नागढुंगा सुरुङमार्गको उद्घाटन, सवारी आवातजावतमा लाग्ने शुल्क कति ?
सोमबार, साउन ११, २०८३
बुटवल - नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार (साउन ११)देखि औपचारिक रूपमा उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो ।
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
सोमबार, साउन ११, २०८३
दीर्घ पत्रकारिता यात्राका क्रममा उनले नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मान पाएका थिए । ज्ञवालीकाे निधनमा नेपाल पत्रकार महासंघ रुपन्देही र...
रुपन्देही प्रहरीकाे सक्रियता : भन्सार छलीका सामान बरामद
सोमबार, साउन ११, २०८३
बुटवल - रुपन्देही प्रहरीले विभिन्न स्थानमा चेकजाँचका क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब २ लाख ७३ हजार २५० बराबरका सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सोमबार विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएका सामान बरामद गरेको हो । प्रहरीले सिद्धा
रुपन्देहीको शुद्धोधनमा सुनको सिक्री थुत्ने गिरोहका ५ जना पक्राउ
सोमबार, साउन ११, २०८३
बुटवल - रुपन्देहीको शुद्धोधन गाउँपालिकामा हाटबजारको भीडभाडको फाइदा उठाउँदै सुनको सिक्री थुत्ने गिरोहका ५ जनालाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ। गएको श्रावण ९ गते शुद्धोधन गाउँपालिका वडा नं. ४ स्थित हाटबजारमा एक जनाको घाँटीमा लगाएको करिब दुई तोला बराबरको सुनको सिक्री थुतिएको थियो।
ज्ञानपुञ्जमा ‘आमासँग विद्यार्थी’ कार्यक्रम सञ्चालन
सोमबार, साउन ११, २०८३
बुटवल - ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरेको छ । विद्यार्थी र अभिभावकबीच भावनात्मक, नैतिक तथा शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । साउन ६ गतेदेखि सुरु भएको कार्यक्रम सोमबार सफलतापूर्वक सम्पन्न गरिएको हो । साउन ६ गते कक्षा...
नवउद्यमी प्रवर्द्धन बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता
सोमबार, साउन ११, २०८३
बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी मञ्च (एनवाइइएफ) रुपन्देहीबीच नवउद्यमीको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको छ ।संघको सचिवालयमा आयोजित कार्यक्रममा युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका...
लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा ‘होल्ड’
सोमबार, साउन ११, २०८३
बुटवल - नेकपा एमाले र नेकपाबीच प्रदेश तहमा कुनै प्रक्रिया अघि नबढेपछि लुम्बिनीमा नेपाली कांग्रेसका मन्त्रीहरुको राजीनामा होल्ड भएका छन् । पार्टी केन्द्रले नै प्रदेश सरकार गठनका लागि आफ्नो प्रदेशको आवश्यकताअनुसार पहल गर्ने निर्देशन दिएपछि लुम्बिनीमा मन्त्रीहरूको राजीनामा रोकिएको हो ।
बजारमा खाना पकाउने ग्यासको अभाव, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह
सोमबार, साउन ११, २०८३
चितवन- नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन ।
बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
शनिबार, साउन ९, २०८३
काठमाडौँ - बुध्द एयरले आज एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट...
बुटवलमा चार युवाले सुरु गरे प्रिन्टओरा
शनिबार, साउन ९, २०८३
बुटवल – बुटवल क्षेत्रमै पहिलो पटक डिटिएफ प्रिन्ट (कपडामा कलरफुल प्रिन्ट) गर्ने व्यवसाय सुरू भएको छ । बुटवल ७ दिपनगरमा प्रिन्टओरा प्रालीले शनिबार एक समारोहका विच समुद्घाटन गरिएको हो । बुटवलका ४ जना युवा व्यवसायी बसन्त चन्द, जीवन थापा, बिमल खत्री र विशाल भारतीको संयुक्त लगानीमा अत्याधुनिक प्रविधिसहितको कपडामा प्रिन्ट...
मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त
शनिबार, साउन ९, २०८३
अर्घाखाँची - अर्घाखाँची जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले प्रकाशित गरेको सूचनाअनुसार छनोट प्रक्रिया पूरा गरी जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा दुई महिनाका लागि २६ जना हेरालु...
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए
शनिबार, साउन ९, २०८३
रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् ।
मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।
प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
शनिबार, साउन ९, २०८३
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ ।शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।


