भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
बिहीबार, भदौ १८, २०८३
काठमाडौँ- सरकारले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।
बाढीमा ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक
बिहीबार, भदौ १८, २०८३
काठमाडौं। सरकारले यही भदौ २२ गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
अधुरा हुने योजनामा हात नहाल्न मुख्यमन्त्री आचार्यको निर्देशन
बुधबार, भदौ १७, २०८३
दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्न नसकिने तथा उपलब्धि दिन नसक्ने योजना कार्यान्वयन नगर्न निर्देशन दिएका छन । उनले अधुरा योजना थपिँदै जाने अवस्था अन्त्य गर्दै सम्पन्न गर्न सकिने र नागरिकलाई प्रत्यक्ष उपलब्धि दिने योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन ।
भोटेकोशी बाढीपहिरो पीडितका लागि मिलिजुली टोल विकास संस्थाको ९३ हजार सहयोग
बुधबार, भदौ १७, २०८३
बुटवल- रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बुटवल उपमहानगरपालिका–१९ पश्चिम नहरपुरस्थित मिलिजुली टोल विकास संस्थाले ९३ हजार ६ सय २१ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
रसुवा बाढी अपडेट : ११ सय २७ को शव फेला, ४८ सय ५८ बेपत्ता
बुधबार, भदौ १७, २०८३
काठमाडौँ- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार विहान पाँचबजे सम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १ सय ५५ जना, धादिङमा ५९ जना, चितवनमा ३ सय ४८ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १७ जना,...
नेपाल प्रेस युनियन रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा कल्पना, सचिवमा भण्डारी निर्वाचित
मंगलबार, भदौ १६, २०८३
बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको २२औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट कल्पना तिवारी अध्यक्षमा निर्वाचित भएकी छन्। अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्ष (खुला) मा रमेश अर्याल, उपाध्यक्ष (महिला) मा सीता गौतम बराल र उपाध्यक्ष (समावेशी) मा तिलक सुवेदी निर्वाचित भएका छन्।
भोटेकोशी बाढी : मृतकको संख्या १ हजार नाघ्यो, ४ हजारबढी सम्पर्कविहीन
मंगलबार, भदौ १६, २०८३
काठमाडौँ- रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनको संख्या १ हजार ६८ पुगेको छ। नेपाल प्रहरीले जनाएअनुसार मंगलबार साँझ ७ बजेसम्म यो संख्यामा शव फेला परेको हो।३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४ सथ आंशिक अंग भएको शव बरामद भएको प्रहरीले जनाएको छ।
नारायणी नदीमा भेटिएका १७० शवमध्ये ४ जनाको सनाखत, ६८ शवको व्यवस्थापन
मंगलबार, भदौ १६, २०८३
नवलपरासी पश्चिम - नारायणी नदीमा हालसम्म १७० वटा शव फेला परेका छन् । तीमध्ये ६८ शवको व्यवस्थापन भइसकेको छ भने चार शवको सनाखत भएको छ । ९८ शव अझै बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।डिएनए संकलनगरी ६८ वटा शवको सुरक्षित रुपमा जमिनमुनी व्यवस्थापन गरिएको जानकारी गराईएको छ ।...
शव पहिचान र व्यवस्थापनको अवस्था बुझ्न मुख्यमन्त्री आचार्यद्वारा स्थलगत अनुगमन
मंगलबार, भदौ १६, २०८३
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन् । मुख्यमन्त्री आचार्यले मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगेर शव व्यवस्थापन तथा पहिचानको अवस्थाबारे जानकारी लिएका हुन् ।अस्पताल प्रशासनका अनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट दुई चरणमा गरी...
भोटेकोशी बाढी पीडितलाई समाजसेवी गोपाल रानाको ५ लाख सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले बाढी प्रभावितको राहतका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उनले ५ लाख ३ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
सिद्धबाबा मन्दिर विकास समितिद्वारा उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि सिद्धबाबा मन्दिरले विकास समितिले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सिद्धबाबा मन्दिरले विकास समिति मंगलबारको निर्णय अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक...
रसुवा बाढी प्रभावितका लागि जितेश्वरी टोल विकास संस्था बुटवलद्धारा ५० हजार २०५ रुपैयाँ सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - बाढी प्रभावित नागरिकलाइ राहातका लागि बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्थाले ५० हजार २०५ रुपैयाँ सहयोग गरेको छ। टोल संस्थामा आबद्ध व्यक्तिहरुबाट स्वेच्छिक रुपमा सहयोग संकलन गरी मंगलबार एकमुष्ट रुपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धारको कोषमा रकम जम्मा गरेको अध्यक्ष दशरथ पौडेलले जानकारी दिए ।
बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल- हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख आर्थिक सहयोग गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा.मान बहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल...


