गर्न भने पनि सेवाग्राहीको भिड अत्यधिक भएपछि बुटवल क्षेत्रमा सेवाग्राहीले सास्ती पाएका हुन् । इलाका प्रशासन कार्यालय बुटवलले नागरिकलाई सास्ती नहोस् भनेर टोकन प्रणाली लागू गरेपनि सर्वसाधारणले परिचयपत्रका...
काठमाडौंमा छोटा र कम सिटे बसले यात्रुले पाए सास्ती
शुक्रबार, जेठ २३, २०८२
उपत्यकामा सार्वजनिक बस चलाउने यातायात व्यवसायी भने सरकारकै कारण व्यवसायीलाई छोटा बस हटाउन गाह्रो भएको बताउँछन् । अरनिको यातायात व्यवसायी संघ अध्यक्ष केदार क्षेत्रीले व्यवसायीले पुरानो छोटो गाडी हटाएर नयाँ बस राख्न नसक्ने बताए ।व्यवसायीले भने जस्तै अहिले लामो बस हाल्दा पिक आवर बाहेक अन्य समयमा खाली नै हिँड्नुपर्ने स्थिति...
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ‘बल्याकआउट’ गर्ने उर्जा उद्यमीहरुको चेतावनी
शुक्रबार, जेठ २३, २०८२
काठमाडौं - सरकारले नदी प्रवाहमा आधारीत जलविद्युत आयोजनामा टेक एण्ड पे (लिएपछि मात्रै तिर) प्राबधान अनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा गरेपछि उर्जा उद्यमीहरुले बल्याक आउट गर्ने सम्मको चेतावनी दिएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सरकारले यस्तो प्राबधान ल्याएको हो । स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था...
नविनमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम
शुक्रबार, जेठ २३, २०८२
बुटवल – लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नवीन औद्योगिक कदरबहादुर रिता माविमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम विहिबार सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट समुदाय प्रहरी साझेदारी अनुशिक्षण प्रहरी जवान देखि जुनियर प्रहरी अधिकृत तालिम १२ औ समूहमा सहभागी ३०...


