बुटवलमा सुर्यप्रसाद प्रधान स्मृति पुस्तकालय उद्घाटन तथा दीप प्रज्वलन
बिहीबार, साउन २१, २०८३
बुटवल - नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २, रूपन्देहीको आयोजनामा पार्टी कार्यालय मैनाबगरमा पुस्तकालय उद्घाटन तथा स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको बाह्रौं स्मृतिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर र्कीले पुस्तकालयको उद्घाटन गर्दै पार्टीलाई वैचारिक रूपमा थप सुदृढ बनाउन पुस्तकालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
ओलीको साथ रहदा पनि चयनमा छैनन मुख्यमन्त्री आचार्य
बिहीबार, साउन २१, २०८३
बुटवल - लुम्बिनी प्रदेशमा एमालेभित्रै मुख्यमन्त्री चेतनारायाण आचार्यको विरोध हुनसक्ने भएकाले पहिले विश्वासको मत दिने तयारीमा जुटेका छन् । एमाले अध्यक्ष केपि शर्मा ओलीले मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने वचन दिएपछि आचार्य ढुक्क छन् । तर, केन्द्रीय कमिटिको निर्णय समेत नभएको र प्रदेशले नै निर्णय गर्नुपर्ने अडान राख्ने नेताहरुको बाहुल्यताका...
रुपन्देहीमा स्कुटर दुर्घटनामा चालकको ज्यान गयो
बिहीबार, साउन २१, २०८३
बुटवल- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा सडक डिभाइडरमा ठोक्किएर स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १७ प ५९७३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा गएराति साढे दस बजे ठोक्किँदा स्थानीय २६ वर्षीय तिन्कु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेलिकमले जडान गर्याे तिलोत्तमाका सबै वडा तथा स्वास्थ्य चौकीमा फाइबर सेवा
बुधबार, साउन २०, २०८३
बुटवल - नेपाल टेलिकमले तिलोत्तमा नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा फाइबर टु द होम (FTTH) सेवा जडान गरेको छ।
नेपाल टेलिकमको Government to Government (G2G) Program अन्तर्गत गत २०८२ माघ महिनामा तिलोत्तमा नगरपालिकाको सभाहलमा आयोजित सेमिनारमार्फत नेपाल टेलिकम र नगरपालिकाबीच सम्झौता भएपछि उक्त सेवा विस्तारको...
ज्ञानपुञ्जमा 'असल अभिभावकत्व’ कार्यशालाको शुभारम्भ
मंगलबार, साउन १९, २०८३
साेमबारदेखि सुरू भएकाे कार्यक्रममा आधुनिक अभिभावकत्व, बालमनोविज्ञान, सकारात्मक अनुशासन, प्रभावकारी संवाद, डिजिटल युगमा बालबालिकाको मार्गदर्शन तथा परिवारभित्र सिर्जना गरिने सिकाइ वातावरणका विषयमा व्यवहारिक र अनुसन्धानमा आधारित प्रशिक्षण प्रदान दिईएकाे छ ।
शाइन रेसुंगाले भारतमा जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड
मंगलबार, साउन १९, २०८३
बुटवल । नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ...
सुस्तामा नेपाली भूमि पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, स्थानीयसँग विवाद
आइतबार, साउन १७, २०८३
नवलपरासी - पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ। स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।
भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा कार्की निर्वाचित
आइतबार, साउन १७, २०८३
बुटवल - भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा रविन्द्रकुमार कार्की नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा पुन सेनानी रविन्द्रकुमार कार्की चयन हुनुभएको छ ।संघको आइतबार बुटवलमा सम्पन्न छैटौं अधिवेसनले कार्कीलाई अर्को कार्याकालको नेतृत्वको लागि जिम्मेवारी दिएको हो।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन
आइतबार, साउन १७, २०८३
बुटवल- नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ -छाता संगठन) सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले प्रथम प्रादेशिक भेला शनिबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको...
सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह
शनिबार, साउन १६, २०८३
दाङ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । उत्तेजनाभन्दा संयमता र संवादमार्फत मात्रै शान्ति कायम हुन सक्ने भन्दै उहाँले शान्ति र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व रहेको बताउनुभयो ।
जितेश्वरी आमा समूहद्धारा भैरव मन्दिर सरसफाई तथा बृक्षारोपण
शनिबार, साउन १६, २०८३
बुटवल- बुटवल १३ स्थित जितेश्वरी आमा समूहले शनिबार भैरव मन्दिर क्षेत्रको सरसफाई तथा बृक्षारोपण गरेको छ। साउन १५ को अवसरमा जितेश्वरी टोल विकास संस्थाको सहयोगमा आमा समूहले सरसफाई तथा बृक्षारोपण गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाे केन्द्रीय साधरणसभा बुटवलमा, ऐन तत्काल ल्याउन माग
शनिबार, साउन १६, २०८३
बुटवल -नेपालमा परम्परादेखि चल्दै आएको सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।देशभरका ७ सय बढि सुनचाँदी व्यवसायीहरु सम्मिलित नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै उद्योगी व्यवसायीहरुले यस्तो माग...
देशभरका सुनचाँदी व्यवयासीहरु बुटवलमा भेला हुँदै
शुक्रबार, साउन १५, २०८३
बुटवल - देशभरका ७ सय सुनचाँदी व्यवसायीहरु शनिबार बुटवलमा भेला हुने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाका लागि महासंघमा आवद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत र २३ वटा एशोसिएट सदस्यहरु सहित, पर्यवेक्षकहरु एवं सदस्यहरु बुटवलमा भेला हुन लागेका हुन् । बार्षिक साधारणसभाका...


