Lumbini Rise
मृत्यु भएका मतदाताको नाम हटाउँदै आयोग
मृत्यु भएका मतदाताको नाम हटाउँदै आयोग काठमाडौँ- निर्वाचन आयोगले मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन र नामावली अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ। आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्। आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिकको कार्य गर्दै आइरहेको छ।
दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालन
दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालन बुटवल–१२, नयाँगाउँस्थित दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालनमा ल्याइएको छ। विद्यार्थीलाई प्रविधिमैत्री, सिर्जनशील र नवप्रवर्तनमुखी बनाउने उद्देश्यले ल्याव निर्माण गरिएको हो । एक समारोहबीच बुटवल उपमहानगरपालिका–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले ल्याबको उद्घाटन गर्नुभयो। उहाँले पछिल्लो समय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई प्रविधि, सीप र सिर्जनशीलतासँग जोडिनुपर्ने बताउनुभयो।
पत्रकार किशाेर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश (आदेश सहित)
पत्रकार किशाेर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश (आदेश सहित) बुटवल - जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई छोड्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले भर्खरै परमादेश जारी गरेको हो । श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साउन २९ गते न्यायाधीश ढकालको...
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता सुरु,  पहिलो दिन पाँच खेल सम्पन्न 
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता सुरु,  पहिलो दिन पाँच खेल सम्पन्न  बुटवल-  बुटवलमा सोमबारदेखि प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ शुरु भएको छ । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको  उद्घाटन खेलमा अक्सफोर्ड ईङ्लिस बोर्डिङ स्कुलले देवसिद्ध ईगंलिस बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै...
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको...
आजदेखि ग्यास उद्योगबाटै बिक्नेछ ग्यास
आजदेखि ग्यास उद्योगबाटै बिक्नेछ ग्यास काठमाडौँ- नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले सूचना जारी गर्दै आफूलाई पायक पर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता तथा...
बिरामी परेका पूर्वाधारमन्त्री लम्साललाई सेनाको विमानमार्फत काठमाडौँ लगियो
बिरामी परेका पूर्वाधारमन्त्री लम्साललाई सेनाको विमानमार्फत काठमाडौँ लगियो धनगढी - सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई धनगढीबाट काठमाडौँ लगिएको छ । मन्त्री लम्साललाई आइतबार साँझ नेपाली सेनाको ‘सकाई ट्रक’ मार्फत धनगढीबाट काठमाडौँ लगिएको हो ।
खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह
खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खानेपानीका पूर्वाधारको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका-८ मा निर्माण गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खानेपानी आयोजना निर्माणसँगै त्यसको संरक्षण र दिगोपनामा ध्यान दिनुपर्ने बताउनुभएको हो ।
पाल्पाको रामपुर  होस्दीका १९ घर पहिरोको उच्च जोखिममा
पाल्पाको रामपुर होस्दीका १९ घर पहिरोको उच्च जोखिममा पाल्पा — रामपुर नगरपालिका–१० होस्दी गाउँका १९ घर पहिरोको उच्च जोखिममा परेका छन्। कालीगण्डकी करिडोरअन्तर्गत मगरे जाने सडक चौडा गरेपछि बिहीबार राति ठूलो पहिरो खसेको हो।
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह बुटवल - निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
मुग्लिन सडकमा बिहानैबाट यातायात सञ्चालन
मुग्लिन सडकमा बिहानैबाट यातायात सञ्चालन चितवन -  हिजो राति १०ः२५ बजे सुक्खा पहिरोले अवरुद्ध मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारा पृथ्वीराजमार्गस्थितमा सडकमा माथिबाट रूख सहितको सुक्खा पहिरो खसेर बाटो दुईतर्फी अवारेध भएको थियो ।
रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो
रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो रोल्पा- रोल्पाको थबाङमा गएको बुधवार बेलुकी खसेको पहिरोमा परेर बेपत्ता भएका थप १ जनाको शव प्यूठानमा फेला परेको छ । प्यूठानको सरुमारानी गाउँपालिका–२ मा रहेको राप्ती नदीको बीच भागमा फेला परेको शव थबाङ गाउँपालिका–५ कोटलबाराका ८० वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको हो ।
Weather Update