ग्याँस पाउनै मुस्किल, काठमाडाैं दिनभर लाइन, ६८०२ वटा ग्यास बेचेको तथ्यांक
शनिबार, साउन ३०, २०८३
यल निगमले शनिबार दिनभरिमा तिनै केन्द्रहरूबाट कुल ६ हजार ८०२ वटा सिलिन्डर ग्यास बेचेको तथ्यांक सार्वजनिक गरेको छ ।जसमध्ये निगमको टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २९० वटा ग्यास वितरण भएको छ । यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२, यातायात कार्यालय परिसर चाबहिलबाट ७२० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६०० सिलिन्डर बिक्री भएको छ ।
चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
शनिबार, साउन ३०, २०८३
बुटवल- रुपन्देही प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकेर फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि पेश गरेको प्रहरीले जनाएको छ।
सुस्तामा बाढी पसेपछि सीडीओसहितको टोलीद्धारा अनुगमन
शनिबार, साउन ३०, २०८३
बुटवल - नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ डुबानको जोखिममा परेको छ । केही दिनदेखि निरन्तर नदी कटान भइरहेकाले स्थानीयमा त्रास बढेको छ । सुस्ताका स्थानीय अगुवा बाबु खाँका अनुसार नदीको कटानले स्थानीयले निर्माण गरेको अस्थायी बाँधसमेत भत्किएपछि खेतमा पानी पसेको छ । नदीको बहाव बढेमा बस्तीका...
रोटरी क्लब अफ लुम्बिनीद्धारा कामाधेनु गौशालामा पोशाक र गौआहार प्रदान
शनिबार, साउन ३०, २०८३
बुटवल- रोटरी क्लब अफ लुम्बिनीले शनिबार देवदह स्थित कामाधेनु गौशालमा पोशाक तथा गौआहार प्रदान गरेको छ । क्लबको १२८ औं नियमित बैठकको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत गौशालामा पोशाक तथा गौआहार वितरण गरेको हो ।क्लबका संस्थापक अध्यक्ष थानेश्वर पाण्डेको जन्मदिन समेत परेको अवसरमा पोशाक र गौआहार प्राप्त भएको क्लबले जनाएको...
कालिकामा मानवज्ञानका प्रधानाध्यापक ज्ञवालिको पदस्थापना
शनिबार, साउन ३०, २०८३
पदभार कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले प्रधानाध्यापक एउटा विद्यालयको प्रशासन चलाउने पद मात्र नभएर समुदाय, विद्यालय, विद्यार्थी र सरकारलाई जोडेर देशमा गुणस्तरीय शिक्षाको लागि निरन्तर लड्नुपर्ने सिपाही भएकोले प्रधानाध्यापकलाई कहिल्यै थाक्ने र भाग्ने छुट नहुने बताए ।
प्रथम ज्ञानपुञ्ज अन्तरविद्यालय सेभेनएसाईड फुटबल प्रतियोगिता हुने
शुक्रबार, साउन २९, २०८३
बुटवल - यहि भदौ १ गते (सोमबार) देखि बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागितामा सभेन ए साईड प्रतियोगिता हुन लागेको हो । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालय तहबाटै...
प्यूठानमा ४ जनाको शव फेला
बिहीबार, साउन २८, २०८३
प्यूठान - प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोला किनारमा बिहीबार चार जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै लालटिन बोकेर प्रदर्शन
बिहीबार, साउन २८, २०८३
काठमाडौं- पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गर्दै धर्ना दिएका हुन् । त्यसक्रममा प्रहरी र पत्रकारहरुबीच केहीबेर घम्साघम्सी परेको थियो । शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि पत्रकारहरु आक्रोशित भएका...
इन्टलेक्चुअल एकेडेमीमा करियर काउन्सिलिङ
बुधबार, साउन २७, २०८३
बुटवल- अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बुटवल–११, कालिकानगरस्थित इन्टलेक्चुअल एकेडेमीले विद्यार्थीहरूलाई लक्षित गरी ‘करियर काउन्सिलिङ तथा मार्गदर्शन कार्यक्रम’ आयोजना गरेको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालय, ‘एजुकेसन प्लानिङ एन्ड म्यानेजमेन्ट’का प्राध्यापक तथा बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रोफेसर आनन्दमान सिंह शाक्यले किताबी ज्ञानमा मात्र सीमित...
ज्ञानपुञ्जमा डा. नन्दु पाठकसँग विद्यार्थी अन्तरसंवाद
सोमबार, साउन २५, २०८३
बुटवल- ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूल बुटवल ११ नहरपुरका विद्यार्थीसँग वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले अन्तरसंवाद गरेका छन् । सोमबार बुटवल–११ नहरपुरस्थित विद्यालयमा साउन महिनाको 'गेष्ट अफ द मन्थ’ कार्यक्रम अन्तर्गत अन्तरसंवाद गरिएको हो । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले डा. पाठकसँग उनको चिकित्सकीय यात्रादेखि सफलतासम्मका विषयमा विभिन्न जिज्ञासा...
ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलमा ‘असल अभिभावकत्व’ कार्यशाला सम्पन्न
आइतबार, साउन २४, २०८३
बुटवल - ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा अभिभावकलाई लक्षित गरी सञ्चालन गरिएको ‘असल अभिभावकत्व कार्यशाला’ आईतबार सम्पन्न भएको छ । साउन १८ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यशालामा पीजीदेखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकहरूको उपस्थितीमा गरिएको हो ।
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै
शुक्रबार, साउन २२, २०८३
दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ । यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन्
रुपन्देहीको रोहिणी गाउँपालिकामा २७१ घरधनीलाई लालपूर्जा वितरण
शुक्रबार, साउन २२, २०८३
बुटवल- रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा शुक्रबार सम्बन्धित जग्गाधनीलाई वितरण...


