Lumbini Rise
म्यानमारमा भूकम्पबाट मृत्यू भएकाहरुकाे स्मृतीमा लुम्बिनीमा प्राथना


लुम्बिनी - म्यानमारमा भूकम्पबाट मृत्यू भएकारुहको स्मृतीमा बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । आईतबार (चैत १७ गते) बेलुका लुम्बिनी स्थित म्यानमार गोल्डेन टेम्पलको आयोजनामा भूकम्पबाट मृत्यू भएकाहरुको मृतात्माको शान्तिको कामना गर्दै प्राथना गरिएको हो । 

बेबी बुद्ध प्रतिमा नजिक भेला भएर भिक्षु भिक्षुणीहरुको उपस्थितीमा प्राथना तथा दीप प्रज्वलन गरिएको हो । म्यानमारमा शुक्रबार गएको भूकम्पबाट द्द हजार बढि मानिसहरुको मृत्यू भएको छ भने हजारौं मानिस प्रभावित भएका छन् ।

म्यानमारमा राष्ट्रिय शोक घोषणा गरिएको छ । यस्तो शोकको घडीमा अकालमै मृत्यु भएका भिक्षुको पुण्यानुमोदन म्यामार गोल्डेन टेम्पलका भिक्षु पण्डित स्याडोले गरेका थिए । बौद्ध परम्पराअनुसार शान्तिको कामना गर्दै १ हजार ८ द्वीप प्रज्ज्वलन गरिएको थियो ।

लुम्बिनीमा रहेको नेपाली, थाई, चिनियाँ, म्यान्मार, कम्बोडिया, श्रीलंका र भियतनामी भिक्षु भिक्षुणीको सहभागिता थियो । म्यानमार मन्दिरमा राहात संकलन समेत शुरु गरिएकाे मैत्रीय भिक्षुले सामाजिक संजालमा लेखेका छन । 

म्यानमार भूकम्प पीडितका लागी सहयोग गर्न चाहनु हुने लुम्बिनी नजिकले लुम्बिनी म्यानमार बिहारमा सम्पर्क राख्नु होला भिक्षु मैत्रीयले भनेका छन ।

manmar-1743432060.jpg

manmar12-1743432059.jpg
 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update