Lumbini Rise
बेलहिया हाेटलमा भारतीय र चिनियाँ सिम सहित कलवाइपास सञ्चालन गरेका व्यक्ति पक्राउ
बेलहिया हाेटलमा भारतीय र चिनियाँ सिम सहित कलवाइपास सञ्चालन गरेका व्यक्ति पक्राउ बुटवल- रुपन्देही प्रहरीले भैरहवा स्थित एक होटलमा कल बाइपास गर्दै आएका एक व्यक्तिलाइ पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ स्थित बेलहिया बसपार्क स्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा कोठा भाडा लिई भिआअइपीका उपकरण सिहत गोरखा चुमनुव्री गाउँपालिका वडा न.०४ का ६२ वर्षिय छिरिङ गुरुङलाइ पक्राउ...
शुद्धोधन गाउँपालिका उपाध्यक्ष चौधरी र एमआइएस अपरेटर कहाँरविरुद्ध भ्रष्टाचार मुद्दा
शुद्धोधन गाउँपालिका उपाध्यक्ष चौधरी र एमआइएस अपरेटर कहाँरविरुद्ध भ्रष्टाचार मुद्दा कपिलवस्तु- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआइएस अपरेटर सुरेश कहाँरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।गाउँपालिकामा जागिर लगाइदिने बहानामा घुस लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा स्वीकृत कार्यक्रमको रकम नै दुईजनाको मिलेमतोमा हिनामिना गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
बुटवलमा नागरिक समाजको सद्भाव र्‍याली
बुटवलमा नागरिक समाजको सद्भाव र्‍याली बुटवल - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजले विहिबार बुटवलमा सद्भाव र्‍याली निकालेका छन् । सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्‍याली निकालिएको हो । 
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायणकै निरन्तरता, गुण्डु पुगेर पाए केपि ओलीको आशिर्वाद
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायणकै निरन्तरता, गुण्डु पुगेर पाए केपि ओलीको आशिर्वाद बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो ।
बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली
बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली बुटवल - सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै बुधबार बुटवलमा सद्भाव र्याली निकालिएको छ। “सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति" भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो ।राजा–ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिद र एमआरआरले बुटवलमा सुनसरीमा उत्पन्न घटनालाई मध्यनजर गरी सदभाव र्याली निकालिएको हो ।...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम दाङ  - लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो ।
ट्रकको ठक्करबाट कपिलबस्तुमा ३ जनाको मृत्यू
ट्रकको ठक्करबाट कपिलबस्तुमा ३ जनाको मृत्यू दुर्घटनामा परि महाराजगन्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
एमाले बनाउन आवश्यक परे सचिव पद पनि छाड्न तयार छु : छविलाल विश्वकर्मा
एमाले बनाउन आवश्यक परे सचिव पद पनि छाड्न तयार छु : छविलाल विश्वकर्मा बुटवल - नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमालेलाई पुरानै शक्तिमा फर्काउनुपर्ने बताएका छन् ।पार्टीभित्र रहेका कमजोरी र गल्ती सच्याउँदै अघि बढ्न सके एमालेलाई पुनः पुरानै शक्तिशाली अवस्थामा पुर्‍याउन सकिने उनको विश्वास छ ।
लुम्बिनीमा एक बर्षमा ५८५ जनाको मृत्यू
लुम्बिनीमा एक बर्षमा ५८५ जनाको मृत्यू बुटवल - लुम्बिनी प्रदेशमा एक बर्षमा सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यू भएकाे छ ।   नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका १२ जिल्लाकाे अवस्था सार्वजनिक गर्दै याे जानकारी गराएकाे हो । 
देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, अन्यत्र कायमै
देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, अन्यत्र कायमै काठमाण्डौ - सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । मंगलबार पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यु हटाइएको सुनसरी प्रशासनले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीले दिए सामूहिक राजीनामा बुटवल - लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन् ।
नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन
नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन बुटवल- नेपाली कम्यूनिष्ट पार्टी बुटवल उपमहानगर समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविच एकतापछिको नगरको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
Weather Update