लुम्बिनी- प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वमा बढ्दै गएको युद्धको जोखिमलाई बुद्धदर्शनले मात्रै रोक्न सक्ने बताएका छन । उनले विश्वमा जल, थल र आकाशबाट समेत आक्रमण गर्न सक्ने खतरानाक हतियारहरु निर्माण भइरहेको बताउँदै त्यसलाई रोक्नका लागि बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने बताए । चाईनिज कल्चर प्रमोशन सोसाईटीको सहयोगमा लुम्बिनी बिकास कोष र सारिपुत्त फाउण्डेशन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलील्े यस्तो बताएका हुन ।
उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियारहरु चुनौत बनेको बताए । ‘खतरनाक हतियारहरुको निर्माण भइरहेको छ। विश्वशान्तिका लागि चुनौती हो’ प्रधानमन्त्री ओलीले भने –‘म भन्न चाहन्छु, हतियार र युद्धले शान्ति स्थापना गर्न सक्दैन।’ प्रधानमन्त्री ओलीले विश्वभर शान्तिका आकांक्षाहरु पूरा गर्नका लागि बुद्धको शिक्षाहरु सबैभन्दा बढि आवश्यक बनेको बताए । उनले विश्वभर नै बुद्वका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउदै बुद्वको शिक्षालाई आत्मसाथ गर्ने बेला आएको बताए । बुद्वले आफ्नो निजि सुखसयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउदै बुद्वको जीवनबाट मानवजातीले धेरै कुरा सिक्नुपर्ने बताए ।
बुद्वका शान्तिप्रिय विचार, शान्ति करूणा र मैत्रसय विचारहरूलाई जिवित राख्न ठूलो संघर्ष भएको ईतिहास सम्झाउँदै अब बुद्धको विचार अनुसारलाई विश्व शान्ति कायम गर्न सकिने बताए । ‘विगतमा बुद्वका विचार, सिद्वान्तहरू सिध्याउन खोजेका थिए, बुद्वका शालिक तोडिएको पनि थियो’ प्रधानमन्त्री ओलीले भने –‘जति गरेपनि बुद्धका विचार तीनीहरुले मार्न सकेनन ।’
प्रधानमन्त्री ओलीले चौथौ एसियाली बौद्ध साँस्कृतिक महोत्सवमा अफ्रिका, यूरोप, पूर्व एसिया, अमेरिका सहित विभिन्न देशबाट आएका पाहुनाहरुलाई बुद्व जन्मस्थलमा स्वागत गरे । उनले शान्ति, मानवता, करूणा र मित्रता विश्वमा बढदै गएको बताए । प्रधानमन्त्री ओलीले लुम्बिनीमा आवश्यकताले अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र बनेको बताउँदै उनले यसलाई व्यस्थित बनाउन आफू सहयोग गर्न तयार रहेको बताए ।
उनले लुम्बिनी पवित्र भूमिमात्रै नभई बुद्वदर्शनको उत्पतिको थलो भएको बताए । अग्रजहरूले बुद्वका शान्तिप्रिय विचार, शान्ति करूणा र मैत्रीय विचारहरूलाई जिवित राख्न ठूलो संघर्ष गरेको बताए । महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेय, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, मुख्यमन्त्री चेतनारायण आचार्य,, पूर्वमन्त्री कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा लगायतको उपस्थिती रहेको थियो ।
महोत्सवमा भिक्षु ,भिक्षुणी, लामा , उपासक उपासिका एवं बौद्धमार्गीहरुको सहभागिता रहेको छ । उद्घाटनसत्रसँगै लुम्बिनी, रामग्राम, तिलौराकोटमा दीप प्रज्वलन लगायतका कार्यक्रमहरु रहेको सारिपुत्त फाउन्डेसनका भन्ते सुमंङ्लोले बताए ।
उनले नेपालमा पहिलोपटक लुम्बिनीमा बौद्व साँस्कृतिक महोत्सव गरिएको बताउदै बौद्व संस्कृतिको विकासमा टेवा पुर्याउने बताए । उद्घाटन समारोहका अवसरमा हिमाली क्षेत्रमा प्रख्यात स्याब्रु, योल्मो नृत्य सहित विभिन्न साँस्कृतिक कार्यक्रम समेत देखाइएको थियो ।