भोटेकोशी बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको छ ।कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५सय ५५ रुपैयां, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट २ लाख ५२ हजार रुपैयां र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजूबाट एक लाख ११ हजार एक सय ५ रुपैयां गरी कुल ९ लाख १८ हजार ६ सय ६० रुपैयां मंगलबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो ।
रसुवा बाढी प्रभावितका लागि मुटु अस्पताल बुटवलद्धारा ११ लाख आर्थिक सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल- भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ। बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग...
नवलपरासी रामग्राममा प्रहरीले गोली चलायो, भारतीय लागुऔषध कारोबारी पक्राउ
सोमबार, भदौ १५, २०८३
बुटवल - पश्चिम नवलपरासीमा भारतीय लागुआौषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरिएको छ । जिल्ला सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा निलो गेट नजिकै प्रहरीले गोली चलाएको हो । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो ।
प्रधानमन्त्री उद्दार कोषमा वरिष्ठ पत्रकार डा. चापागाईंद्वारा आर्थिक सहयोग
सोमबार, भदौ १५, २०८३
बुटवल- नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा अकल्पनीय र प्रलयकारी बाढी र पहिरोमा परेकाहरुलाई उद्दार तथा उपचारमा सहयोग पुगोस् भन्ने हेतुले शनिबार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु ५ हजार ५ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
सोमबार, भदौ १५, २०८३
बुटवल- भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
प्रेस यूनियन रुपन्देहीकाे साधरणसभा : पत्रकारिता पुरस्कारबाट खड्का, भुसाल र पाण्डे पुरस्कृत
सोमबार, भदौ १५, २०८३
बुटवल- नेपाल प्रेस यूनियनका सभापती शिव लम्सालले वर्तमान बालेन शाह नेतृत्वको सरकार उल्टो बाटो हिडिरेको भन्दै स्वतन्त्र प्रेसको घाँटी निमोठ्न प्रयत्नरत रहेको आरोप लगाएका छन् । नेपाल प्रेस यूनियन रुपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशनलाई सोमबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष लम्सालले वर्तमान सरकारले नियन्त्रीत लोकतन्त्रको बाटोमा हिडेको बताए ।
त्रिशूलीमा आज आएकाे बाढीले बगायो चरौंदीको पुल
आइतबार, भदौ १४, २०८३
काठमाडौं - त्रिशूली नदीमा आज (आईतबार) पनि बाढी आउँदा झोलुङ्गे पुल बगाएको छ । बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने पुल बगाएको हो ।पुल बगेपछि धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ का स्थानीयलाई सकस भएको छ।
नवलपरासी पश्चिममा ५४ शव र २५ वटा अंग फेला, लुम्बिनीका १६८ वेपत्ता
आइतबार, भदौ १४, २०८३
वुटवल- नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन्।आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश अन्तरगतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म ती शव तथा अंग फेला परेका हुन्।
तिनाउमा एक्कासि बाढी आउदा बगाएर भारतका एक युवाकाे मृत्यू
शनिबार, भदौ १३, २०८३
बुटवल- तिनाउ नदीमा एक्कासि बाढी आएपछि वेपत्ता भएका भारतफउत्तर प्रदेशका युवाकाे शव बुटवलमा भेटिएकाे छ । शनिबार विहान साढे ९ बजे पाल्पाकाे तिनाउ गाउपालिका ३ स्थित तिनाउ पाैडशि खेल्नेक्रममा भारत उत्तर प्रदेश ईटवा सिद्धार्थनगका २१ बर्षय प्रभाष साेनीलाई बाढीले बगाएर वेपत्ता भएका थिए । खोजतलासका क्रममा ११:५२ बजे रुपन्देही बुटवल...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइयो
शुक्रबार, भदौ १२, २०८३
बुटवल - रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।
नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ जना महिलाको शब लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए ।
भाेटेकाेशि बाढी प्रभावितकाे स्मरणमा लुम्बिनीमा शान्ति प्रार्थना
शुक्रबार, भदौ १२, २०८३
बुटवल- लुम्बिनी विकास काेषले विनाशकारी भाेटेकाेसि बाढी प्रभावितहरूलाई मध्यनजर गर्दै बुद्व जन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्ति प्रार्थना गरेकाे छ । मायादेवि मन्दिर परिसरमा भाेटेकाेसि बाढीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाईते सम्पूर्ण दाजू भाइ दिदी वहिनिहरूकाे शिघ्र स्वास्थ्य कामना सहित शान्ति प्रार्थना गरिएकाे हाे । विभिन्न विहारका भिक्षु, भिक्षुणी, लामा...
सिद्धार्थनगर नगरपालिकाले बाढीपीडित राहतका लागि ३५ लाख सहयाे गर्ने
बिहीबार, भदौ ११, २०८३
बुटवल - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बाढीप्रभावित क्षेत्रका नागरिकहरुलाई राहत, उद्वार तथा पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।नगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा रकम जम्मा गर्ने बिहीबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताए ।
विपद् प्रभावितका लागि बुटवल उपमहानगरद्धारा ५१ लाख सहयोग गर्ने निर्णय
बिहीबार, भदौ ११, २०८३
बुटवल - बुटवल उपमहानगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि उपमहानगरपालिकाको विहिबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा कार्यपालिकाको बैठकले सहयोग गर्ने निर्णय गरेको हो ।


